• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद, नयाँ अनुभव– १

संसद्‌ र सांसद मैले अपेक्षा गरेजति स्वतन्त्र रहेनछन्: शिशिर खनाल [भिडिओ]

64x64
पुष्पा केसी शुक्रबार, असोज १२, २०८०  २०:००
1140x725

काठमाडौं– प्रतिनिधि सभा भवन बानेश्वरमा भेटिने पुराना नेताहरुले आपसमा भनिरहन्थे-  ‘जनताका समस्या यहाँ (संसद्‌)मा बोलेर भन्दा सरोकारवाला  मन्त्रालयमा पुगेर कर्मचारी भेट्यो भने छिटो काम बन्छ।’

संसद्‌को शक्ति बुझेका, तर आफैंले अनुभव गरिनसकेका शिशिर खनाललाई सुरुमा त्यस्तो कुरा गरेको सुन्दा लाग्थ्यो- यस्तो पनि के भनेको होला? 

झन्डै १ वर्षको संसद्‌ अनुभवपछि उनी ती सांसद्को बोलीमा सहमति जनाउने अवस्थामा आइपुगेका छन्। सिंहदरबारभन्दा बानेश्वर शक्तिशाली बाहिरबाट हेर्दा मात्रै लाग्ने महसुस उनले यो १ वर्षमा गरेका छन्। सार्वभौम संसद्‌भन्दा त्यसैले बनाएको सरकार बलियो देखिनु एउटा नयाँ सांसद्का लागि प्रिय कुरा होइन। तर त्यही अप्रिय अनुभव उनले पटक-पटक महसुस गर्नुपरेको छ। 

उनी भन्छन्, ‘हाम्रो दुर्भाग्य, यति छोटो समयमा संसद्‌मा बोल्नुभन्दा सिंहदरबारमा कर्मचारी भेट्नेहरु सही रहेछन् भन्ने निष्कर्षमा पुग्नुपरेको छ। किनकि सरकारको संसद्‌प्रति जवाफदेहिता निकै कमजोर देखिन्छ।’

तयारी र प्रस्तुति
प्रतिनिधि सभामा उनले फरक-फरक विषयमा आफ्ना धारणा राखिरहेका छन्। विधेयकमाथि पनि आफ्नो दृष्टिकोण राख्न उनी पछि पर्दैनन्। त्यसका लागि उनले तयारी गर्छन्। ‘केही आफ्नो अध्ययन र केही विज्ञसँग छलफल गर्छु। हाम्रो सचिवालयको टिमले पनि सहयोग गर्छ,’ उनले आफ्नो प्रस्तुति दमदार बनाउन गरिने प्रयासबारे भने। 

प्रत्यक्ष निर्वाचित सांसदको हकमा संसद्‌मा उठाउने विषय निर्वाचन क्षेत्रमा परेका समस्याले समेत दिशानिर्देश गर्छ। आफ्नो निर्वाचन क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर परिआउने समस्या उनी त्यहाँ राख्छन्। विशेष गरि शून्य समयमा त्यस्ता कुरा उठाइन्छन्। आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरका राष्ट्रिय मुद्दाहरु विशेष र आकस्मिक समयमा राख्ने गरिएको छ। विषय, बोल्नका लागि तय समय र अवस्थाअनुसारको तयारी उनी त्यहाँ पुग्छन्।

प्रधानमन्त्री र भैंसी जोड्दा विवाद  
उनले संसद्‌मा उठाएका विषय अनेक छन्। कहिले सरकारलाई आफ्नो निर्वाचन क्षेत्रका गुनासो सुनाएका छन्, कहिले विधेयकमाथि आफ्नो अध्ययन, अनुभव र दृष्टिकोण दिएका छन् भने कहिले राष्ट्रिय विषयमा आफू र आफ्नो पार्टीको धारणा प्रस्तुत गरेका छन्।

त्यसमध्ये एउटा विषयले उनलाई विवादमा ल्याइदियो। ‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणको क्रममा हामी चहान्थ्यौं, प्लेन चढेर भर्खर उहाँले नै उद्‌घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवस भैंसी चढेर आएको कुराहरु आए।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनेको एउटा र अर्को पार्टीका सांसद्को बुझाइ अर्को पर्दा विवाद भएको थियो। 

