• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मनोज पाण्डेविरुद्धको प्रमाण : टिकटकको भिडियो मुख्य सबुद, तीन डाक्टरसहित ६ जनाको बयान

कमजोर अनुसन्धान, खुलेनन् अर्का पुरुष
64x64
नारायण अधिकारी बिहीबार, असार २, २०७९  १६:४७
1140x725

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार कसूर र बाल यौन दुर्व्यवहारको कसूर गरी दुईवटा मुद्दामा ग्लोबल भिषाज् कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे (मनोज कुमार जैसी) विरुद्ध मुद्दा दर्ता भएको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ घर भई काठमाडौं बानेश्वर बस्दै आएका ४१ वर्षीय पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार काठामाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। 

दुई छुट्टा–छुट्टै कसूरमा १८ वर्षसम्मको कैद सजाय माग दाबी गरिएको छ। मानव बेचबिखनको कसूरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसूरमा ३ वर्ष गरी १८ वर्ष कैद सजाय माग दाबी गर्दै मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता गंगाप्रसाद पौडेलले बताए।

पीडित एक किशोरीले आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै सामाजिक सञ्जाल टिकटक भिडियोमार्फत ८ वर्ष पुरानो घटना सार्वजनिक गरेकी थिइन्। त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ ७ गते पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको थियो। पाण्डेमाथि थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको थियो।

सो क्रममा पाण्डे हिरासतमा रहेका बेला अर्की एक नाबालिग पनि आफू पाण्डेबाट पीडित भएको भन्दै प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि ती नाबालिगलेसमेत जाहेरी दिएपछि बाल यौन दुर्व्यवहारकाे कसूरमा पाण्डेविरुद्ध अनुसन्धान अघि बढेको थियो। काठमाडौं प्रहरीले २५ दिन लामो अनुसन्धान सकेर अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। 

सरकारी वकिल कार्यालयले फाइल अध्ययन पश्चात बुधबार मुद्दा दर्ता गराएको हो। उनीविरुद्ध लगाइएका आरोपलाई पुष्टि गर्नका सहयोग पुग्ने प्रमाण पनि अभियोगपत्रमा उल्लेख गुर्नपर्ने हुन्छ। तर, पाण्डेलाई लागेको आरोप पुष्टि प्रमाणमा मुख्यगरी पीडित युवतीले टिकटकमार्फत सार्वजनिक गरेको भिडियो र बयानलाई मात्रै आधार लिइएको छ। 

अभियोगपत्रमा उल्लेख गरेअनुसार पीडित भनिएकी युवतीले टिकटकमार्फत सार्वजनिक गरेको भिडयोलाई प्रहरीले मानव बेचबिखन तथा ओसार पसारको बलियो सबुदका रुपमा पेस गरेको छ। सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा एक युवतीले २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्।

उनले कार्यक्रममा आयोजकमध्येका पाण्डेले आफूलाई जबरजस्ती करणी गरेको बताएकी थिइन्। नग्न तस्बीर र भिडियोसमेत खिचेर ६ महिनासम्म बलात्कार गरेको पीडितले बताएकी थिइन्। त्यसैगरी पाण्डेकै योजना अनुसार ब्ल्याक मेलिङ गरेर अर्का एक युवकलेसमेत आफूलाई बलात्कार गरेको टिकटिकमार्फत सार्वजनिक गरेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

टिकटकमार्फत पीडित युवतीले सार्वजनिक गरेको उक्त भिडियोलाई प्रहरीले सिडीमा राखेर मुख्य प्रमाणका रुपमा पेस गरेको छ। अन्य प्रमाणको रुपमा प्रहरीले तीन डाक्टरसहितको बयान पेस गरेको छ। तीन डाक्टर, पूर्वमिस नेपाल माल्भिका सुब्बा, कार्यक्रमका फोटोग्राफार श्रीधर पौडेल र पीडित किशोरीको बयानलाई मुख्य आधार मानिएको छ। 

तीन डाक्टरको रुपमा निजा राजभण्डारी, मेट्रो अस्पताल महाराजगञ्जमा कार्यरत मनोचिकित्सक रामपुकार साह र नर्भिक इन्टरनेशन अस्पतालका कन्सल्टेन्ट साइक्याटे«स्ट यादव विष्टको बयानलाई प्रमाणको रुपमा पेस गरिएको हो। 

पीडित युवती स्वास्थ्य जाँचका लागि आएको र त्यसबेला अण्डासयमा सिस्ट देखिएको भनि डाक्टर राजभण्डारीले गरेको बयानलाई प्रमाण बनाइएको छ। 

