complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस–६

कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा

64x64
किशोर दहाल शनिबार, साउन २३, २०७८  २०:४२
1140x725

पद्मशमशेरलाई राजीनामा दिन बाध्य पारेर मोहनशमशेरले शासनको बागडोर आफूले सम्हालेका थिए। उनले पद्मशमशेरबाट भएका केही सुधारका कामलाई पनि खारेज गरिदिएका थिए। त्यसै समयमा पार्टीलाई संगठित गर्न वीपी कोइराला काठमाडौं आए। उनी कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका साथ काठमाडौं आएका थिए। 

काठमाडौंमा 'भूमिगत गतिविधि'मा संलग्न रहेका बेला उनी पक्राउ परे। यो २००५ पुसको सुरुतिरको घटना हो। वीपी जेलमा रहेका बेला २९ दिन अनसन बसेका थिए।

त्यतिञ्जेल नेपाली राष्ट्रिय कांग्रेस प्रतिबन्धित भइसकेको थियो। ‘स्वयं घोषित नेपाली राष्ट्रिय कांग्रेसलाई सरकारी वा गैरसरकारी संस्था वा सदस्य चुन्न वा बन्न र अब प्रचलित हुने नयाँ वैधानिक कानुनबमोजिमका हक अधिकारहरु नपाउने गरिबक्सनेछ’, २००४ चैत ३१ गते जारी इस्तिहारमा भनिएको थियो।

नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरि त्यसलाई प्रतिबन्ध लगाउनु, नेपाल सरकारको वैधानिक कानुन २००४ लागू नहुनु, देशभित्र नेपाल प्रजा पञ्चायतको सत्याग्रह आन्दोलन र त्यसका गिरफ्तार भएकाहरु, नेपाली राष्ट्रिय कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला गिरफ्तार भएको घटना, साथै अन्य सम्बन्धित विषयहरुमाथि छलफल गर्न सन् १९४९ को मार्च १ का दिन (विस २००५ फागुन १८ गते) मंगलबार दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसले तेस्रो वार्षिक अधिवेशन गर्‍यो।

सो अधिवेशनमा वीपीलाई नै सभापति बनाउने माग पनि उठेको थियो। तर, उनको अवस्था निश्चित थिएन। उनका अतिरिक्त सभापतिका लागि मातृकाप्रसाद कोइराला र गोपालप्रसाद भट्टराईको नाम पनि चर्चामा आएको थियो। अन्तिममा मातृका नै सभापति चयन भए।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त अधिवेशनमा उपस्थित सबै प्रतिनिधिहरुले विश्वेश्वरप्रसाद कोइरालालगायत सबै राजबन्दीहरुको रिहाइ र जनतालाई यथाशीघ्र प्रजातान्त्रिक हकको उपभोग गर्न दिइयोस् भन्ने माग राखे। साथै त्यसको परिपूर्तिको निम्ति सन् १९४९ को १ जुन (विस २००६ जेठ १९ गते) बुधबारदेखि देशव्यापी रुपमा अहिंसात्मक आन्दोलन, सत्याग्रह सञ्चालन गर्ने प्रस्ताव राखे। जसलाई उक्त अधिवेशनले सर्वसम्मतिले पारित गर्‍यो। र, उक्त सत्याग्रहमा सामेल भएर सहयोग गर्न पनि सम्पूर्ण नेपालीलाई आह्वान गर्‍यो।

सो अधिवेशन (महाधिवेशन)मा वीपीको बलिदानले आफ्नो पार्टीको लक्ष्य अझै वर आएको निर्क्योल गरियो। अधिवेशनमा बालचन्द्र शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा भनिएको छ- ‘श्री (विश्वेश्वरप्रसाद) कोइरालालाई काठमाडौं पठाउनु र उहाँको गिरफ्तारीले हाम्रो संस्थालाई बलियै बनाएको छ। राष्ट्र उन्नतिमा बलिदानको आवश्यकता पर्दछ। यद्यपि, श्री कोइरालाको गिरफ्तारीले हामी आजको संकटपूर्ण परिस्थितिमा उहाँको सक्रिय नेतृत्वदेखि वञ्चित हुन गयौँ। परन्तु उहाँको यो वीरतापूर्ण बलिदानले हाम्रो लक्ष्य अझै वर आयो।‘

यस महाधिवेशनले फेरि एकपटक बीपी समूह र रेग्मी समूहबीच मेलमिलाप गराउने भन्ने निर्णय गर्‍यो। 'पटनामा यो मेलमिलापको कुरा चलाउन बीपी समूहबाट मातृकाबाबु, गणेशमानजी र रमाकान्त झा तथा रेग्मी समूहबाट स्वयं रेग्मीजी र रंगनाथ शर्मा हुनुहुन्थ्यो। ... बीपी समूहले केन्द्रीय कार्यसमितिमा रेग्मी समूहलाई पाँच सिट दिने प्रस्ताव राखेको थियो। तर, कुरा मिलेन र यो प्रयास पनि असफल नै भयो।' (नेपालको नोभेम्बर क्रान्ति- रामहरि जोशी)

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसैबीच कांग्रेस इतिहासमा अर्को महत्त्वपूर्ण घटनाको सूत्रपात पनि भइसकेको थियो। नेपाली राष्ट्रिय कांग्रेस विभाजित भएको सन्दर्भमा सन् १९४८ जुलाइ १६ (विस २००५ साउन १) गते कलकत्ताको स्कुल स्ट्रिटमा एउटा भेला आयोजना गरियो। ६० जनाभन्दा बढी उपस्थित भेलामा सुवर्ण शमशेर, महावीर शमशेर, महेन्द्र विक्रम शाह, सूर्यमणि उपाध्याय, पुष्पलाल श्रेष्ठ लगायत उपस्थित थिए। यही भेलाले ‘नेपाल प्रजातन्त्र कांग्रेस’ नामको पार्टी गठन गर्ने घोषणा गर्‍यो। र, साउन ३१ गते महेन्द्रविक्रम शाहको नेतृत्व रहने गरि सो पार्टीको स्थापना गरियो। यस राजनीतिक दलको उद्देश्य संवैधानिक राजतन्त्र र उत्तरदायी प्रजातान्त्रिक सरकार कायम गर्ने नै थियो। तर, सो कायम गर्ने राजनीतिक बाटो भने हिंसात्मक थियो।

यसको एउटा बैठक २००५ पुस १७ गते कलकत्ताको टाइगर सिनेमा हलमा आयोजना गरियो। त्यस सम्मेलनमा औपचारिक रुपमा महेन्द्रविक्रम शाह अध्यक्ष, सूर्यप्रसाद उपाध्याय महासचिव, राजेश्वरीप्रसाद उपाध्याय कोषाध्यक्ष, प्रेमबहादुर कंसाकार सहायक महासचिव निर्वाचित भएको घोषणा भयो।

प्रजातन्त्र कांग्रेसले २००५ माघ २ गते गौहाटीमा पहिलो अधिवेशन सम्पन्न गर्‍यो। त्यसपछि पार्टी कार्यालय कलकत्ताबाट पटनामा सारियो। राणा शासन अन्त्यका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्नेहरुको जमात भएकाले यो पार्टीले त्यसको तयारीलाई तीव्रता दियो।


(सन्दर्भ खुलाइएका बाहेकका विवरणहरु मुख्यत: राजेश गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस – भाग १’ बाट लिइएका हुन्।)

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्