काठमाडौं– सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ।
मानव बेचबिखन तथा ओसार पसारको कसुर र बाल यौन दुव्र्यवहारको कसुरमा गरी १८ वर्ष कैद सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले बुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो।
आफूमाथि लागेको आरोपको खण्डन गर्दै पाण्डेले भने इन्कारी बयान दिएका छन्। उक्त कुरा उठेपछि त्यसबेला आफूमाथि फोटो पत्रकार श्रीधर पौडेलले क्यालेण्डरलेसमेत हानेको बताएका छन्।
सौन्दर्य प्रतियोगिता सकिएको केही समयपछि पाण्डेले सक्सेस पार्टी छ भनेर झुक्याएर बोलाएर बलात्कार गरेको, अन्य व्यक्तिसँगसमेत यौन सम्पर्क गर्न लगाएको भन्ने विषय पीडित युवतीले बताएकी थिइन्।
पीडित युवतीले त्यतिबेला आरोपित पाण्डेकै अफिसमा गएर उक्त कुरासमेत बताएको र पाण्डेका अफिसका मान्छेले फोटो पत्रकार श्रीधरलाईसमेत उक्त अफिसमा त्यतिबेला बोलाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
पाण्डेले भनेका छन्, ‘पीडित युवतीको कुरा सुनेपछि मैले होइन भन्दै प्रतिकार गर्दा त्यतिबेला फोटो पत्रकार पौडेलले म बस्ने बस्ने कुर्सी अगाडिको टेवलमा रहेको क्यालेण्डरले तपाईं चुप लाग्नुस् भन्दै क्यालेन्डरले हिर्काएर अफिस बाहिर जानुस् भन्दै पठाएका थिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।