• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास

64x64
पुष्पा केसी बुधबार, फागुन ९, २०८०  १८:२२
1140x725

काठमाडौं- फागुन ७ गते ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति उद्घाटन सत्रमा भाषण गर्ने क्रममा सभापति शेरबहादुर देउवा भन्दै थिए- ‘नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको हो।’ आफ्नो पार्टीको नेतृत्वमा संविधान जारी भएकोमा कांग्रेसले गर्व गर्दै आएको छ। कतिपय सन्दर्भमा त्यसलाई राजनीतिक पुँजीको रुपमा पनि प्रयोग गर्ने गरेको छ। देउवाको सम्बोधन त्यसकै निरन्तरता मान्न सकिन्छ।

अर्कोतिर त्यही गोदावरीमा संविधानकै एक खम्बा ठानिएको धर्मनिरपेक्षताको विरुद्धमा हस्ताक्षर अभियान पनि चलिरहेको छ। त्यस्तो अभियान चलाउनेमा कांग्रेसकै नेताहरू छन्। त्यसपछि समर्थन गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले समेत हस्ताक्षर गरिसकेका छन्। केन्द्रीय सदस्यहरू सञ्जय गौतम, नागिना यादव, चन्द्र भण्डारी, पुष्पा भुसाल, दिलेन्द्र बडु, शंकर भण्डारी, डिला संग्रौला, प्रकाश रसाइली स्नेही, देवेन्द्रराज कँडेल, गेहेन्द्र गिरी, इन्द्र बानियाँ लगायतका नेताहरू पनि यही अभियानमा जोडिएका छन्।

418171611_368647549219275_7577980812836774382_n-1708515685.jpg

418635170_921896172858772_5583630975405208547_n-1708515685.jpg

एकातिर संविधानप्रति गर्व पनि गर्ने र अर्कोतिर संविधानको आधारभूत प्रावधान भत्काउन प्रयत्न पनि गर्ने दोहोरो प्रवृत्ति यतिबेला कांग्रेसभित्र देखिएको छ। सम्भवतः त्यसैलाई संकेत गर्दै महामन्त्री गगन थापाले आफ्नो सांगठनिक प्रस्तावमा कटाक्ष गरेका छन्, ‘पार्टीभित्र एकातर्फ इतिहासप्रति गौरव गर्ने अर्कोतर्फ आफ्नै पार्टीको नेतृत्वमा आफैंले लडेर ल्याएको परिवर्तनलाई समेत प्रतिरक्षा गर्ने जाँगर नदेखाइरहेको विचित्रको अवस्थालाई बदल्नुपर्ने छ।’

पछिल्ला दिनमा भण्डारीको नेतृत्वमा हिन्दू राष्ट्रको अभियानले चर्चा पाइरहेको छ। फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा भण्डारीको नेतृत्वमा विशेष पूरक प्रस्ताव पेस गरिएको थियो। केन्द्रीय सदस्य र प्रदेश सभापति समेत २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिनुपर्ने मागसहित सो प्रस्ताव पेस गरेका थिए। प्रस्तावमा सनातन हिन्दू राष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ।

नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किराँत धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको उनीहरुको प्रस्तावमा उल्लेख छ।

नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाभियान पनि गठन गरिएको छ। त्यसमा केही सक्रिय कांग्रेस नेताहरू पनि देखिन्छन्। कतिपयले भने प्राविधिक रुपमा मात्रै कांग्रेसमा देखिन्छन्। उनीहरूले कांग्रेस कार्यकर्ता वा समग्र जनमतको प्रतिनिधित्व गर्छन् वा गर्दैनन् भन्ने अन्योलपूर्ण स्थिति छ।

