• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद, नयाँ अनुभव 

सांसदभन्दा त गाउँपालिका उपाध्यक्ष नै ठीक!

64x64
पुष्पा केसी शुक्रबार, असोज १९, २०८०  २०:३०
1140x725

काठमाडौं– ‘रुविभ्याली गाउँपालिकामा सबैभन्दा कम बजेट जान्छ। सांसद भएपछि त बजेट पनि बढी पठाउने गरेर काम गर्छु। त्यहाँको विकास निर्माणमा लागि पर्छु,’ बिना लामालाई लागेको थियो।

५ वर्ष रुविभ्याली गाउँपालिका उपाध्यक्षका रुपमा काम गरिन्। काठमाडौंसँगै जोडिएको धादिङ जिल्‍लाको दूरदराजमा रहेको यो गाउँपालिका विकासका लागि तिर्खाएको ठाउँ हो। जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि त्यहाँका असीमित आवश्यकताका अघि आउने बजेट निकै कम लागिरह्यो।

त्यसैले उनले जनताका पक्षमा काम गर्न संसद् भवन नै पुग्ने लक्ष्य बनाइन्। छोटो समयमै राजनीतिको उचाइ हासिल गर्ने मध्येमा एक उनले त्यो लक्ष्य प्राप्त गरिन्।  राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक समेत रहेकी सांसद लामालाई अहिले आफ्नो अपेक्षासँग पदको तालमेल नमिलिरहेको जस्तो महसुस हुँदैछ। उनले  कुरा नबनाइ भनिन्, ‘मलाई त सांसद भएपछि विकास निर्माणका क्षेत्रमा जोड दिन्छु भन्ने लाग्थ्यो, तर सांसद भएर आउँदा फरक देखियो। सांसद त कानुन निर्माणमा बढी केन्द्रित हुनुपर्ने रहेछ।’

उनी  २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट नै रुविभ्याली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। त्यहाँको उपाध्यक्ष हुँदै गर्दा देश संघीयताको नयाँ अभ्यासमा  थियो। उनलाई २ वर्ष स्थानीय शासन सञ्चालन गर्ने कानुन बुझ्न नै लाग्यो। प्रदेश र प्रतिनिधि सभाका सांसदबारे थाहा थियो, तर त्यसबारे उति चासो भने थिएन। उपाध्यक्ष भएपछि नै उनलाई प्रतिनिधि सभातिर पुग्ने र बजेट ल्याउने हुटहुटी बढेको हो। तर माहोल अपेक्षा गरेभन्दा फरक पाउँदा उनी उपाध्यक्ष पदसँग अहिलेको जिम्मेवारी तुलना गरेर हेरिरहेकी हुन्छिन्।

उनी पालिकाको उपाध्यक्ष हुँदा प्रत्यक्ष सेवा दिने ठाउँमा थिइन्। उनले उठाएका विषय सानो जमातमा पुग्थे। संसद्‌मा उठाएका विषय धेरै नागरिकसम्म पुग्छ। 

हिजो आफूले उठाउने आवाज सीमित वडा र गाउँपालिकामा केन्द्रित हुन्थ्यो भने अहिले उठाउने आवाजले ७७ जिल्लामा नै प्रभाव पर्ने उनको बुझाइ छ। सीमित नागरिकमा केन्द्रित उनीप्रतिको आसा र अपेक्षा अहिले देशभरका नागरिकमा पुगेको छ।

उपाध्यक्ष र सांसद बन्दा नागरिकका अपेक्षा 
उपाध्यक्ष हुँदा सिंगो रुबिभ्याली गाउँपालिकाका नागरिकको चासो र अपेक्षा विकास निर्माणतर्फ नै थियो। अहिले पनि उनीहरुको चाहना त त्यही हो। तर अहिले नागरिकका अपेक्षा र प्रक्रियामा फरकपन देखिएको लामाको बुझाइ छ। 

