• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार घटना : कसरी अघि बढ्छ अनुसन्धान?

64x64
नेपाल लाइभ आइतबार, जेठ ८, २०७९  १८:५६
1140x725

काठमाडौं–सन् २०१४ मा भएको एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमार्फत् एक किशोरीले घटना सार्वजनिक गरिन्। २० वटा भिडियोमार्फत् ती किशोरीले आठ वर्ष पूरानो घटना सार्वजनिक गरेकी थिइन्। 

किशोरीले कार्यक्रममा आयोजकमध्येका मनोज पाण्डे (हाल पक्राउ) ले आफूलाई जबर्जस्ती करणीसमेत गरेको आरोप लगाएकी थिइन्। कार्यक्रम सकिएपछि एभरेष्ट होटलमा पार्टी आयोजना गर्ने भन्दै बोलाएर आफूमाथि बलात्कार भएको उनको दाबी छ। पछि विभिन्न प्रलोभन र धम्क्याएर नग्न तस्बिरसमेत लिएर ब्ल्याकमेल गर्दै ६ महिनासम्म यौन शोषण गरेको ती किशोरीले बताएकी छिन्। 

खानामा नसालु पदार्थ राखि बेहोस बनाएरसमेत यौनशोषण गरिएको ती उनको दाबी छ। किशोरीका अनुसार उनी त्यसबेला जम्मा १६ वर्षकी थिइन्। यसरी सामाजिक सञ्जालमार्फत् आफ्नो पीडा आठ वर्षपछि ती किशोरीले सार्वजनिक गरेपछि त्यो विषय सडकदेखि संसदसम्म पुग्यो। 

अन्तत: किशोरीले आरोप लगाएका व्यक्ति मनोज पाण्डेलाई प्रहरीले शनिबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ। पाण्डे पक्राउ परेसँगै अब कसरी कारबाही प्रक्रिया अघि बढ्छ भन्नेबारे अहिलेसम्म अन्योल नै रहेको छ।  किशोरीले आफूमाथि ६ महिनासम्म बलात्कार भएको बताएकी थिइन्। तर मुलुकी फौजदारी अपराध संहिता तथा त्यसभन्दा अघिका कानुनका आधारमा पनि बलात्कारको कसुरमा पाण्डेलाई कारबाही गर्ने कानुनी आधार छैन। बलात्कार कसुरको उजुरीको हदम्याद एक वर्षसम्म मात्रै रहेको तथा १८ वर्षभन्दा मुनिकाको केशमा १८ वर्ष पूरा भएको मितिले एक वर्षसम्म उजुरी गरिसक्नु पर्ने कानुनी प्रावधान रहेकाले बलात्कार घटनामा पाण्डेलाई कारबाही बाटो बन्द भएको छ।  

यता बलात्कारको घटनामा एक वर्ष हदम्याद कम भएको भन्दै हदम्याद राख्न नहुने भन्ने माग पनि उठेको छ। हदम्यादबारे जिल्ला अदालतका न्यायाधीश हेमन्त रावल भन्छन्, ‘विश्वमा जबर्जस्ती करणीजस्तो गम्भीर प्रकृतिको अपराधमा उजुर गर्ने हदम्याद नै नभएका कानुन भएका मुलुक पनि छन् भने एक वर्षभन्दा कम समय अवधिको हदम्यादको कानुन भएका मुलुकहरू पनि छन्। ती मुलुकमा पनि न्याय विवादित छ। हदम्यादले मात्र न्याय सुनिश्चित गर्दैन। हदम्यादले न्याय परास्त गर्नु हुँदैन भने अपराधलाई अनिर्णित अवस्थामा लामो समयसम्म अल्झाइरहनु पनि हुँदैन।’ 

बलात्कारको कसुरमा पक्राउ परेका तर उक्त घटनामा कारबाही गर्ने आधार नभएपछि अब कसरी प्रक्रिया अघि बढ्छ भन्ने अझै अन्योलमा छ। यसबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी भने अझै पनि कानुनी परामर्श मै रहेको बताउँछन्।

अहिलेसम्म कानुनी परामर्शबाट मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा कारबाही गर्ने आधार रहेको भन्ने सुझावहरु आएको प्रहरीको भनाइ छ। अधिवक्ता तथा नेपाल प्रहरीको पूर्वएसपीसमेत रहेका डा. गणेश रेग्मीले समेत मानवेबचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा कारबाही गर्ने बाटो खुल्ला रहेको बताए। रेग्मी भन्छन् ‘यो केशमा, ‘मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ आकर्षित हुन्छ।’   

ऐनको दफा ४ (२) मा ‘कसैको शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखि, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजाने’ कार्य मानव ओसारपसार गरेको मानिने उल्लेख छ। जसकारण यो कानुन आकर्षि हुने उनको तर्क छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कानुनी परामर्शसहित प्रक्रिया अघि बढाउने तयारीमा छौं
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले कानुनी परामर्शसहित प्रक्रिया अघि बढाउने काम सुरु भएको बताएका छन्।

