complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस–१४

चारतारे झण्डामा गणेशमानको विरोध, बीपीको स्पष्टीकरणपछि सहमति

64x64
पुष्पा केसी बुधबार, मंसिर १, २०७८  १२:०३
1140x725

काठमाडैँ- भारतको कोलकातामा २००६ साल चैत २७ गते भएको वृहत सम्मेलनमार्फत् बीपी कोइराला नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशमशेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएको औपचारिक घोषणा गरियो। कोलकत्ताको टाइगर सिनेमा हलमा भएको उक्त सम्मेलनबाट नयाँ पार्टी नेपाली कांग्रेसको जन्म भयो। त्यही सम्मेलनले नेपाली कांग्रेसको नीति तथा कार्यक्रम पनि पारित गरेको थियो।

सम्मेलनको दोस्रो दिन नेपाली कांग्रेसका पदाधिकारीहरु चयन भएका थिए। तर, पदाधिकारीबारे सम्मेलनअघि नै दुई पार्टीबीच समझादारी भइसकेको थियो। त्यसैअनुसार, नेपाली राष्ट्रिय कांग्रेसका मातृकाप्रसाद कोइराला नयाँ पार्टीको सभापति र नेपाल प्रजातन्त्र कांग्रेसका महेन्द्रविक्रम शाह महामन्त्री चयन भए। 

त्यस्तै, नेपाली राष्ट्रिय कांग्रेसबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र प्रजातन्त्र कांग्रेसबाट सुवर्णशमशेर राणा, सूर्यप्रसाद उपाध्याय, महावीरशमशेर र कुँवर कल्लु सिंह केन्द्रीय कार्यसमिति सदस्य भए। यस्तै, सह–महामन्त्रीमा कृष्णप्रसाद भट्टराई र कोषाध्यक्षमा सुवर्ण शमशेर चयन भए। 

सम्मेलनमा सहभागी प्रतिनिधिहरुबीच नेपाली कांग्रेसको झण्डाका विषयमा पनि व्यापक बहस भयो। नेपाली राष्ट्रिय कांग्रेसका कतिपयले त्यही दलको झन्डालाई नेपाली कांग्रेसको झण्डा बनाउनुपर्ने बताएका थिए। त्यस्तै, नेपाल प्रजातन्त्र कांग्रेसको झण्डालाई नेपाली कांग्रेसको झण्डा बनाउनुपर्ने आवाज पनि उठेको थियो। 

बहसकै बीच बीपीले प्रस्ताव राखे– ‘नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा नै नेपाली कांग्रेसको झण्डाको रुपमा स्वीकार होस्।’ तर, गणेशमान सिंहले उक्त प्रस्तावको विरोध गरे। त्यसको कारण थियो, पार्टी एकीकरण गर्नुअघि नेपाली राष्ट्रिय कांग्रेसको झण्डालाई नै नेपाली कांग्रेसको झण्डाको रुपमा स्वीकार गर्ने सहमति। उक्तविपरीत बीपीले अकस्मात प्रजातन्त्र कांग्रेसको झन्डा स्वीकार गर्ने प्रस्ताव राखेका थिए।

गणेशमानको विरोधपछि बीपीले सम्मेलनमै त्यसको कारण खुलाउँदै भनेका थिए– ‘हाम्रो सम्झौतामा नेपाली कांग्रेसको झण्डा राष्ट्रिय कांग्रेसकै झण्डा रहने भन्ने थियो। साथीहरुलाई सरह मलाई पनि त्यो झण्डाप्रति भावुकतापूर्ण प्रेम छ। र, मैले चाहेको पनि त्यही हो।’ 

भएको के रहेछ भने, त्यसअघि सुवर्ण शमशेरले बीपीलाई ‘थर्टिन थिएटर’को चारतले घरमा लिएर गएका रहेछन्। त्यसको उद्देश्य बीपीलाई त्यहाँ भएका झण्डा देखाउनु थियो। घरका प्रत्येक तला चारतारे झण्डाले भरिएका थिए।

