complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बिपीको त्यो २९ दिने अनसन

64x64
किशोर दहाल शनिबार, भदौ २४, २०७४  १०:१४
1140x725

भारतको जेलबाट सन् १९४५ मा छुटेपछि बिपीले नेपालमा प्रजातान्त्रिक जनआन्दोलन सुरु गर्न चाहे। र, त्यसका लागि भारत निर्वासित नेपाली नेताहरुसँग सम्पर्क बढाए। यसैक्रममा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शमशेर लगायतका नेताहरुसँग भेटघाट भयो। 

सन् १९४७ सालको सुरुवातमा नेपाली राष्ट्रिय कांग्रेस गठन भयो। 

यता नेपालमा पद्म शमशेरलाई राजिनामा दिन बाध्य पारेर मोहन शमशेरले शासनको बागडोर आफूले सम्हालेका थिए। उनले पद्म शमशेरबाट भएका केही सुधारका कामलाई पनि खारेज गरिदिएका थिए।

पार्टीलाई संगठित गर्न छद्मभेषमा काठमाडौंमा सक्रिय भएका कोइराला पक्राउ परे। उनी काठमाडौं आएको एक महिना जतिमै पक्राउ परेका थिए। यो सन् १९४८ को कुरा हो। 

पक्राउ गरेर उनलाई सिंहदरबार लगियो। 

पुसको चिसोमा उनलाई सिंहदरबारको कम्पाउण्डभित्र तीन रातसम्म खालि भुइँमा सुताइयो। अत्यन्त चिसो समयमा उनले कष्टकर दिनहरु बिताए। जाडो कम गर्न उनी उठबस गर्थे। तर, त्यो उपाय लामो समय टिक्दैनथ्यो। उनी बेहोस हुन्थे।

तीन दिनपछि उनलाई एउटा राडी दिइयो। जाडोबाट थोरै राहत भयो। उनले नुहाउन पनि पाए। नुहाउन्जेल नेल खोलिन्थ्यो र पुन बाँधिन्थ्यो। 

बिपीले भनेका छन्, ‘सिंहदरबार लिएर गएपछि, ६ महिनाजति, एउटा मानिसले जति सहन सक्तछ, त्यति मैले सहनुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेको १० दिनपछि बिपीलाई मुद्दा चलाइयो। मुद्दा दुई हप्ताजति चल्यो। बिपीलाई ‘तिमी र तिम्रो परिवारको व्यवहारमा जहिलेसम्म सुधार आउँदैन तैलेसम्म जेलमा रहने छौ’ भनेर मोहनशमशेरको हुकुम सुनाइएको थियो। उनको हुकुम बिपीलाई सुनाउने हरिशमशेर थिए। न्यायलयका मुख्य मानिस हरिशमशेर, महेन्द्रका ससुरा पनि हुन्।

तिनै हरिशमशेरले बिपीलाई दरबारको झ्यालखानामा राखिदिए। बिपीको कोठा अत्यन्तै खराब थियो। ‘असाध्य होचो र पानी चुहिने,' बिपीले भनेका छन्, ‘त्यो कोठा ८ x ७ फिटको थियो र दिसापिसाबका लागि बीचमा सानो प्वाल बनाइएको थियो।’ 

डाक्टरले कोही पनि बस्न नसक्ने ठहर्याचएको कोठा थियो त्यो।

कैदीको रुपमा बिपीलाई सरकारले दैनिक डेढ माना चामल, एक पैसा, तीन वटा रातो खुर्सानी, अलिकति नुन र दुई मुठा दाउरा दिन्थ्यो। चामल बेचेर तरकारी किन्न सकिन्थ्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मान्छेसँग भेट हुँदैनथ्यो। मिति पनि सम्झना हुन छाडेको थियो। चिसो भित्तामा नङले चिनो लगाउँथे।

नेल ठोकिएको थियो। एउटा हातमा हतकडी लगाइएको थियो र कम्मरमा बाँधिएको साङ्लो झ्यालको ग्रिलमा बाँधिएको थियो। 

