काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भइरहेको छ ।
महाराजगञ्जस्थित देउवा निवासमा पुगेका अध्यक्ष ओली र सभापति देउवाबिच भेटवार्ता भइरहेको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनयता उनीहरुबिचको यो भेटवार्ता पहिलो हो ।
तत्कालीन सरकारका सहयात्री दलका शीर्षनेता ओली र देउवाबिच देशको राजनीतिक तथा समसायिक विषयमा कुराकानी भइरहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी माघ ११ को राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका विषय छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकको केही घण्टाअगागि देउवालाई भेट्न ओली पुगेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।