काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले सङ्गठित अपराधसँगै अन्य कसुरमा आरोप लागेका व्यक्तिको मुद्दा निश्चित अवस्थामा मिलापत्रबाट टुङ्ग्याउन सकिने व्यवस्था स्पष्ट पारेको छ।
कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा मुद्दा टुङ्ग्याउन सकिने जनाएको हो।
महान्यायाधिवक्ता कार्यालयका अनुसार मिलापत्र गर्न मिल्ने अर्को कसुर स्थापित भएको अवस्थामा पनि अदालतले सङ्गठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा सम्बन्धित कसुरमा मिलापत्र गर्न सकिनेछ। कार्यालयले गत साता यससम्बन्धी परिपत्र गरेको हो।
तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा दुई वा दुईभन्दा बढी व्यक्तिको संलग्नतामा सङ्गठित रूपमा अपराध गरेमा सङ्गठित अपराधको मुद्दा चल्ने व्यवस्था छ। यस्तो अवस्थामा आरोपितलाई मूल कसुरमा हुने सजायका अतिरिक्त डेढ गुणासम्म सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
यसअघि सङ्गठित अपराधमा मिलापत्रको व्यवस्था थिएन। तर, मिलापत्र गर्न मिल्ने र नमिल्ने कसुर एउटै मुद्दामा समावेश भएको अवस्थामा पनि आंशिक रूपमा मिलापत्र गर्न सकिने कार्यालयले स्पष्ट पारेको छ।
महान्यायाधिवक्ता कार्यालयले मिलापत्र गर्न मिल्ने र नमिल्ने कसुर जोडिएका मुद्दामा अदालतबाट मिलापत्र गर्न नमिल्ने कसुरको आरोप स्थापित नभएमा अन्य कसुरमा मिलापत्र गर्न सकिने जनाएको छ।
कार्यालयले ‘नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिनेसम्बन्धी मापदण्ड, २०८३’ परिमार्जन गर्दै यस्तो व्यवस्था स्पष्ट पारेको हो। यसले एउटै मुद्दामा विभिन्न कसुर जोडिएको अवस्थामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।