सुर्खेत – पहिरो खस्दा कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा सडक अवरुद्ध भएको छ ।आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा गएको पहिरोका कारण आज बिहानदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावतले बताए । 
रातिदेखि अत्यधिक वर्षा भएकोले गगने खोलामा पहिरो खसेको कारण  सवारी सञ्चालनमा कठिनाई भएको डिएसपी रावतको भनाई छ । पहिरो पन्छाउन कर्णाली करिडोर सुरु हुने खुलालु जिरो पोइन्टमा खसेका ढुङ्गा पन्छाएर जेसीभी गगने खोलाको पहिरो हटाउन पठाइएको उनले बताए । सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडीहरु बिचबाटोमै रोकिएका छन् । 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।