राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्।
मंगलबार राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी रहेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिशमा अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
यसअघि सरकारले विपद्सम्बन्धी अध्यादेश ल्याएको थियो। विपद्मा हराइरहेका व्यक्तिलाई मृत घोषणा गर्ने अवधि छोट्याउने गरी असोज २३ मा विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।