• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद, नयाँ अनुभव

रुँदै नागरिकता मागिरहेको दृश्यले १५ वर्षकै उमेरमा राजनीति रोजेकी रेखा

64x64
पुष्पा केसी मंगलबार, मंसिर १२, २०८०  ०७:०१
1140x725

मधेसका नागरिकले पहिचानको मागसहित २०४७ सालमा काठमाडौं नै आएर आन्दोलन गरे। हाल जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य रेखा यादव त्यतिबेला जम्मा १५ वर्षकी थिइन्। काठमाडौंको आन्दोलनमा उनी पनि बुवासँगै आएकी थिइन्। र, त्यही आन्दोलनका कारण जेल परिन्। राजनीतिबारे थाहा नभए पनि चासो थियो। पारिवारिक पृष्ठभूमिले उनलाई राजनीति बुझ्ने मौका दियो।

आम नागरिकले रुँदै नागरिकता मागिरहेको दृश्यले यही क्षेत्रमा लागेर लड्न दृढता

यो पनि पढ्नुहोस

सांसदभन्दा त गाउँपालिका उपाध्यक्ष नै ठीक!

दिलायो। रेखाका बुबा मोरङमा २५ वर्ष प्रधानपञ्च भए।  रेखा सम्झिन्छिन्, ‘बुवासँग हिँड्दै गर्दा मैले पहिचान नै ठूलो कुरा भएको अनुभूति गरें। पहिचान भनेको नागरिकताको कुरा हो। आफ्नै देशमा पनि अनागरिक थिए। उनीहरु नागरिकताका लागि मेरो बुवासँग हात जोड्थे। त्यसको लागि गुहार गरेको देखिन्थ्यो। मैले त्यो प्रत्यक्ष रुपमा देख्दा र अनुभूति गर्दै गर्दा मेरो आफ्नै छाती पोलेर आउँथ्यो।’

आफ्नै देशमा नागरिकता दिलाइदिन प्रधानपञ्चसँग हात जोड्दै गर्दा उनीहरुका खुट्टामा जुता चप्पल हुँदैनथ्यो। धोती, गन्जी, च्यातिएको लुगा लगाएर उनीहरु नेपालमै खेति-किसानी  गरिरहेका थिए। देशलाई खाना खुवाइरहेका थिए। तर विडम्बना देशलाई खुवाइरहेकाहरुलाई यो देशले नागरिक मान्न हिचकिचाइरहेको थियो।

रेखाको कलिलो मष्तिस्कमा आफू भएर पनि नभएको जस्तो हुनुमा कति पीडाबोध हुँदो रहेछ भन्ने कुराले डेरा जमाइरह्यो। आफ्नै देशले नचिन्दा कति अपमानजनक लाग्दो हो भन्ने अनुभूतिले उनलाई हरेकपटक झकझकाइरह्यो। उनी त्योबेला सोच्थिन्- अझ आफू भएर राज्यलाई जीवनभर अथवा पुस्तौ पुस्ताले चिनाउन खोजिरहनु तर राज्यले नचिन्दा कति आक्रोश र विद्रोहको ज्वाला फुट्दो हो? 

 

एउटा नागरिकलाई राज्यले तबसम्म चिन्दैन, जबसम्म स्वयं राज्यले तँ यही देशको नागरिक होस् भनेर कागजको टुक्रा दिँदैन। वर्षौं वर्ष तराईमा बसोबास गर्दै आएका तर अझै पनि राज्यले नागरिक भनेर स्वीकार गर्न नसकेकाको जमातमै हुर्किइन् रेखा।

२०४७ सालतिर मधेसमा सद्भावना पार्टीको प्रभाव निकै थियो। त्यसमा रेखाका बुवा पनि थिए। जसको नेतृत्व पनि गजेन्द्रनारायण सिंहले गरेका थिए। सद्भावना पार्टीले नै त्यति बेला नागरिकता नपाएकाहरुलाई सिंहदरबार घेराउ गर्न जानका लागि आह्वान गर्‍यो। त्यहाँ नागरिकता नपाएकाहरुको ठूलो भीड नै लाग्यो। र, त्यो भीडले काठमाडौंमा आन्दोलन गर्दै सिंहदरबार घेराउ गर्‍यो। त्यतिबेला नै रेखाले देखेकी थिइन्, यही देशका नागरिकले नागरिकता नपाउँदाको दुःख, रुवाइ र छटपटी।  

