• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा आफूले निर्वाह गरेको भूमिकाप्रति आफैं सन्तुष्ट छैनन् कांग्रेस सांसद प्रदीप पौडेल

64x64
पुष्पा केसी शुक्रबार, मंसिर १५, २०८०  १९:५३
1140x725

नेपाली राजनीतिमा प्रदीप पौडेलका विचार संसद्‌ बाहिर हुँदा पनि अभिव्यक्त भइरहेकै हुन्थ्ये। विचारहरु राखिरहँदा उनलाई लाग्थ्यो- संसद्‌ छिर्न पाए त बाहिर उठाइने विषय कार्यान्वयन गराउन सकिन्थ्यो। पौडेल संसद्‌ प्रवेश गरेको एक वर्ष पुगिसकेको छ। तर संसद्‌मा आफूले निर्वाह गरिरहेको भूमिकाप्रति भने आफैं सन्तुष्ट छैनन्।  

उनी सुनाउँछन्, ‘पहिला पनि बाहिर बसेर संसद्‌लाई हेरिरहेका थियौं र संसद्‌सँग सन्तुष्ट थिएनौं। अहिले आफैं उपस्थित हुँदा पनि सन्तुष्ट हुने अवस्था छैन। एक त आफ्नै भूमिकाका बारेमा पनि म सन्तुष्ट छैन। धेरै जानकार र अनुभव भएका कारणले पनि कानुनी र संसदीय व्यवस्थाका आयामहरुका पक्षमा जति काम गर्नुपर्ने थियो त्यति भएको छैन।’ 

संसदीय भूमिकाप्रति सन्तुष्ट नहुनुको अर्को कारण पनि छ पौडेलसँग। त्‍यो के भने, संसद्‌बाट संसद्‌ कसरी चल्ने भन्नेबारेको नियमावली र मिटरब्याज सम्बन्धी कानुन पास गर्नु बाहेक अर्को कुनै विषय पास भएको छैन। 

संसद्‌ले करिब १५० कानुनमध्ये ४९ कानुन त तत्काल बनाउनुपर्नेछ। सम्पत्ति शुद्धीकरण सम्बन्धी विषय धेरै पहिले आएको भए पनि त्यो संसदीय समितिमा पुगेको छ, टुंगोमा पुगेको छैन। बल्लतल्ल शिक्षा विधेयक प्रस्ताव भएको छ। निजामति र प्रहरी विधेयक प्रस्ताव भएको छैन। कानुन बनाउने थलोमा पुगेपछि त्यही काम गर्न नपाउँदा पौडेल खिन्न सुनिए। 

संघीयता प्रभावकारी बनाउन सरकार चुक्यो 
संघीयता प्रभावकारी भएन भनेर बाहिर ब्यापक आलोचना भइरहेको छ। त्यसमा सरकार र संसद्‌को पनि कमजोरी देख्छन् सांसद पौडेल। ‘हामीले नै संघीयता सम्बन्धी कतिपय प्रभावकारी कानुन बनाउन नसकेका कारण प्रभावकारी ढङ्गले संघीयता अगाडि बढ्न नसकेको हो,’ उनले भने। 

संघीयता प्रभावकारी बनाउने गरी सरकार पनि नआएको र संसद्‌मा पनि सत्तापक्ष र प्रतिपक्ष कसैले सशक्त हस्तक्षेप गर्न नसकेको उनको निष्कर्ष छ। एउटा सांसदका रुपमा आफैंले पनि जति गर्न सक्नुपर्ने थियो त्यति गर्न नसकेको पौडेल स्वीकार गर्छन्। 

चाहँदा-चाहँदै काम गर्न सकिएन 
चाहँदा-चाहँदै काम गर्न नसक्नुमा एउटा त अनुभवको कमी भएको पौडेलको अनुभव छ। अर्को, नेपालको अभ्यास सत्तारुढ पार्टीको सांसदले विवेक प्रयोग गर्न हुँदैन भन्ने रहेको उनको बुझाइ छ। 

‘कुनै मन्त्री आएर विधेयक प्रस्ताव गर्‍यो भने सांसदले तल बसेर ताली बजाउनु पर्छ। ह्विप लाग्छ। त्यसैले विषयमा बहस गर्नका लागि खुला नबनाई साघुँरो बनाइएको रहेछ,’ उनले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

एउटै व्यक्ति सबै विषयको विज्ञ हुन नसक्ने भएपछि अरुबाट सुझाव दिनुपर्ने र त्यसबाट सिक्नुपर्ने कतिपय विषय हुन्छन्। कुनै विषयमा ७२ घण्टा भित्र संशोधन पेस गर्नुपर्ने व्यवस्था भएकाले त्यसका लागि स्रोत र समयको पनि अभाव रहेको पौडेलले बताए। 

सबैभन्दा ठूलो कमजोरी सरकारमै देखिएको उनको ठम्याइ छ। सरकारले सांसदलाई फुर्सद नै नहुने गरी विधेयक दर्ता गर्नुपर्ने हो। सरकारले के गर्न खोजेको छ र आफूले गर्न खोजेको कामका लागि कस्तो कानुनी व्यवस्था खोजेको हो, त्यस्ता विधेयक संसद्‌मा निरन्तर लैजानुपर्नेमा जोड दिँदै पौडेल भन्छन्, ‘संसद्‌मा त्यस्ता विधेयक जान सकेनन् भने कार्यकारी सरकारले पनि काम गर्न सक्दैन।’ 

