धनगढी- इजरायलमा कार्यरत रहँदा प्यालेस्टाइनको हमास समूहको अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ।
महाकाली नदी किनारमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।
भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। हमासले इजरायललाई विपिनको शव बुझाएपछि त्यहाँबाट नेपाल ल्याइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।