यही बेला बिपीले जेलमा पाइने चामललाई ट्वाइलेट जान प्रयोग गरिएको भाँडोमा पकाएर खानुपरेको थियो। जेलमा भाँडा नदिइएपछि एउटी महिलाले आफू दिसा बस्न जाँदा लाने गरेको आल्मुनियमको लोटा बिपीलाई दिएकी थिइन्। बिपीले खाना पकाउन त्यसैलाई प्रयोग गरे। बिपीलाई राखिएको कोठाको भित्ताको सानो प्वालबाट रासन र पानी दिइन्थ्यो। बिपी खोले पकाएर खान्थे। सरकारले दिएको दाउराले भात राम्रोसँग पाक्दैनथ्यो। छड्किनसम्म पुग्थ्यो। उनी कैयौंपटक राम्रोसँग नपाकेको भात खान्थे।

उनलाई नुहाउने व्यवस्था पनि थिएन। ‘त्यतिमात्रै कहाँ हो र फेर्ने लुगा पनि दिएनन्,’ बिपीले लेखेका छन्, ‘मैले लगाएको लुगा मैलोधैलो र झुत्रो हुन थाल्यो।’

मानसिक सन्तुलन जोगाउन गाह्रो हुन थालेपछि बिपी चिन्तित भए। उनले त्यसरी बाँच्नुभन्दा मर्नु निको ठानेर अनसन सुरु गरे। जेल परेको ६ महिनापछिको कुरा थियो त्यो।

त्यसअघि बिपीले लामा थरका चौकीदारको सहयोगमा पूर्णबहादुर भन्ने शिक्षकसँग सम्पर्क गरेर कापी र सिसाकलम प्राप्त गरेका थिए। पूर्णबहादुरबाट कागज र सिसाकलम प्राप्त गर्नुभन्दा ३–४ दिनअघि नै हावाले जेल कम्पाउण्डमा उडाएर ल्याएको साबुनको खोल र सिसाकलम चौकीदारले बिपीलाई दिएका थिए। त्यही साबुनको खोलमा उनले जवाहरलाल नेहरुलाई चिठी लेखेका थिए। लामाले त्यो चिठी पूर्णबहादुरलाई दिए। चिठी नेहरुको हातमा पुग्यो। 

बिपी जेलभित्रै अनसनमा रहँदा भारतका समाजवादी नेता जयप्रकाश नारायण (जेपी) ले प्रधानमन्त्री जवाहरलाल नेहरुलाई रिहाइका लागि लेखेको पत्र (पहिलो) । जेपीको पत्र पाएपछि नेहरुले पठाएको गोप्य चिठी (दोस्रो)।


त्यसपछि बाहिरको मान्छेसँग चिठीमार्फत निरन्तर संवाद हुन थाल्यो। जेलका दुःख भारतीय पत्रिकामा छापिन थाल्यो। यता जेलमा भने कडा हुन थाल्यो। 
खासमा बिपीले अनसन सुरु गर्ने खबर भारतमा पुगिसकेको सूचना पाएपछि मात्रै यता अनसन सुरु गरेका थिए। यो सन् १९४९ को अप्रिल या मे महिनातिरको कुरा हो। तर, भोकहडताल सुरु गरेको ट्याक्कै समय बिपीलाई समेत सम्झना छैन। 

कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसाद भट्टराई पनि नजिकै थुनिएका थिए। उनीसँग सम्पर्क भएपछि उनैले जुराइदिएको तिथिमा बिपीले अनसन सुरु गरेका थिए। ‘अक्षय तृतीया अत्यन्त शुभदिन भएको र मैले त्यस दिन जे काम गरे पनि म सफल हुने कुरा उहाँले बताउनुभयो,' बिपीले भनेका छन्, ‘त्यसैले मैले त्यस दिनदेखि नै अनसन गर्ने निधो गरेँ।’

आठ दिनसम्म बिपीको नामको रासन आइरह्यो। उनले छोएनन्। त्यसै दिन नुनपानी खाए। तर, रगतमासी पर्‍यो। १८–२० पटक ट्वाइलेट गए। डाक्टर बोलाइयो। तर, उनले डाक्टरले दिएका सल्लाह अनुसार केही खान मानेनन्, औषधि पनि खाएनन्। 

