• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद, नयाँ अनुभव

संसद्‌को हालत देखेर निराश बनेका नयाँ सांसद

संसद्‌ले त २५ प्रतिशत मात्रै कानुन बनाउने रहेछ: महेश बर्तौला
64x64
पुष्पा केसी बुधबार, पुस १८, २०८०  ०८:५४
1140x725

आफू जन्मिएको मकवानपुरको सुदूर गाउँबाट संसद्‌लाई हेर्दा नेकपा एमालेका सचेतक महेश बर्तौलालाई लाग्थ्यो, ‘देशको नीति निर्माण गर्ने महत्त्वपूर्ण थलो। सम्मानित ठाउँ। संसद्‌को गेट बाहिर हुँदा देश सञ्चालनका लागि नीति, नियम, कानुन संविधान बनाउन सामथ्र्य राख्ने संसद्‌का समग्र पक्ष असाधारण प्रकृतिको हुन्छ होला।’ 

संसद्‌ पुग्नुअघिको बुझाइ एउटा राजनीतिक कार्यकर्ताले देशको संविधान, विधि, विधानले जसरी बुझाएको छ, त्यसरी नै बुझ्थे। तर, संसद्‌भित्र आएपछि भने उनको त्यो बुझाइमा तलमाथि पर्न थालेको छ। पहिलो प्रारम्भिक बुझाइमा कहीँकतै पूर्णता आएर त्यस्तो भएको हो। अर्को संसद्‌ लय, गति, शक्ति र गरिमा कायम गर्न नसक्नुको परिणाम पनि हो। जसले बर्तौलाजस्ता ‘आँखामा देश बनाउने सपना र शरीरमा जनताका लागि केही गर्ने ऊर्जा’ बोकेका सांसदहरुलाई निराश बनाएको छ।

नेपाल लाइभको ‘नयाँ सांसद, नयाँ अनुभव’मा यसपल्ट बर्तौलाले नेपाल लाइभकर्मी पुष्पा केसीसँग आफ्नो संसदीय यात्रा अनुभव साझा गरेका छन्। जसको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं: 

हामीले सुन्थ्यौं–  सांसद भएर यस्तो गरेन, त्यस्तो गरेन। सांसदले त सबै गर्न सक्छ। बाटोघाटो भत्क्यो, पुल पुलेसा बनेका छैनन् भने सोधिन्छ– यहाँबाट जितेको सांसद को  हो? समाजमा कुनै घटना घट्दा खोजिन्छ– सांसद कहाँ छ? के हेरेर बसेको छ? सांसद भएपछि  यति गर्नु पर्दैन? यस्तै प्रश्नहरु सुनेर हुर्केकाले पनि लाग्थ्यो– सबै कुरा सांसदले गर्न सक्छ र सक्ने ठाउँको ऊ सदस्य हो। यथार्थमा धेरै भिन्नता रहेको सांसद बनेपछि अहिले अनुभव गरिरहेको छु।

सत्ता पक्षका सांसदको हकमा पहलकदमीका आधारमा कति काम गर्न सकिन्छ, त्यो परिणामले देखाउला। तर, प्रतिपक्ष सांसदलाई त्यस्तो सुविधा पनि नहुने रहेछ। 

संसद्‌मा जाने सांसद विधायक हो, उसले कानुन निर्माण गर्ने दायित्व हो भन्नेबारेमा जनतालाई बुझाउन सकिएन। र, त्यो चाहेको पनि देखिएन। अहिलेको राजनीतिमा उम्मेदवार भएपछि जसरी पनि जित्नुपर्छ भन्ने देखिन्छ। सांसद मतदातासँग अनेक बाचा गरेर संसद्‌मा पुग्ने गरेका छन्। जुन पूरा गर्ने सामथ्र्य र शक्ति उनीहरुसँग हुँदैन। केही  सांसदले मात्रै संसद्‌मा गएपछि मेरो काम कानुन निर्माण गर्ने हो भनेर मतदातालाई भन्ने गरेका होलान्।  

संसद्‌ पुग्नुअघि मतदातासँग अनेक वाचा गरियो। तर संसद्‌मा गर्नुपर्ने काम भने अर्कै छ। जनताले बिहान उठ्ने बित्तिकै निर्वाचनमा बाचा गरे अनुरुप काम गरिदिन फोन गर्छन्। त्यसमा सरकार र जनताबीच पुलको काम भने सांसदले गर्ने हो। सरकारले ती विषयको ठीक ढङ्गले सम्बोधन नगर्ने बित्तिकै सांसद र जनताकाबीचमा दूरी बढ्न थाल्छ। त्यसले नागरिकमा राजनीतिप्रति वितृष्णा बढाउँछ। त्यसैले निर्वाचनकै बेलामा उम्मेदवारले विधायकको काम कानुन निर्माण गर्ने हो भनेर नागरिकसँग सत्य बोल्न र त्यसबारे बुझाउन जरुरी छ। र, यसले राजनीति पनि शुद्ध हुन्छ। 