‘रुविभ्यालीका कयौं नागरिकले अहिले पनि संसद् के हो भन्ने थाहा पाएका छैनन्,’ उनी भन्छिन्, ‘प्रतिपक्षमा बसेर कानुन निर्माणमा हामीले भूमिका खेलिरहेका छौँ। जनताको कुरा संसद्‌मा उठाइरहेका छौँ। तर जनताको समस्या समाधान गर्न भने सांसदभन्दा उपाध्यक्ष नै ठिक रहेछ भन्ने लाग्छ मलाई।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सांसद बन्दै गर्दा केही नयाँ गर्छु भन्ने हुटहुटी अहिले आएर पूरा हुने अवस्था नदेखिएपछि उनमा कहिलेकाहिँ खिन्नता आउँछ। 

टिभीमा देखिने शीर्ष नेतासँग काम गर्दाको अनुभव
लामाको गाउँमा पहिले जताजतै टिभी थिएन। त्यसैले एकदमै कम टिभी हेर्न पाइन्थ्यो। रुविभ्यालीमा अहिले पनि केन्द्रीय लाइन नजोडिएका कारण सबैको घरमा टिभी छैन। कहिलेकाहिँ टिभी हेर्दा भने शीर्ष नेताको अनुहार देखिन्थ्यो।  ती नेतासँग आफ्नो दूरी निकै टाढा देख्थिन्। उनीहरु अहिले सँगै, एउटै संसद्‌मा छन्। 

‘नागरिकले शीर्ष नेतालाई केही गरेनन् भनेर गाली गरेको देखिन्थ्यो,’ लामाले अनुभूति सुनाइन्, ‘तर उहाँहरुसँगै अहिले काम गरिरहेकी छु। सँगै बसेर काम गरिरहँदा आहा! लागेको छैन। म त उहाँहरुसँगै छु भनेर गर्वको अनुभव भएको छैन।’ शीर्ष नेताबाट अर्को पक्षमाथि घोचपेच, गालीगलोज, तिकडम बाहेक राम्रा पनि कुरा केही न केही सिक्न पाइयोस् भन्ने उनलाई लागिरहन्छ। 

संसद्‌मा राख्ने विषयको तयारी
धादिङ जिल्ला काठमाडौंसँगै जोडिएको छ। तर काठमाडौंसँग धादिङ जोडिए पनि हुम्ला, जुम्ला भन्दा निकै विकट रहेको लामा बताउँछिन्। त्यस्ता विकट ठाउँमा आफैं पुगेको, घुमेकोले गर्दा यही बोल्छु भनेर सोच्दिनन् उनी। लामाले त्यहाँका नागरिकका समस्या सुन्ने, त्यसैअनुसार संसद्‌मा धारणा राख्ने गरेकी छन्। 

Xtrem

Xtrem

तर पार्टीको ह्विपका कारण संसद् प्रभावकारी हुन नसकेको उनको निष्कर्ष छ। गलत विषयमा पार्टीको ह्विप नमानेर जनताको आवाज र आवश्यकतालाई ध्यानमा राख्दै संसदीय भूमिका निर्वाह गर्न सकियो भने संसदबाटै चाहे जस्तो परिवर्तन ल्याउन सकिनेमा उनी विश्वस्त छन्। ‘ह्विप प्रभावकारी संसदका लागि सबैभन्दा ठूलो चुनौती हो,’ लामाको ठहर छ।

सांसद निदाएको,  कुर्सी खालीप्रति सजग 
संसद्‌मा बेलाबेला सांसद निदाएको, कुर्सी खाली भएको दृश्य प्रत्यक्ष प्रसारण भइरहेका हुन्छन्। तर संसदमा सांसदलाई निदाउने छुट नभएको बताउने लामालाई कुर्सी खाली भएको दृश्यले भने दुःखी बनाउँछ। 

त्यसैले उनको सुझाव छ, ‘सकेसम्म जति पनि सांसद छन्। सबैलाई अनिवार्य उपस्थित गराउनुपर्छ। जनताले बाहिर होइन, संसद्‌भित्रै आफ्ना आवाज उठाउनका लागि हामीलाई पठाएका हुन्। त्यसैले म अहिलेसम्म अनुपस्थित भएकी छैन। तर, सिकाइकै क्रममा छु।’ 

अंगालेको धर्म र राजनीतिमा हिँडेको बाटो
संविधान जारी भएपछि देश संघीयतामा गयो। संविधानबाट नै देशलाई धर्मनिरपेक्ष राष्ट्रका रुपमा स्थापित गरियो। त्यसैअनुरुप २०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो। तर, हिन्दु राष्ट्रको अजेण्डालाई बोक्न राष्ट्रिय प्रजातन्त्र पार्टीले छाडेन। 

