• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद, नयाँ अनुभव

संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार

64x64
पुष्पा केसी सोमबार, माघ ८, २०८०  ०९:५७
1140x725

काठमाडौं– माइतीघर मण्डलामा हुने धेरैजसो आन्दोलन र विरोध प्रदर्शनमा नियमित भेटिने अनुहारमध्ये एउटा हो, सन्तोष परियार। 

अहिले माइतीघरबाट उनको यात्रा संसद भवनतिर मोडिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक छन् उनी। उनी आफूलाई माइतीघरको उत्पादन भन्न रुचाउँछन्। माइतीघर मण्डलासँग उनको छुट्टै लगाव छ। संसद आउँदा-जाँदा माइतीघरमा को छन् होला? के विषय वस्तु छन् होला भनेर उनलाई कौतुहल भइरहन्छ। 

सन्तोष भन्छन्, ‘लोकतन्त्रमा नागरिकलाई आफ्ना आवाज राख्न, बुलन्द गर्न त्यस्ता ठाउँहरु चाहिन्छन्। संसारका धेरै देशमा अन्याय, अत्याचार र उत्पीडनमा रहेका जनताको बोल्ने निश्चित ठाउँ हुन्छ। माइतीघर मण्डलालाई त्यही रुपमा बुझ्छु म।’ 

माइतीघर र संसदमा फरक
संसद पुगीसकेपछि सन्तोषलाई माइतीघर मण्डला र संसदमा धेरै फरक लाग्दैन।

पछिल्लो समय बृहत् नागरिक आन्दोलन, अन्य व्यक्ति र पीडितमार्फत समाज, न्याय, जातीय विभेद, लैंगिक न्यायलगायत विविध विषय उठे। जुन विषय उनले संसदमा पनि निरन्तर उठाइरहेका छन्। माइतीघरमै गरेका धेरै काम संसदमा गर्न सकिनेमा दुई मत छैन। मुद्दा त्यही भए पनि प्रक्रिया भने फरक रहेको उनको बुझाइ छ। जुन व्यवस्थित छ।

माइतीघरमा जुन स्वतन्त्रता थियो, संसदमा त्यो स्वतन्त्रता भने नभएको सन्तोषको अनुभव छ। माइतीघरमा बसेर संसद्प्र‌ति प्रश्न गर्दै गर्दा सत्ता भनेको यस्तै हुन्छ भन्ने लाग्थ्यो। सत्ताको पहरेदारी गर्नुपर्छ, आलोचना गर्नुपर्छ, सत्तालाई निगरानीमा राख्नुपर्छ, प्रश्न गर्नुपर्छ भन्ने लाग्थ्यो। गरिरहेका छन् पनि। अहिले भने ‘मैले पनि जवाफ दिनुपर्छ’ भन्ने ठाउँमा पुगेको महसुस गर्छन्।

यसमा फरकपन आएको उनलाई लागेको छ। माइतीघरमा हुँदा सन्तोषले जवाफ दिनु पर्दैनथ्यो, उनले प्रश्न गर्थे। अहिले जवाफ दिने ठाउँमा पुगेपछि अलि गम्भीर र जिम्मेवार बन्नुपरेको उनी बताउँछन्। 

माइतीघर र संसदका विषयमा फरकपन 
माइतीघरले धेरै मुद्दा उठाउँछ। कतिपय सन्दर्भमा सदनमा राजनीतिक पार्टी आफैले मुद्दा उठाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

कहिलेकाहिँ सांसदले त्यस्ता मुद्दालाई बिर्सिए वा अनदेखा गरे भने त्यस्ता मुद्दा माइतीघरबाट उठाइएको हुन्छ। पछिल्लो समय मिटर ब्याजदेखि उखु किसानसम्मका मुद्दा माइतीघरबाटै उठेका हुन्। त्यसैले पनि यो माइतीघर महत्वपूर्ण रहेको र यसलाई अझ सशक्त, प्रभावकारी बनाउनुपर्नेमा सन्तोष जोड दिन्छन्। 

उनलाई माइतीघरमा उठ्ने विषयमा एक किसिमको गाम्भिर्यता हुन्छ भन्ने लाग्छ। जब राज्य प्रणालीबाट न्याय हुँदैन अथवा उचित सम्वोधन हुँदैन, त्यसपछि माइतीघरमा ती कुरा जान्छन्। र, त्यसलाई माइतीघरले स्थापित गर्छ। माइतीघरसँग त्यो गुरुत्वाआकर्षण छ भन्नेमा उनी विश्वस्त छन्। 

‘अहिले पनि त्यहाँ उठ्ने विषय टिपेर राजनीतिकरण गर्छौ। समाज रुपान्तरणको विषयमा उठ्ने मुद्दालाई राजनीतिले अपनत्व ग्रहण गरेन भने त्यो गाह्रो हुन्छ। त्यसैले नेपालको लोकतान्त्रिकरण, संसदको प्रभावकारीतामा, सरकारलाई जिम्मेवार बनाउने सवालमा माइतीघरको ठूलो भूमिका छ। रहन्छ,’ सन्तोष भन्छन्, ‘यस्ता माइतीघरजस्ता कर्नर अझै थपिनुपर्छ।’