संसद्‌‌मा सांसदको काम
संविधानले कानुन बनाउने थलो संसद्‌ नै हो भनेको छ। संसद्‌ले सबै कानुन बनाउँछ भन्ने लागेको थियो। तर, संसद्‌ले जम्मा २५ प्रतिशत मात्रै कानुन बनाउने रहेछ। ७५ प्रतिशत कानुन सरकार, सचिव, कर्मचारीले बनाउने रहेछन्। नीतिगत भ्रष्टाचार त यहीबाट भएको रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

सांसदले ठीक ढङ्गले आफूले गर्नुपर्ने दायित्व निर्वाह नगरेका कारण आफू अनुकुल नियमावली, कार्यादेश, कार्यविधी बनाएर सरकारले जसरी काम गरिरहेको छ त्यसबारे पनि कानुन निर्माण गर्ने सांसदलाई थाहा छैन। किनभने त्यो सांसदले खोज्दै खोज्दैन। त्यो अभ्यास मरेर गयो।

सांसदको ध्यान मन्त्रीमा ! 
सांसदको ध्यान कानुन बनाउनेतर्फ भन्दा कतिबेला सरकार अदल बदल हुन्छ र मन्त्री बन्न पाइन्छ भन्नेतर्फ गएको देखिन्छ। आफ्नो दायित्व के हो भन्नेबारे पनि सांसदले नबुझेको देखिन्छ। सांसदले सबैभन्दा पहिले विधायिकी भूमिका निर्वाह गर्नुपर्‍यो। कानुन निर्माणको अंश अंशमा प्रवेश गरेर काम गर्नुपर्‍यो। 

सरकारले संसद्‌ले दिएको अधिकार भित्र रहेर नियमावली बनाउँछ। तर, संसद्‌ले दिएको अधिकार भित्र रहेर बनाएको नियमावली कस्तो बन्यो भनेर सांसदले खोजी गरेको पाइदैंन।

सम्बन्धित निकायले पनि संसद्‌लाई त्यसबारे जानकारी गराउँदैनन्। सबै कानुन सांसदले बनाउन सक्दैनन्। तर, सरकारलाई संसद्‌ले दिएको अधिकार प्रत्यायोजन व्यवस्थापन अन्तर्गत बनेको कानुन के कति बन्यो? कस्तो बन्यो? कानुनको कार्यान्वयन कसरी भइरहेको छ भन्ने सांसदले अध्ययन गर्नु पर्दैन? त्यसैले विगतमा २५ प्रतिशत कानुन बनाउने सामथ्र्य यो संसद्‌ले राख्ने गरेको रहेछ। अब अधिक भन्दा अधिक कानुन आफैं निर्माण गर्ने ठाउँमा बसेर काम गनुपर्ने छ।  

Xtrem

Xtrem

नयाँ सांसदका चुनौती   
संसद्‌ भनेको विश्वविद्यालय हो। त्यहाँ २०४८ सालदेखि जित्दै आएका सांसददेखि २०७९ मा जितेर आएका सांसद छन्। ३२/३३ वर्षदेखि जित्दै आएका सांसदसँग समेत बसेर काम गर्ने महत्त्वपूर्ण थलो संसद्‌ हो। त्यहाँ सबै सांसदले कति सिक्न सकिन्छ भन्ने हो। अग्रजबाट सिक्ने कुरा भने अलि चुनौतीपूर्ण छ। संसद्‌मा अग्रजको उपस्थिति एकले अर्कोलाइ निषेध गरेको जस्तो पनि देखिन्छ। 

अघिल्लो पुस्ताकै जस्तो प्रभाव पछिल्लो पुस्तामा पर्ने हो कि भन्ने देखिन्छ। जितेर आएका कतिपय सांसदले तत्कालको फाइदा हेरिरहेका छन्, जुन खतरनाक पनि छ। राजनीति गर्ने र सार्वजनिक नीति निर्माण गर्नेले आज मात्रै नहेरी भविष्य पनि हेर्नुपर्छ।

कतिपयले अहिले सांसद भइहालियो पछि के हुने हो भन्ने सोचेर स्टन्टबाजी गरिरहेका छन्, त्यसले नागरिकमा संसद्‌प्रति हेर्ने दृष्टिकोणमा द्विविधा र छायाँ परेको छ।

आइडल संसद्‌
सरकारको उपस्थितिमा संसद्‌को प्रभावकारिता रहन्छ। संसद्‌मार्फत् जति पनि सांसदले उठाएका विषय हुन्छन् ती सरकारसँग जोडिएका हुन्छन्। नीति निर्माणको पाटोमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने संसद्‌ आजको आवश्यकता हो। त्यस्तो संसद्‌ देशले माग गरेको हो। 

सांसदले उठाउने विषय सरकारलाई सुनाउने हो। तर सरकारले सार्वजनिक सरोकार र महत्त्वको विषयलाई बेवास्ता गरेको छ। संसद्‌मा सरकार त आउँछ,  तर ‘गरिनेछ’ भन्छ, काम गर्दैन। यसले संसदीय लोकतन्त्र बलियो हुँदैन कमजोर हुँदै जान्छ। 