Ncell 2
Ncell 2
nimb
nimb

अभियानको नेतृत्वकर्ता भण्डारी मुलुकको सदियौंदेखिको वैदिक सनातन, सभ्यता, संस्कृति, धर्मको विरुद्धमा धेरै ठूला षड्यन्त्र योजना बन्दै आएको तर्क गर्छन्। यसकाविरुद्ध व्यापक गतिविधि हुन थालेको उनको तर्क छ। आफूहरूको अभियानको औचित्य खुलाउँदै उनले भने, ‘संसारका अन्य मुलुकमा जस्तै हाम्रो मुलुकमा पनि वैदिक धर्मको संरक्षण, सुरक्षा गर्नु राष्ट्रको दायित्व र जिम्मेवारी हुन्छ। त्यसकारण सबै धर्मको रक्षा हुने गरी मुलुकको मूल धर्मको रक्षा गर्न आवश्यक छ। कांग्रेस जस्तो पार्टीले यसको नेतृत्व गर्नुपर्छ र जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सन्दर्भमा पार्टीभित्र धेरै ठूलो मत छ।’

कांग्रेसभित्र यस किसिमको अभियान चलेको यो पहिलो पटक होइन। २०७५ सालको महासमिति बैठकमा पनि हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यसबेला पनि महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन। यसपटक पनि यो विषय औपचारिक रुपमा प्रवेश गर्न भने पाएन। कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले त्यस किसिमको प्रचार स्वीकार्य नभएको धारणा सार्वजनिक गरेका थिए।

महासमितिस्थल ललितपुरको गोदावरीमा आइतबार भएको पत्रकार सम्मेलनमा विश्वकर्माले भनेका थिए, ‘नेपाली कांग्रेस कुनै पनि एकल विचारको पक्षमा छैन। त्यसैले हामीले बहुलवादमा आधारित बहुदल भन्यौं। एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासन नेपाली कांग्रेसका लागि स्वीकार्य छैन।’

राजनीति विश्लेषक हरि शर्मा विचारको विविधता अनुसार सबैले आफ्ना विचारहरु प्रस्तुत गर्न पाउने बताउँछन्। तर, त्यो विचार संवैधानिक मयार्दाभित्र बसेर व्यक्त हुनुपर्ने उनको भनाइ छ।

Xtrem

Xtrem

‘विचारको विविधता आफ्नो ठाउँमा छँदैछ। सबैले आफ्ना विचारहरु प्रस्तुत गर्न पाउँछन्। तर, संवैधानिक मयार्दाभित्र बसेर गर्नुपर्‍यो नि’, नेपाल लाइभसँग शर्माले भने, ‘त्यो भनेको संविधानको धर्मनिरपेक्षता हटाऊ भन्ने कुरा संविधानको विषय भएकाले संसद्‌मा कुरा गर्नुपर्‍यो। बाहिर कुरा गर्दा त्यसले उच्छृङ्खलता ल्याउँछ।’

यस्तो (हिन्दू राष्ट्रको)  प्रस्तावले नेपालको संविधान र राजनीतिक स्थिरतालाई खलल पुर्‍याउने काम गर्ने उनले बताए। संविधान जनताले बुझेनन् भन्न सकिए पनि सांसद, मन्त्री, विभिन्न समितिमा काम गरेका मानिसहरुले त्यस्तो कुरा गर्नु बिडम्बना भएको शर्माको भनाइ छ।

‘संविधानमाथि जताततैबाट प्रहार भइरहेको बेला संविधान नै परिवर्तन गरौं भन्दै कांग्रेसभित्रै यो विषय आउनु विडम्बना र विरोधाभास हो', शर्मा भन्छन्।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा परराष्ट्रमन्त्री खनाल र महासभाध्यक्ष डा. रहमानबिच भेटवार्ता न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा परराष्ट्रमन्त्री खनालले ८१औँ महासभाको अध्यक्ष पदमा निर्वाचित भ... मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलंकाका समकक्ष... मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
डडेलधुरामा एक प्रहरी जवान मृत फेला मंगलबार, असोज १३, २०८३
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा परराष्ट्रमन्त्री खनाल र महासभाध्यक्ष डा. रहमानबिच भेटवार्ता मंगलबार, असोज १३, २०८३
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्