उनले अनुभव सुनाए, ‘मैले नभनेको कुरालाई भन्यो भनेर हठात् प्रतिक्रिया जनाइएको थियो। त्यतिबेला ‘प्रधानमन्त्रीले भनेको कुरा यस्तो सुन्नुपर्‍यो’  भनेको कुरामा माओवादी केन्द्रका साथीहरुले तपाईंले यस्तो भन्नुभयो भनेर विरोध जनाए।’

पहिले कुरा सुनेर, आशय बुझेर र अर्थ केलाएर प्रतिक्रिया नदिइएको महसुस गरे। उनले आफूले नभनेको कुरामा प्रतिक्रिया जनाएको भन्दै ती सांसद्सँग कुरा गरे। स्पष्ट नसुनेरै प्रतिक्रिया जनाएको थाहा पाए। 

‘संसद्‌मा संसारभर नै अलिअलि घोचपेच गर्ने चलन हुन्छ। कसैलाई नहोच्याइकन विषय प्रसंगलाई अर्को ढङ्गले उठान गर्दा विम्बको रुपमा मैले प्रयोग गरेको थिएँ, भारतसँगको एयर रुट र पोखराको विमानस्थलको सम्बन्धमा  कुरा थियो,’ उनले भने। 

त्यसमा उनले दुई किसिमको प्रतिक्रिया पाए। लामो समयदेखि उनलाई चिनेकाहरुले त्यसरी नबोल्नु भएको भए हुन्थ्यो भन्ने शुभेच्छासहितको प्रतिक्रिया दिए। अर्को पक्षले तपाईंको व्यक्तित्व भन्दा फरक कुरा भए पनि सरकारलाई खबरदारी गरिराख्न त्यस्तो गर्नैपर्ने बताए। 

दक्षिण एसियामा अन्य देशको तुलनामा संसद्‌मा हुने घोचपेचबारे नेपालका सञ्चारमाध्यम सामाजिक सञ्जालमा भनिए वा देखिएको जस्तो स्तरमा नपुगेको उनी बताउँछन्। यो मामलामा अन्य देशमा भन्दा नेपाल राम्रो रहेको उनको बुझाइ छ। 

जवाफदेहिताको अभाव
संसद्‌मा विषयवस्तुमा कम छलफल हुने अनुभूति उनलाई भएको छ। संसद्‌मा विस्तुगत भन्दा पनि राजनीतिक लाइनका आधारमा बढी धारणा व्यक्त गरिने गरेको उनले पाएका छन्।  उनको पार्टीले भने विषयमा ज्ञानको आधारमा बोल्ने समय दिएको हुन्छ। त्यसैले आफूहरु अहिलेसम्म विषयवस्तु केन्द्रित हुन खोजीरहेको उनी बताउँछन्।

तर पुराना दलका अभ्यस्त सांसदहरु भने विषयवस्तुमा तयारीभन्दा सिंहदरबार पुगेर हाकिम भेट्ने चाँजोपाँजो मिलाउन बढी व्यस्त रहेको उनी बताउँछन्।  उनी भन्छन्, ‘यसको कारण हो, संसद्‌प्रति सरकारको जवाफदेहिताको अभाव। विशेष, शून्य र आकस्मिक समयमा उठाएका थुप्रै मुद्दाको सही पहिचान, दस्तावेजीकरण र कुन मन्त्रालयले कति सम्बोधन गर्‍यो भन्ने विषयको जानकारी हामीसम्म आइपुगेको पाउँदैनौ। गरेको छ जस्तो पनि लाग्दैन।’

त्यो अर्थमा बरु व्यक्तिगत पहुँच र सम्बन्धका आधारमा मन्त्रालाय अथवा विभागमा भएका व्यक्तिसँगको भेटघाट र छलफलमा सांसदहरु केन्द्रित भएको उनी बताएँछन्। ‘अहिलेको परिपाटीमा संसद्‌मा कुरा उठाएको सन्दर्भमा समाधान निस्किँदैन,’ उनले भने। 

राष्ट्रिय मुद्दामा एउटा पार्टीले मात्रै नभएर सबै विपक्षी दल एकजुट भएर आवाज बुलन्द गर्दा सरकारलाई बढी दबाब सिर्जना हुने उनले बुझेका छन्। तर सामान्यतया व्यक्तिले सांसदका रुपमा बोलेका विषयमा सरकारको जवाफदेहिता एकदमै न्यून देखिएको उनले बताए। संसद्‌मा उठाइएका विषय र भूमिकाले देशमा सोचेजस्तो परिवर्तन ल्याउन सकिन्छ भन्नेमा उनी आशंका गर्छन्। 

