काठमाडौँ – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ।
सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेस गरेको राजीनामा स्वीकृति गर्ने निर्णय गरेको छ।
यस्तै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको खरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।