• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मनोज पाण्डेबाट 'पीडित' युवतीको बयान: मिडियामार्फत नग्न भिडियो सार्वजनिक गर्ने धम्की दिँदै बलात्कार गरियो

64x64
नेपाल लाइभ बुधबार, असार १, २०७९  १८:३७
1140x725

काठमाडौं– सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेले मिडियामार्फत नग्न भिडियो सार्वजनिक गर्ने धम्की दिँदै आफूलाई बलात्कार गरेको 'पीडित' युवतीले प्रहरीलाई बयान दिएकी छिन्।

पाण्डेले बन्धक बनाएर आफूलाई पटक पटक बलात्कार गरेको पनि युवतीले बयान दिएकी छिन्। पाण्डेले आफूले नग्न तस्बिर खिचेर राखेको भन्दै विभिन्न धम्की दिएर र डर देखाएर बलात्कार गर्ने गरेको उनको दाबी छ।

आरोपित, पीडित र अन्यको बयानपछि पाण्डेविरुद्ध मानब बेचबिखन तथा ओसारपसार कसुर र बाल यौन दुर्व्यवहारको कसुरमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको को छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले अध्ययन गरेपश्चात बुधबार मुद्दा दर्ता भएको हो।

मानव बेचबिखन तथा ओसार पसारको कसुर अन्तर्गत १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा तीन वर्ष गरी १८ वर्षसम्म कैदको माग गर्दै पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ। ग्लोबल भिषाज कन्सल्टेन्सीको सञ्चालकसमेत रहेका पाण्डेले भने आफूविरुद्ध लागेको आरोपको इन्कारी बयान दिएका छन्।  

यस्तो छ पीडित युवतीको बयान 
यी प्रतिवादी मनोज पाण्डे भन्ने मनोज कुमार जैशीले म सुन्दरी प्रतियोगिताको आयोजक हुँ र म फोटो सुटहरु पनि गर्छु भनी मलाई एभरेष्ट होटलमा भेट्न बोलाई आफू मोडल ग्लोवल भिषा कन्सल्टेन्सीको संचालक भएको बताएका थिए। म छिट्टै सुन्दरी प्रतियोगिताको आयोजना पनि गर्दैछु भनि अर्को दिन आफ्नो कन्सल्टेन्सीमा फोटो सुटको लागी बोलाए। उनले फोटो सुटको लागि आफन्त तथा साथीभाइसमेत कोही कसैलाई साथमा नलिई आउनु भनेकोले म एक्लै गएको थिएँ। पिाण्डेले नै मिस ग्लोवल ईन्टरनेशनलको सुन्दरी प्रतियोगिताको अडिसनको फर्म भर्न लगाई २ सेप्टेम्बर २०१४ मा भद्रकाली स्थित आर्मी क्लबमा सुन्दरी प्रतियोगिताको आयोजना भएको थियो। 

Ncell 2
Ncell 2

म पनि सहभागी भएकोमा उक्त प्रतियोगितामा म फस्ट रनरअप भएको थिएँ। उक्त सुन्दरी प्रतियोगिताको कार्यक्रमबाट म घर फर्किने भनी आमा बुबासँग ट्याक्सीमा बस्दा मनोज पाण्डेले मलाई मोवाइलमा 'मैले तिमLलाई जिताएको हुँ' भनी म्यासेज पठाउनु भएको थियो र सोपश्चात मलाई 'सक्सेस पार्टी छ तिमी रेडी भएर आउ' भनी एभरेष्ट होटलमा बोलाउनुभयो।

म उहाँले भनेअनुसार एभरेष्ट होटलमा गएँ। त्यतिबेला पाण्डेबाहेक अन्य कोही नभएकोले मैले उहाँलाई अरु खै त? भनी प्रश्न गर्दा 'तिमी अलि छिटो आयौ पार्टी ७ बजेबाट सुरु हुन्छ, बस्दैगर' भन्नु भयो। केही समयपछि एक जना वेटर आएर मलाई कागती पानीजस्तो देखिने तरल पदार्थ दिए। 'यो वेलकम ड्रिंक्स हो' भन्नु भयो। मैले उक्त कागती पानी खाएको केहि समयपछि मलाई असहज महसुस भयो। मैले 'घर जान पाउँ' भनी अनुरोध गर्दा उँहाले मलाई गाली गर्दै 'विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन, मिडियाले तिमीलाई खोज्छन्। मैले के जवाफ दिने' भन्नुभयो । 

यो पनि पढ्नुहोस्

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार प्रकरणमा माल्भिका सुब्बाको बयान : पछि कुरा गरौंला भनेको थिएँबुधबार, असार १, २०७९

'मैले एउटा रुम बुक गरेको छु, तिमी त्यहाँ गई आराम गर्दै गर। सबैजना आएपछि म तिमीलाई बोलाउन पठाउँछु' भन्नुभएको सम्म मलाई याद छ। त्यसपछि के कसो भयो मैले थाहा पाइनँ। मलाई अलिअलि होस् हुँदा पाण्डेले मलाई बलत्कार गरिरहेका थिए। भोलिपल्ट पाण्डे मेरै छेउमा एउटै खाटमा नग्न अवस्थामा नै सुतिरहेको देखी म अचानक चिच्याएर रुन थालें। त्यसपछि 'तिमी पैसा लिएर घर जाउ, यदि यो कुरा तिमिले कसैलाई भन्यौं भने मैले तिम्रो अश्लील फोटो तथा भिडियो खिचेर राखेको छु, उक्त फोटो तथा भिडियो अनलाइनखबरमार्फत सार्वजानिक गरिदिन्छु' भनि मलाई डर त्रास देखाउनुभयो। 

उहाँको धम्कीको डरले कोही कसैसँग केही भन्न सकिनँ। त्यसपछि उहाँले पटक पटक विभिन्न स्थानमा जबरजस्ति करणी गर्ने गरेको र एक दिन पाण्डेले मलाई अनामनगरकै होटलको एउटा कोठामा लगेको र म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेको थियो। पाण्डेले उक्त व्यक्तिलाई देखाउँदै 'यो मानिससँग शारीरिक सम्पर्क राख। म यहाँ बसेर हेर्छु' भने। 

यो पनि पढ्नुहोस्

सुन्दरी प्रतियोगिताको आडमा बलात्कार प्रकरण: मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता बुधबार, असार १, २०७९

पाण्डेले ती अपरिचत व्यक्तिलाई 'तँ यो केटीसँग शारीरिक सम्पर्क राख। म यहा बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छौं हेर्छु' भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेस्यावृत्ति गर्न बाध्य बनाए। 

मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको पाण्डेले हेरेर बसे। उक्त मानिस को थिए म चिन्दिनँ। यसरी पाण्डेबाट लामो समयसम्म त्रासपूर्ण शारीरिक शोषण तथा मानसिक यातनाबाट विक्षिप्त भएँ। यो घटनाको सम्बन्धमा कोरियोग्राफर मोडल माल्भिका सुब्बा, फोटोग्राफर श्रीधर पौडेल र उक्त प्रतियोगितको सहभागी अर्चना पन्थीलाई समेत घटनाबारेमा जानकारी गराएको थिएँ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्