त्यसको भोलिपल्ट पद्मशमशेरको पालादेखि नै थुनिएका तर राम्रो अवस्थामा राखिएका गिरिजाप्रसाद र तारिणीप्रसाद कोइरालालाई अनसन तोड्न मनाउने उद्देश्यले बिपी भएको ठाउँमा ल्याइयो। तर, उनीहरुले भोकहडताल जारी राख्न संकेत गरे।

उनीहरुलाई प्रत्येक दिनजसो त्यहाँ ल्याइन्थ्यो, फकाउनका निम्ति। तर, उनीहरु झन् बढी उत्साह दिन्थे। र, खराब अवस्थामा राखेकोमा सम्बन्धित अधिकारीसमक्ष विरोध जनाउँथे। त्यही विरोधका कारण बिपीले ६ महिनापछि फेर्ने लुगा पाए।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि गिरिजा र तारिणीलाई ल्याउन छाडियो। 

बिपी पत्नी सुशीलाले नेहरुलाई भेटिन्। नेहरुले काठमाडौं गएर बिपीलाई भेट्न सुझाए पनि दुई वर्षका छोरा प्रकाशलाई पक्राउ पूर्जी भएका कारण पक्राउ पर्ने डरले उनी काठमाडौं आउन डराइन्। पछि, नेहरुले नै सुशीलालाई निर्बाध आउन जान दिनुपर्ने बताए र बिहार सरकारलाई सरकारी प्लेनमा काठमाडौंसम्म पुर्‍याउन निर्देशन दिए। तर, नेपाल सरकारले काठमाडौंको हवाई मैदान सेवायोग्य नभएको बतायो। 

त्यसैले मोटरबाटो हुँदै उनी अनसनको २४औं दिन काठमाडौं आइपुगिन्। तर, उनी आएको दिन मंगलबार थियो। त्यसदिन भेट नगर्न सल्लाह दिइयो। तर उनले भेट्ने चाहना राख्दा राति तारा उदाएपछि भेट्ने व्यवस्था गरियो। 

सरकार लामो समय बिपीलाई राखिएको खराब कोठा सुशीलालाई देखाउन चाहँदैन थियो। ‘२४ घन्टामै जेल कम्पाउण्डमा नुहाउने र अन्य सुविधाहरु भएको एककोठे घर मेरा लागि बनाउन लगाइयो,' बिपी लेख्छन्, ‘सुशीलाले भेट्न आउनुअघि मलाई त्यहाँ सारियो।’

बिपीलाई लगाइएको नेल पनि त्यसै दिन हटाइएको थियो। उनी बिस्तारै होस गुमाउँदै गएका थिए। बिपीले भनेका छन्, ‘सुशीला भेट्न आएपछि मेरो होस फर्कियो र मलद्वारबाट सलाइन पानी दिइएको थाहा पाएँ।’

डाक्टरले बिपीलाई भने, ‘धेरै उत्तेजित नहुनुहोला। तपाईंको मुटुको अवस्था खराब भइरहेको छ। धेरै नबोल्नुहोला। उनीहरु हेरुन्, जाऊन्, त्यति मात्रै गर्नुहोला।’

त्यस दिन सुशीला, आमा, प्रकाश लगायत अरु केही आएका थिए। 

सरकारी अधिकारीले बिपीलाई आमाको हेरचाहमा छाड्ने कुरा बताए। तर, आमाले त्यसलाई प्रतिवाद गर्दै भनिन्, ‘हुँदैन, जबसम्म उसलाई छाडिँदैन, ऊ सरकारको हेरचाहमा हुन्छ। उसका लागि सरकार जिम्मेदार ठहरिन्छ।’

सुशीला लगायत अरुलाई जेलमै बिपीसँग बस्न दिएको डाक्टरको सल्लाह पनि उनीहरुले इन्कार गरिदिएका थिए। अरु पाँच दिन यस्तै चल्यो।