कुन कुरा कसले कहाँबाट उठाइरहेको छ भन्ने विषयले पनि त्यसको सुनुवाईमा प्रभाव पर्ने गर्छ। र, त्यो समाजको बनावटसँग पनि जोडिन्छ। पुरुषहरुले उठाएको कुरा अलि बढी सुनिन्छ।

Xtrem

Xtrem

किनभने समाज पृतिसत्तात्मक छ। तुलनात्मक रुपमा महिलाले त्यही माइतीघरमा उठाएको कुरा कम सुनिन्छ। त्यसैगरी जातीय रुपमा कथित ठूला जात भनिएकाहरुले उठाएको कुरा बेजोडसँग सुनिन्छ। सँगसँगै अलि उत्पीडनमा परेकाले उठाएको कुरा कम सुनिन्छ। यो समाजको बनावटसँग निर्भर गर्छ। त्यसैले सन्तोषलाई लाग्छ, ‘जसको कोही हुँदैन, त्यसको माइतीघर छ।’ 

सांसद भइसकेपछि माइतीघरसँग सम्बन्ध 
रास्वपाको प्रमुख सचेतक सिंहदरबार संसद ओहोर दोहोर पनि चलिरहन्छ। उनलाई माइतीघर मण्डला जान असाध्यै मन लाग्छ। कतिपय कुरा बाध्यात्मक हुन्छन्। जसले गर्दा मन हुँदाहुँदै पनि त्यो काम गर्न नसकिएको उनको अनुभव छ। कतिपय सन्दर्भमा समय पनि मिल्दैन। 

माइतीघरमा उभिने भन्दा पनि त्यहाँको समस्यालाई सम्बोधन गर्ने ठाउँमा रहेकाले बढी भूमिका त्यसैमा निर्वाह गरिरहेका छन्। अहिले सदन केही पार्टीको बन्धन बनेको सन्तोषको दाबी छ। यसलाई हेर्दा जतिबेला पनि माइतीघर मण्डला आफूहरुलाई चाहिन सक्ने उनी बताउँछन्।

हिजो विभिन्न आन्दोलनमा सँगै हिडेका कतिपय साथीहरु अझै माइतीघरमै भेटिन्छन्। माइतीघरबाट संसदलाई हेर्दा र संसदबाट माइतीघर हेर्दाको अनुभव कस्तो पाउँछन् त सन्तोष? 

माइतीघरबाट संसद हेर्दा यीनीहरुले काम गर्न जानेनन्, गर्दैनन् भन्ने लाग्थ्यो उनलाई। संसद, सरकारमा कहीँ न कहीँ देश बुझेको जनताका अफ्ठ्यारा महशुस गर्न सक्ने मानिस जानुपर्छ भन्ने लाग्थ्यो। 

तर, सदनबाट माइतीघर हेर्दा कति माइतीघरका कुरा ल्याउन सके भन्नेमा सन्तोष सधैं सचेत हुन्छन्। माइतीघरमा के भइरहेको होला?  कतै माइतीघरको कुरा छुटाएँ कि! त्यहाँ उठेको विषय थाहा भएन कि! भन्ने चिन्ता र चासो भइरहन्छ। हिजो आन्दोलनमा सँगै हिँडेका साथी र अग्रजहरुलाई भेटिरहेका हुन्छन्। जोडिरहेका छन्। 

राजनीति भनेको जनता र मुद्दासँग जोडिने विषय हो। उनले सँगै हिँडेका साथीसँग निरन्तर भेट्न नसके पनि केही मुद्दामा गाह्रो पर्‍यो भने सुरुमा तीनै सहयात्रीलाई सम्झिन भने बिर्सदैनन्।

सम्बन्धित सामग्री:

संसद्‌को हालत देखेर निराश बनेका नयाँ सांसद

संसद्‌मा आफूले निर्वाह गरेको भूमिकाप्रति आफैं सन्तुष्ट छैनन् कांग्रेस सांसद प्रदीप पौडेल

रुँदै नागरिकता मागिरहेको दृश्यले १५ वर्षकै उमेरमा राजनीति रोजेकी रेखा

सांसदभन्दा त गाउँपालिका उपाध्यक्ष नै ठीक!

संसद्‌ र सांसद मैले अपेक्षा गरेजति स्वतन्त्र रहेनछन्: शिशिर खनाल

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०९:५७
  • #नयाँ_सांसद_नयाँ_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
डडेलधुरामा एक प्रहरी जवान मृत फेला मंगलबार, असोज १३, २०८३
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा परराष्ट्रमन्त्री खनाल र महासभाध्यक्ष डा. रहमानबिच भेटवार्ता मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्