उता पूर्वमिस नेपाल माल्भिका सुब्बाले ‘सौन्दर्य प्रतियोगिता भएको अन्दाजी ३ महिनापछि पीडितले फोन गरी तपाईसँग कसूरदार मनोजको बारेमा केही कुराहरू गर्नुछ’ भनेको कुरालाई पनि आधार मानिएको छ। फोटोग्राफर श्रीधर पौडेले दुर्व्यवहार भएको भन्ने जानकारी गराएपछि पाण्डेलाई त्यतिबेलै क्यालेन्डरले कुटेको बयान दिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

परीक्षणका लागि पठाइएको पाण्डेको अफिसमा भेटिएको ल्यापटपलाई पनि प्रमाण बनाइएको छ। उक्त ल्यापटबाटसमेत केही प्रमाण जुट्नसक्ने औंल्याउँदै प्रहरीले परीक्षण रिपोर्ट आएपछि पेस गरिने भन्दै ल्यापटपलाई दसी बनाएको छ।

यीनै कुरालाई आधार मानेर प्रहरीले उनीविरुद्ध मानव बेचबखिन तथा ओसार पसारको कसूर आकर्षित हुने दाबी गर्दै सरकारी वकिल कार्यालयमा फाइल पेस गरेको थियो। सक्सेस पार्टीको बाहनामा बोलाएर बलात्कार गर्ने, अश्लिल भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै वेश्यावृत्तिमासमेत लगाउने, बन्धक बनाउने लगायतका कसूर मानव ओसारपसार अन्तर्गतको अपराध भएकाले उक्त कसूर आकर्षित हुने दाबी गरिएको छ। 

मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ ले निषेधित गरेको र दफा ४ को उपदफा (१) को खण्ड (ख) बमोजिम वेश्यावृत्तिमा लगाउने र वेश्यावृत्तिमा लगाउने उद्देश्यले ओसार पसार गरेकाले उक्त कानून आकर्षित हुने भएको हो। 

कमजोर अनुसन्धान, खुलेनन् अर्का पुरुष

पीडित भनिएकी युवतीले पाण्डेसँगै अर्का एक जनाले पनि आफूलाई बलात्कार गरेको दाबी गरेकी थिइन्। पाण्डेले आफूले बलात्कार गरेपछि अर्को व्यक्तिलाई पनि युवतीसँग यौन सम्पर्क राख्न लगाएको आरोप लगाइएको थियो। सोही कारण पाण्डेले वेश्यावृत्तिमा लगाउनका लागि युवतीलाई ओसार पसार गरको आरोपसमेत अभियोगपत्रमा उल्लेख छ। 

तर, आरोप लगाइएका ती अर्का व्यक्ति को हुन् भन्नेबारे प्रहरी अनुसन्धानबाट केही खुलेको छैन। उक्त व्यक्तिका बारेमा प्रहरीले कुनै तथ्य, प्रमाण नजुटाई अनुसन्धान सकेर फाइल पेस गरेको छ। 

‘ती अर्का व्यक्तिका बारेमा पछि खुलेका बखत मुद्दा दर्ता हुने भन्दै फाइल पेस गरिएको छ। पीडितलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउँदाको अवस्थामा वरदातमा संलग्न रहेका उचाई अन्दाजी ५ फिट ७ इन्च, गहुँगोरो वर्ण, मझौला शरीर, बाक्लो कपाल अन्दाजी ३१÷३२ वर्षको नामथर थाहा नभएको व्यक्ति, पछि पत्ता लाग्न आएमा थप प्रमाणहरू फेला पारी पेस गरिने’ अभियोगपत्रमा उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोपमा पाण्डे पक्राउशनिबार, जेठ ७, २०७९

यो पनि पढ्नुहोस्

सौन्दर्य प्रतियोगितामा यौन हिंसा : छानबिन गर्न गृहले बनायो समितिशुक्रबार, जेठ ६, २०७९

यो पनि पढ्नुहोस्

सौन्दर्य प्रतियोगितामा हिंसा: पीडितको सम्पर्कमा पुग्दै प्रहरीशुक्रबार, जेठ ६, २०७९

यो पनि पढ्नुहोस्

सौन्दर्य प्रतियोगितामा यौन हिंसा : छानबिन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रहशनिबार, जेठ ७, २०७९

यो पनि पढ्नुहोस्

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार घटना : कसरी अघि बढ्छ अनुसन्धान?आइतबार, जेठ ८, २०७९

यो पनि पढ्नुहोस्

मनोज पाण्डेबाट 'पीडित' युवतीको बयान: मिडियामार्फत नग्न भिडियो सार्वजनिक गर्ने धम्की दिँदै बलात्कार गरियोबुधबार, असार १, २०७९

यो पनि पढ्नुहोस्

सुन्दरी प्रतियोगिताको आडमा बलात्कार प्रकरण: मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता बुधबार, असार १, २०७९

 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्