इसाई धर्म मान्दै आएकी लामा स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै धादिङको रुबिभ्याली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन्। अहिले लामा प्रतिनिधि सभामा राप्रपाबाटै समानुपातिक सांसद छन्। उसो त उनले मान्दै आएको धर्म व्यक्तिगत विषय हो। तर धर्म जोड्नुको कारण पनि छ। किनभने जतिबेला उनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भइन्, त्यतिबेला उनको धर्मबारे कुनै प्रश्न उठाइएन। तर प्रतिनिधि सभाको समानुपातिक सूचीमा लामाको नाम आउँदा भने पार्टीभित्रैकाले धर्मलाई लिएर विवाद सिर्जना गरेको लामाको दाबी छ। 

पार्टीको अजेण्डा र व्यक्तिको आस्थालाई सँगसँगै अगाडि बढाउँदा असहज बनाउने प्रयास धेरैले गरेको उनको गुनासो छ। त्यसमा उनीहरुको दोष देख्दिनन्। न त ती विषयले उनलाई कुनै प्रभाव नै पार्छ। किनभने धर्मलाई उनले आस्थाका रुपमा लिएकी छन्। न कि कुनै मिसिनरीको रुपमा। ‘राप्रपाको अजेण्डा सबै धर्मलाई हेला गरेर हिन्दु राष्ट्र बनाउने होइन। राप्रपाले पहिचानको रुपमा हिन्दु राष्ट्र भनेको हो,’ लामाको तर्क छ।

२०७४ सालमा स्थानीय तहको टिकट लिँदै गर्दा पनि लामा इसाई भएको सबैको जानकारीमा थियो। उनले भनिन्, ‘त्यतिबेला हिन्दु राष्ट्रको अजेण्डा बोकेको राप्रपा उम्मेद्‌वारलाई क्रिश्चियन र बौद्ध धर्म मान्नेको बाहुल्यता रहेको रुविभ्यालीका जनताले उपाध्यक्षमा जिताए। त्यसरी जिताउँदा विवादित बनाइएन। समानुपातिक सांसदमा नाम परेपछि पार्टीभित्रैका केहीले बाहिर त्यसरी होहल्ला गरे।’  

राप्रपाले ‘सर्व धर्म सम्भवः’ भनेपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन किराँत, आफू क्रिश्चियन र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बौद्ध धर्म मान्दै आएको लामाको भनाइ छ। 

२०७४ सालको स्थनीय तह निर्वाचनमा एउटा संयोग नै भन्नुपर्छ,  हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपामा हिन्दु धर्म मान्ने कुनै उम्मेद्वारले जितेनन्। 

‘बागमती प्रदेशको रुविभ्याली गाउँपालिकाको अध्यक्षमा बौद्ध धर्म मान्ने चेरुङ तामाङले र मैले उपाध्यक्षमा जित्यौं। बौद्ध र क्रिश्चियन धर्म मान्नेहरुले नै हिन्दु राष्ट्रको अजेण्डा बोकेको राप्रपालाई जिताए भनेर सामाजिक सञ्जालमा पनि त्यतिबेला निकै चर्चा भयो,’ निर्वाचन परिणामलाई स्मरण गर्दै लामाले सुनाइन्, ‘त्यस्तै, कचनकवल गाउँपालिकामा मुस्लिम धर्म मान्ने र हल्दीवारी गाउँपालिकामा किराँत धर्म मान्ने रविन्द्र लिङ्देनले जित्नुभयो। समानुपातिकमा आउँदा धर्मको नाममा विवादित बनाउनु पर्छ भन्ने मलाई लाग्दैन।’

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:३०
  • #नयाँ_सांसद_नयाँ_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’... मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस विधेयकमाथि समितिमा भएको विस्तृत छलफल, संशोधन प्रक्रिया र सरोकारवालासँगको परामर्शपछि तयार पारिएको प्रतिवेदन आजको बैठकमा सभापति शेरचनल... मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले सरकारलाई प्रश्नहरूको जवाफ दिने विषयमा गम्भीर बन्न आग्रह गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्