काठमाडौं–केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगितामा महिला हिंसासम्बन्धमा प्रकाशित भिडियोबारे छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरी प्रधान कार्यालयले ५ सदस्यीय छानबिन समिति बनाएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवर नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन्। समितिले शुक्रबारबाटै काम सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।