सरकारले दर्ता गराएका विधेयकमाथि नै विवाद 
शिक्षा विधेयक सुरुमा मन्त्रिपरिषद्‌बाट पास भयो। तर संसद्‌मा दर्ता नहुँदै निजी विद्यालय सञ्चालकले विरोध गरे। आन्दोलनको दबाबले जे व्यवस्था गरिएको थियो त्यो फिर्ता भयो। त्यसपछि फेरि मन्त्रिपरिषद्ले पास गरेर शिक्षा विधेयक संसद्‌मा दर्ता गर्‍यो। सबै शिक्षक सडकमा आए। त्यसमा पनि सरकार सम्झौता गर्न बाध्य भयो। 

कुनै पनि विधेयक ल्याउनुअघि सरकारले पहिला सरोकारवाला पक्षसँग छलफल गर्न पौडेल सुझाव दिन्छन्। नेपालमा पाँच हजार मानिस सडकमा गइसकेपछि उनीहरुले जे पनि गर्न सक्छन्, आफूले चाहेको कुरा गराउन सकिन्छ भन्ने भाष्य स्थापित भइरहेको सन्दर्भमा राहत, अस्थायी, स्थायी गरी करिब २ लाख शिक्षक असन्तुष्ट हुने गरी विधेयक ल्याइएको भन्दै उनले आपत्ति जनाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले सम्बन्धित पक्षसँग सोध्दै नसोधी विधेयक ल्याउने गरेको पौडेलको दाबी छ। हरेक विधेयक ल्याउँदा सम्बन्धित क्षेत्रका सरोकारवाला र विज्ञसँगको परामर्श र छलफलबाट ल्याउँदा छिटो पारित हुने र कम विवादास्पद हुने उनी बताउँछन्।

संसद् भित्र ह्विपको असर 
संसदीय व्यवस्थामा ह्विप नमान्ने बढी अभ्यास अमेरिकामा छ। बहुमतका आधारमा पास भएका कतिपय विषयमा पौडेलको असन्तुष्टि छ। कांग्रेसको संसदीय दलले निर्णय गर्ने कतिपय विषयमा व्यक्तिगत रुपमा असहमत भए पनि सरकारका कतिपय विषयमा ह्विप लाग्नु सामान्य हो। तर विवेक प्रयोग गर्ने सन्दर्भमा ह्विप लाग्ने विषय राम्रो नभएको पौडेलको तर्क छ। 

‘शिक्षा विधेयककै उदाहरण लिँदा शिक्षा विधेयकलाई कांग्रेसको संसदीय दलले पास गरेर ल्याएको सन्दर्भमा मेरो असन्तुष्टि भयो भने मैले त्यसलाई प्रस्तुत गर्न पाउनु पर्छ,’ पौडेलले भने। यो सैद्धान्तिक छलफलको विषय भएकाले सरकार टिक्ने र गिर्ने विषयमा प्रभाव नपार्ने उनको तर्क छ।  

सांसदले उठाउने विषयको कार्यान्वयन
सांसदले विषेश, शून्य र आकस्मिक समयमा उठाएका जति पनि विषय छन् ती विषयप्रति छिटो रेस्पोन्स भएको पाइँदैन। रेस्पोन्स हुँदा पनि सतही रुपमा मात्रै भएको छ। कतिपय सन्दर्भमा नेपालको स्रोत-साधन, संरचनागत कमजोरीका कारण पनि सरकारले चाहेर कतिपय कुरा हुँदैनन् होला। तर कतिपय कुरा सरकारले चाहेको जस्तो पनि देखिएको छैन। सांसदले संसद्‌मा कुनै विषय उठाउने बित्तिकै के भएको हो भनेर खोजीनीति हुनुपर्ने हो। त्रुटि भएको रहेछ भने सच्चिनुपर्ने हो। कतिपय मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ नै दिएका छैनन्। 

पौडेलको गुनासो छ, ‘सरकारको मजबुरी स्रोत-साधनको अभाव, संरचनागत त्रुटि, काम गर्नुपर्ने धेरै सूची पनि होला तर सांसदको तर्फबाट संसद्‌मा गएर कुनै विषय उठाइसकेपछि तत्काल रेसपोन्स त हुनुपर्‍यो नि।’ 

संसद्‌ भित्र पुगेपछिको फरकपना 
पौडेललाई बाहिर हुँदा आफूले उठाउन खोजेको विषय उठाउन पाइएन भन्ने लाग्थ्यो। भित्र गएपछि ती विषय आफूले उठाउनसम्म त पाइयो भन्ने लाग्यो। तर बाहिर हुँदा उठेका तर सम्बोधन नभएका जति पनि विषय थिए, भित्र हुँदा उठाएका विषय पनि सम्बोधन नभएको पौडेलको अनुभव छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्