शनिबार स्वयम्भूबाट पक्राउ गरिएका पाण्डेलाई प्रहरी वृत्त बानेश्वरमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। आइतबार सार्वजनिक बिदा भएकाले उनको म्याद थप भएको छैन। स्रोतका अनुसार सोमबार अभद्र व्यवहारको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ।  

त्यसका लागि कानुनी परामर्शमा प्रहरी छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी कुँवरले पनि कानुनी परामर्शपछि प्रक्रिया अघि बढ्ने बताए। ‘अहिले नै यो कसुरमा मुद्दा चल्ने भन्ने निष्कर्ष निस्किसकेको छैन। हामी परामर्शमै छौं। त्यसपछि बल्ल कुन कसुरमा मुद्दा चल्छ भन्ने टुंगो लाग्छ’ एसएसपी कुँवरले भने। 

समितिले सुरु गर्‍यो काम
टिकटकमार्फत् आठ वर्ष पुरानो बलात्कार घटना सार्वजनिक भएपछि आरोपितलाई कारबाही गर्न भन्दै चौतर्फी दबाब सिर्जना भएको थियो। सडकदेखि संसद्सम्म उक्त विषयले प्राथमिकता पाएको थियो। बालुवाटार घेराउदेखि धर्नासम्मका कार्यक्रम भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक वर्ष हदम्यादका कारण कारबाही गर्न नमिल्ने भएकाले कानुन नै संशोधन गर्नुपर्नेसम्मका कुराहरु पनि उठिरहेका छन्। सभामुख अग्निप्रसाद सापकोटासमेतले आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारलाई निर्देशन समेत दिएका थिए।  

उक्त बलात्कार घटनाको सर्वत्र विराेध भएपछि गृहमन्त्रालयले समेत प्रहरी प्रधान कार्यालयलाई छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो।  

त्यसपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान कार्यालयका एसएसपी कुँवरको नेतृत्वमा पाँच सदस्यीय टोलीसमेत गठन गरेको छ। 

जसमा अपराध अनुसन्धान कार्यालयकै एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुँडाल, जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखाका प्रमुख तथा डीएसपी हरि बस्नेत, महिला सेलकी इन्सपेक्टर सपना खड्का सदस्य छन्। यो समितिले शनिबारदेखि नै काम समेत सुरु गरिसकेको छ। 

प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएका आरोपितसँग घटनाकाबारेमा सोधपुछ समेत सुरु गरिसकेको छ। त्यतिबेलाको उक्त घटनाको बारेमा को–को जानकार थिए? उक्त घटनामा मानव बेचबिखन तथा ओसार–पसार ऐन आकर्षित हुन्छ/हुँदैन जस्ता पाटाहरुको विश्लेषण गरेर समितिले काम सुरु गरिसकेको छ। 

यो कसुरबारे जानकार व्यक्तिहरुसँग सम्पर्क गरेर प्रहरीले थप प्रमाण जुटाउन पनि सुरु गरिसकेको छ। साथै पीडितलाई पनि मनोपरामर्श दिँदै उनीबाट पनि अनुसन्धानमा सहयोग लिइरहेको प्रहरीले जानकारी दिएको छ। 

अर्की पीडित पनि प्रहरीको सम्पर्कमा 
शनिबार पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएसँगै अर्की एक किशोरी पनि पाण्डेबाट पीडित भएको भन्दै प्रहरी कार्यालयमा पुगेकी छिन्। आइतबार उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर पाण्डेबाट आफू पनि पीडित भएको जानकारी गराएको एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। 

पाण्डेले आफूलाई पनि विभिन्न प्रलोभन र डर देखाएर यौनशोषण गरेको उनको आरोप छ। उक्त किशोरीले पाण्डेमाथि गम्भीर आरोप लाएपछि प्रहरीले ती किशोरीको घटनामा पनि अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ। 

कानुनी परामर्श गर्दै गरेको बेला पक्राउ
भैरहवाका पाण्डे कन्सल्टेन्सी सञ्चालकसमेत हुन्। उनैले सन् २०१४ मा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। गत बुधबार टिकटकमार्फत् एक किशोरीले उक्त विषय सार्वजनिक गर्दा पाण्डे पोखरामा थिए। 

त्यसको भोलिपल्ट बिहीबार उनी पोखराबाट काठमाडौं आएका थिए। आफू बस्दै आएको बानेश्वरमा आफ्नो मोबाइल र गाडी छाडेर उनी स्वयम्भू पुगेका थिए। प्रहरीले पाण्डेको मोबाइल लोकेशन हेरेर उनको बानेश्वरस्थित घरमा पुग्दा पाण्डे त्यहाँ थिएनन्।

विभिन्न सूत्रमार्फत् पाण्डे स्वयम्भूमा भएको जानकारी पाएपछि प्रहरीले त्यही पुगेर उनलाई नियन्त्रणमा लिएको थियो। उनी भाग्ने तयारीमा रहेको प्रहरी स्रोतको दाबी छ। तर पाण्डेले भने घटना सार्वजनिक भएपछि आफूले आफ्नो कानुन व्यवसायीसँग छलफल गरेर कसरी अघि बढ्न सकिन्छ भन्नेबारे परामर्श लिएको दाबी गरेका छन्।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्