सांसदको विवेक पार्टीमा बन्धक
सरकारले ल्याउने बजेट निकै ठूलो विषय हो। त्यसमाथि संसद्‌मा हुने बहस प्रभावकारी हुनुपर्ने उनको भनाइ छ। तर अहिले बजेटमाथिको बहसलाई कर्मकान्डी बनाइएको छ र सांसदहरुले राम्रै सुझाव दिँदा पनि सच्याउने तत्परता सरकारसँग हुँदैन।

‘स्पष्ट रुपमा बजेटका त्रुटि औल्याउँदा पनि सच्याउने प्रयत्न गरिएन। त्यस दृष्टिकोणबाट छलफल अघि बढेको पनि पाइएन। तर सत्ता पक्षले जे छ त्यो ठिक छ भनेर अगाडि बढ्यो। बजेट त्रुटिसहित पास भयो,’ उनले सुनाए। 

संसद्‌ले नै बनाउने सरकार संसद्‌प्रति किन जवाफदेही बन्न नसकेको भन्ने कुराको उनले उत्तर खोजीरहेका छन्। सांसदको बहुमतले सरकार बन्छ र ह्विपका कारण सांसद पार्टीको कब्जामा बस्नुपर्ने हुन्छ। सांसदले आफ्नो विवेक नै पार्टीमा बन्धक राखेजस्तो उनलाई महसुस हुन्छ।  

‘सांसदले रोष्टममा आफ्नो विवेकका आधारमा बोलिराख्छ। तर जतिबेला कुनै विधेयक अथवा छलफलमा भोट नै हाल्नुपर्ने हुन्छ। त्यतिबेला त्यो सांसद सार्वभौम नभइ दलको सामान्य कार्यकर्ता जस्तो हुँदोरहेछ। चित्त नबुझे पनि भोट हाल्नुपर्ने अवस्था आउँदो रहेछ,’ उनले असन्तुष्टि पोखे, ‘हाम्रोमा विधेयक सरकारबाट ड्राफ्ट भएर आउँछ, र संसद्‌मा दर्ता हुन्छ। यदि विधेयक र नीति तथा कार्यक्रम फेल भयो भने सरकारको बहुमत छैन भन्ने देखिन्छ। सरकार नै फेल हुन्छ भन्ने मान्यतामा हामी बस्दा रहेछौं। सरकार नै ढल्छ भन्ने मान्यतामा रहेछ। त्यसैले पार्टी ह्विप लगाइँदो रहेछ। जसकारण हरेक सांसदको विवेकको प्रयोग एकदम कम हुने रहेछ।’ 

उनलाई संसद्‌ आउनुअघि केही विषयमा बाहेक सांसद आफ्नो विवेक प्रयोग गर्ने विषयमा अलि बढी स्वतन्त्रता हुन्छ भन्ने लागेको थियो। ‘जनता र देशको आवश्यकता हेरेर आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्न सक्छ, त्यसले कानुन बलियो बनाउन सक्छौं भन्ने सामान्य विश्वव्यापी अभ्यासको रुपमा मैले बुझेको र पढेको थिएँ। मेरो अपेक्षा पनि त्यो थियो। तर हाम्रो अभ्यासमा संसद्‌ र सांसद त्यति स्वतन्त्र रहेनछन्,’ उनले आफ्नो अनुभूति प्रष्ट राख्दै गए।

उनको छोटो अनुभवले यथास्थितिको संसद्‌ले निकास दिँदैन भन्ने निष्कर्ष निकालेको छ। ह्विपको अभ्यासमा एक हदसम्म परिमार्जन गरेर जानुपर्ने उनले देखेका छन्। उनी भन्छन्, ‘सांसदलाई के विषयमा स्वतन्त्र छोड्ने, केमा ह्विप नलगाउने परिमार्जन गर्नुपर्छ। नत्र त लोकतान्त्रिक व्यवस्थाभन्दा बढी दलको चेपुवामा सांसद परेको देखिन्छ। अनुभवी सांसदको धारणा पनि यस्तै सुनिन्छ।’

भिडिओ

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:००
  • #नयाँ_सांसद_नयाँ_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
रसुवा बाढीबारे छलफल गर्न अर्थ समितिले बोलायो बैठक बुधबार, भदौ २४, २०८३
ग्यास अभावबारे सरकारसँग जवाफ माग्दै संसदीय समिति बुधबार, भदौ २४, २०८३
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी बुधबार, भदौ २४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ २४, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्