Ncell 2
Ncell 2
nimb
nimb

‘जबसम्म नागरिकताको समस्या समाधान हुँदैन, तबसम्म म लडिरहन्छु भनेर म फेरि गौशालामा आएँ। बुवाले यही आन्दोलनका लागि आएको पहिला सिंहदरबार घेरौं न भनेर भन्नुभयो। त्यहाँबाट हामीले सिंहदरबार घेराउ गर्‍यौं। घेराउका क्रममा धेरै जना सद्भावना पार्टीका नेता कार्यकर्ताहरु पनि पक्राउ परे। सँगै म पनि पक्राउ परें,' उनले स्मरण गरिन्, 'त्यहीँबाट मेरो राजनीतिक चाहना पनि पलायो। अब देश र जनताको लागि मैले केही गर्नुपर्छ भन्ने मनमा पलायो। मैले त्यसैलाई निरन्तरता दिएँ।’ 

२०४७ सालदेखि र त्यो भन्दा अघिदेखिको नागरिकताको समस्या अझै समाधान नभएको देख्दा रेखा अहिले पनि आक्रोशित हुन्छिन्। 

‘तपाईंले अहिले पनि सदनमा हेर्नु भएको होला। यसपालि सदनमा पनि मैले नागरिकताको जति सवाल उठाएँ, त्यो सायदै कसैले उठाउनुभएको छैन होला। मैले हरेकपल्ट नागरिकताको लागि आवाज उठाइरहेकी छु। हामीले त नागरिकता विदेशीलाई देऊ भनेकै होइन नि। तर यहाँ सोचको फरक छ। हामीले विदेशीलाई नागरिकता दिन लाग्यौं भन्ने सोच देखिन्छ,’ रेखाको भनाइ छ, ‘यदि विदेशीलाई नागरिकता दिन्छ भन्ने त्यो दिनका लागि सिफारिस गर्ने र दिने व्यक्तिलाई थुन्नुपर्छ भन्छौं। कडाभन्दा कडा कारबाही पनि गर्नुपर्छ। यो चाहिँ म आफैंले पनि माग गर्छु। तर जो यो देशको नागरिक हो उसले त नागरिकता पाउनुपर्‍यो नि। हाम्रो देशमा एउटा मात्रै आधार नागरिकता बनाइदिएको छ।’ 

नागरिकता बिना त मान्छेको दैनिक जीवनमा असर पर्ने भन्दै नागरिकको पहिचान नभए स्वास्थ्यदेखि शिक्षा लगायत सबै क्षेत्रबाट पाउनुपर्ने सुविधाबाट बञ्चित हुनुपर्ने हुन्छ। नागरिकता भएको व्यक्तिलाई सिमकार्ड निकाल्नसमेत समस्या हुने भन्दै रेखाको प्रश्न छ, ‘हरेक कुरामा नागरिकताले बाँधिएका व्यक्तिहरुलाई बाँच्ने अधिकार त छ नि यो देशमा?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस

संसद्‌ र सांसद मैले अपेक्षा गरेजति स्वतन्त्र रहेनछन्: शिशिर खनाल [भिडिओ]

२०४७ पछि मधेसलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भए पनि नियत 'साफ' नदेखिएको रेखाको अनुभव छ। एउटै भाषा बोल्ने, एउटै भेष लगाउने मात्रै यो देशको नागरिक हो भन्ने मानसिकतामा आज पनि परिवर्तन नदेखिएको उनको गुनासो छ।

‘नेपाली भाषा बोल्दैमा नेपाली हुने हो भने मधेसी, हिन्दी, भोजपुरी, राई, भोटे लगायतका अन्य भाषा बोल्नेहरु नेपाली होइनन्? त्यो भाषा बोल्नेहरु कहाँको हुन्?’, रेखाको प्रश्न छ, ‘धोती, कुर्ता, गम्छा बेर्ने बित्तिकै इन्डियन भनिदिन्छन्। यदि ती इन्डियन हुन् भने नेपालको भू-भागमा यो भू-भाग किन छ त? यो सोच्नु पर्छ कि पर्दैन? यो राज्यले सोच्ने बेला आएको छ। धोती लगाउने बित्तिकै कि त खेद्नुपर्‍यो, होइन भने उसको अधिकार त दिनु पर्‍यो नि। देशलाई नै पाल्ने त्यही मधेसी हो। त्यही भोजपुरी, अवधी, मैथली बोल्नेहरु हुन्।’

राज्यले एउटै भेषभूषा र भाषालाई दिएको मान्यता त्याग्नुपर्ने बताउँदै रेखाले राज्यको दोहोरो चरित्र परिवर्तन हुन जरुरी रहेको बताइन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:०१
  • #नयाँ_सांसद_नयाँ_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्