मोहनशमशेरले बिपी सिकिस्त भएको हुँदा कुनै पनि समय उनको मृत्यु हुन सक्ने भन्दै आमालाई डर देखाए। खासमा उनी बिपीको भोकहडताल परिवारकै दबाबमा अन्त्य गर्ने प्रयास गरिरहेका थिए।

तर आमा मोहनशमशेरले सोचेभन्दा ठिक उल्टो प्रस्तुत भइन्। भनिन्, ‘काठमाडौंको मेरो तितो अनुभव छ। मेरा पतिको मृत्यु यहीँ खपेँ। यही काठमाडौंमा मेरा पतिको पार्थिव शरीरलाई चितामा जलाएँ। मेरो छोरोको दाहसंस्कार गर्न म फेरि आएको छु।’

त्यसपछि प्रधानमन्त्रीले भने, ‘एउटा हठी युवकको दबाबअगाडि सरकारले कसरी घुँडा टेक्ने? सरकारले पनि त आफ्नो मर्यादा राख्नुपर्‍यो नि!’
आमा झनै कडा बनिन्, ‘मेरो छोराको मर्यादाको अगाडि तपाईंको के मर्यादा?’

बिपीलाई आफन्तमार्फत मनाउने सम्पूर्ण प्रयास असफल भएपछि उनी रिहा भएका थिए। र, अनसन पनि टुंगिएको थियो। 

डाक्टरहरुले फलफूलको रस खाएर अनसन तोड्ने सल्लाह दिएका थिए। तर, वैद्यहरुको भनाइ मानेर उनले दालको रस खाएर अनसन तोडे। एक-दुई दिनसम्म दालकै रस खाइरहे। 

‘मेरो भोकहडतालको २९औं दिनमा डा. सिद्धिमणि आए तर उनले भेट्न आउनाको प्रयोजन बुझिनँ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट एक जना उच्चपदस्थ सैनिक अधिकृत पनि आए र मेरो छुटकारा भएको तर प्रधानमन्त्रीको विचारमा म त्यहाँबाट हटाइन नमिल्ने गरी साह्रै गलेको कुरा उल्लेख गरे,’ बिपीले भनेका छन्।

आमहडताल तोडिएको १२औं दिनपछि बिपीले मोहनशमशेरलाई भेटेका थिए। मेचमा बसेका मोहनशमशेर र भुइँको कार्पेटमा बसेका बिपीबीच आधा घन्टाजति छलफल भयो। 

मोहनशमशेरले सोधेका थिए, ‘तिमीहरुले सरकारको गाथ–गादी ताक्न खोजेका होइनौ?’

‘हामीहरु त नागरिक अधिकार चाहन्छौं, जो दुनियाँभरिमा सबैले पाइरहेका छन् र जसका निम्ति लडाइँ पनि भइरहेको छ।’

‘यही झन्डामुनि तिमीहरु बस्न खोजेको होइन?' मोहनशमशेरले फेरि सोधे।

‘होइन। यहाँ त सरकारै राज होइबक्सिन्छ। तर हामीलाई नागरिक अधिकार चाहिन्छ र यो सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ।’

मोहनशमशेर रोकिएनन्। भनेका थिए, ‘तिम्रो स्वास्थ्य खराब छ, त्यसैले तिम्रो डाक्टरकहाँ बम्बई जाऊ अथवा जहाँ जान मन लाग्छ त्यहीँ जाऊ तर हामी तिमीलाई शक्ति हस्तान्तरण गर्छौं भन्ने भ्रममा नपर। शक्ति एउटैलाई दिइएको हुन्छ र शासन गर्ने अधिकार ‘यहाँ’ लेखिएको हुन्छ।’

मोहनशमशेरले ‘यहाँ’ शब्द उच्चारण गर्दा औंलाले निधार देखाएका थिए।

(विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’ र भोला चटर्जीको ‘बी.पी. कोइराला एक क्रान्तिकारी व्यक्तित्व’ मा बिपीद्वारा व्यक्त गरिएको विवरणमा आधारित)

प्रकाशित मिति: शनिबार, भदौ २४, २०७४  १०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका रूपमा उम्मेदवार बन्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्