संसदीय व्यवस्थाप्रति नागरिकको भरोसा जगाउने जनप्रतिनिधिमुलक संस्थाले निर्वाचित गरेको सरकारमार्फत् हो। त्यसका लागि सरकारले ठीक ढङ्गले काम गर्नुपर्‍यो। नागरिकप्रति जवाफदेही हुनुपर्‍यो। र  संसद्‌बाट सरकार डराओस्। आज संसद्‌बाट सरकार डराउँदैन, छल्न चाहन्छ र असहज महसुस गर्छ।

राजनीतिक यात्रा
२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा मकवानपुरको कालिका माध्यामिक विद्यालयमा प्रारम्भिक कमिटीको अध्यक्ष बनेँ। त्यो नै मेरा लागि एमालेको राजनीतिमा पहिलो खुड्कियो बन्न पुग्यो। त्यसपछि अनेरास्ववियुको मकवानपुर जिल्ला कमिटीको अध्यक्ष हुँदै विभिन्न तह र पदमा रहेर काम गरेँ। त्यतिमात्रै होइन केन्द्रीय सदस्य, सचिव हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी अनेरास्ववियुमा पूरा गरेँ। त्यसपछि भने पार्टीले जिम्मेवारी तोके बमोजिम बागमती प्रदेशको उपसचिव भएँ। प्रतिनिधि सभा निर्वाचनमा एमालेले मकवानपुर क्षेत्र नम्बर २ मा टिकट दियो। र, प्रभावशाली एमालेका पूर्व नेता एवम् अहिले नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गर्दै संसद्‌को नयाँ यात्रा तय गरेँ। 

तर संसद्‌मा पार्टी विभाजन भएकाले अवसर पाएको भन्ने चाहिँ लाग्दैन। तथापि पार्टी नफुटेको भए टिकट नपाउन सक्ने सम्भावनाको प्रश्न गर्ने आधार भने छ। तर पनि नेकपा एमालेले गएको निर्वाचनमा युवाहरुलाई प्रोत्साहन गर्न खोजेको हो। गएको निर्वाचनमा पार्टी भित्र शीर्ष नेताहरु थिए। तर, नेतृत्वमा युवापुस्ताको सुनिश्चितता गर्नुपर्छ भन्ने पार्टीको निर्णयानुसार नै मैले टिकट पाएको हो। अरु जो सुकै भएको भए पनि पार्टीले यही निर्णय गथ्र्यो भन्ने लाग्छ।

स्थापित नेता विरोध खतिवडासँगको प्रतिस्पर्धा 
विरोध खतिवडासँग गठबन्धन दलको साथ र सहयोग थियो। असोज २३ गते नोमिनेसन गर्दै गर्दा उहाँ जितको उत्साहमा हुनुहुन्थ्यो। किनभने उहाँको साथमा गठबन्धन थियो। गठबन्धनले देशको नेतृत्व गरिरहेको थियो। सरकार, प्रशासन उहाँहरुकै हातमा थियो। केही दिन अघिसम्म मन्त्री पनि हुनुहुन्थ्यो।

जनमतको रुपमा हेर्दा पनि स्थानीय तहमा गठबन्धन दलकै वर्चश्व थियो। ६२ वडामध्ये ४३ वडाध्यक्ष गठबन्धन दलकै थिए। ८ पालिकामध्ये ६ पालिकाका मेयर पनि गठबन्धन दलकै थिए। २ पालिकाको अध्यक्ष र १ उपाध्यक्ष भने एमालेका थिए। समग्रमा स्थानीय तहको जनमतलाई आधार मान्दा विरोध खतिवडा २४ देखि २५ हजार मतले अगाडि हुनुहुन्थ्यो। यस्तो पृष्ठभूमिमा मकवानपुरका जनताले एउटा युवा उम्मेदवारलाई हेरे। र एमालेले उपयुक्त उम्मेदवार उभ्याएको छ भन्ने महसुस गरे। विरोध खतिवडालाई जिताएको भए जितेको इतिहासमा थप एक जित थपिने थियो होला। तर मलाई जिताउँदा एउटा युवा राष्ट्रिय राजनीतिमा जन्मियो।

सम्बन्धित सामग्री:

संसद्‌मा आफूले निर्वाह गरेको भूमिकाप्रति आफैं सन्तुष्ट छैनन् कांग्रेस सांसद प्रदीप पौडेल

रुँदै नागरिकता मागिरहेको दृश्यले १५ वर्षकै उमेरमा राजनीति रोजेकी रेखा

सांसदभन्दा त गाउँपालिका उपाध्यक्ष नै ठीक!

संसद्‌ र सांसद मैले अपेक्षा गरेजति स्वतन्त्र रहेनछन्: शिशिर खनाल

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०८:५४
  • #नयाँ_सांसद_नयाँ_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’... मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस विधेयकमाथि समितिमा भएको विस्तृत छलफल, संशोधन प्रक्रिया र सरोकारवालासँगको परामर्शपछि तयार पारिएको प्रतिवेदन आजको बैठकमा सभापति शेरचनल... मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले सरकारलाई प्रश्नहरूको जवाफ दिने विषयमा गम्भीर बन्न आग्रह गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्