त्यति धेरै झण्डा देखेपछि बीपीले राखेको जिज्ञासामा सुवर्णशमशेरले भनेका थिए– ‘कोइरालाजी, हामीले नेपालमा क्रान्ति गर्ने निश्चय गरेर यी झण्डा बनाएका हौं। देशभरि झण्डा फहराउन थोरैले पुग्दैन भनेर फुर्सदको समयमा बनाउँदा बनाउँदै थुप्रो हुन पुग्यो। हाम्रो आवश्यकता हेर्दा यो पनि पर्याप्त होला जस्तो लाग्दैन। तैपनि क्रान्तिकालमा प्रयोग गर्न प्रशस्त होला भन्ने मलाई लागेको थियो। तपाईंहरुले यो झण्डाको सट्टा नेपाली राष्ट्रिय कांग्रेसको झण्डा स्वीकार गर्ने सम्झौता गर्नुभएको रहेछ। अब लाखौं रुपैयाँ खर्च गरेर तयार पारेका यी झण्डाहरु त्यसै खेर जाने भए। पार्टीको ठूलो सम्पत्तिको नोक्सान हुने भयो।’

Ncell 2
Ncell 2
nimb
nimb

सुवर्ण शमशेरको कुरा सुनेपछि बीपीले झण्डाबारे चिन्ता नलिन सुवर्ण शमशेरलाई आश्वस्त पार्दै भने, ‘सुवर्णजी, धन्दा नमान्नोस्। म साथीहरुलाई सम्झाउँला। ठीक छ, झण्डा यहीं रहोस्। झण्डा हाम्रो पार्टीको प्रतीक मात्र हो। मुख्य लक्ष्य त नेपालमा राणाशासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्थाको स्थापना हो।’ 

यी सबै घटनाक्रम बीपीले सम्मेलनमा सुनाएपछि झण्डाबारेको बहस पनि टुंगियो। यसरी नेपाल प्रजातन्त्र कांग्रेसको झण्डालाई नै नेपाली कांग्रेसको झण्डा स्वीकार गर्ने प्रस्ताव पारित भयो। 

झण्डाको माथिको भाग रातो, बीचको भाग सेतो र तलको भाग उस्तै रातो हुनेगरी तीन भागमा तीनवटै बराबर विभाजन गरेर बीचको सेतो भागमा पाँच–कुने चारवटा राता तारा अंकित थिए।  

झण्डाको माथिको रातो भागलाई राजनीतिक क्रान्तिको सूचक, त्यसपछिको बीचको सेतो भागलाई शान्ति र निर्माणको प्रतीक तथा तल्लो रातो भागलाई सामाजिक, सांस्कृतिक एवं आर्थिक क्रान्तिको सूचक मानिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सेतो पृष्ठमा चारवटा राता ताराहरु राखिनुको अर्थ आधारभूत स्वतन्त्रतामध्ये वाक् स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, भयबाट मुक्तिको स्वतन्त्रतालाई सम्बोधन गर्न खोजिएको थियो। साथै त्यसलाई चार शहीदको पनि प्रतीक मानिएको गणेशमान सिंहले उल्लेख गरेका छन्। 

(यो सामग्री डा. राजेश गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ भाग–१ र अन्य स्रोतका आधारमा तयार पारिएको हो।)

यो पनि पढ्नुहोस्-

  • गणेशमान अनुपस्थित नवौं महाधिवेशनमा गिरिजालाई ८१ प्रतिशत मत
  • ३१ वर्षपछि बल्ल जुरेको आठौं महाधिवेशन
  • बीपीलाई जब सभापतिमा भूदेव राईले चुनौती दिए
  • पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन
  • विशेष महाधिवेशनबाट नेतृत्वमा पुनः बीपी, राजाको घोषणा ‘संसद्को चुनाव’
  • जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए
  • कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा
  • पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण
  • पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?
  • नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै
  • नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १२:०३
  • #इतिहासमा_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्