complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस-७

​​​​​​​जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए

64x64
किशोर दहाल शनिबार, साउन ३०, २०७८  २१:३५
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो- नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने। एउटै उद्देश्यका लागि दुईवटा पार्टी रहिरहनुको खासै औचित्य पनि थिएन। त्यसैले यी दुवै पार्टीले एकता प्रक्रिया अघि बढाए।

दुवै पक्षले आफ्ना वक्तव्यमार्फत् दुवै पार्टीबीच एकता आवश्यक रहेकोमा जोड दिए। सन् १९५० मार्च ९ का दिन दुवै पार्टीका सभापतिहरु मातृकाप्रसाद कोइराला र महेन्द्रविक्रम शाहले संयुक्त प्रेस वक्तव्य सार्वजनिक गर्दै आफूहरु एकताका लागि सहमतिमा पुग्नै लागेको बताए।

‘नेपालमा प्रजातन्त्रको स्थापना गर्ने एक महान् र कठिन कार्य सम्पन्न गर्न प्रजातन्त्रको पक्षमा लडिरहेका शक्तिहरुका बीचमा एकता कायम गर्नु अपरिहार्य भएको छ। वर्तमान नेपालको एकतन्त्रीय शासनलाई समाप्त पारेर प्रजातान्त्रिक पद्धति कायम गर्न राष्ट्रले निकै ठूलो प्रयत्न गर्नुपर्दछ। त्यसका निमित्त आम तवरले आन्दोलन गर्न सबै प्रगतिशील पक्षको एक राष्ट्रिय संगठन बन्न आवश्यक छ। यही आवश्यकताले प्रजातन्त्रको पक्षमा लडिरहेका सबैलाई एक जुट भएर एक शक्तिशाली संगठनको निर्माण गर्न बाध्य गरेको छ। हामी त्यसबारे सहमतिमा पुग्नै लागेका छौं’, वक्तव्यमा भनिएको छ। (नेपाली कांग्रेसः प्रजातन्त्रको स्थापना र विकासमा योगदान, डा बुद्धिप्रसाद भण्डारी)

वक्तव्यमै उल्लेख भए अनुसार सन् १९५० मार्च १५ मा दुवै पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्यो। बैठकले एकीकरणलाई सिद्धान्ततः स्वीकार गर्‍यो। साथै, एकता प्रक्रिया टुंगो लगाउन राष्ट्रिय कांग्रेसले मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गणेशमान सिंह, प्रजातन्त्र कांग्रेसबाट महेन्द्रविक्रम शाह, सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइयो। उनीहरुले एकीकरणको ढाँचा पहिल्याए।

‘हामी अल्मलिएर बस्यौं भने लक्ष्यमा पुग्न विलम्ब हुनेछ र इतिहासको पानामा हामी पनि दोषी ठहरिनेछौँ। हामी जुट्न सकेनौँ भने राणा शासन नै यसबाट लाभान्वित हुनेछ। यही विषयलाई हृदयंगम गरेर हामी एक भएर अगाडि बढ्ने मार्ग प्रशस्त गर्न लागेका हौँ। छिट्टै हाम्रो दुवै दलका प्रतिनिधिहरुको सम्मेलन डाकिनेछ। अब हाम्रो दुवै दलका कार्यकर्ताहरुले एकले अर्कामा विलय भएको ठानेर एकताबद्ध रुपमा काम गर्नुपर्नेछ’, मातृका र महेन्द्रविक्रमले मार्च २७ मा जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

त्यसपछि सन् १९५० अप्रिल ९ (२००६ चैत २७) मा कोलकत्ताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरियो। तीन सय जना प्रतिनिधि सहभागी भएर दुई दिनसम्म चलेको सो सम्मेलनले दुई पार्टी एक भएको र नयाँ नाम ‘नेपाली कांग्रेस’ रहेको घोषणा गर्‍यो।

सोही दिन नेपाली कांग्रेसका पदाधिकारी चयन गरियो। पूर्वसमझदारी अनुसार सभापति मातृकाप्रसाद कोइराला, महेन्द्रविक्रम शाह महामन्त्री चयन भए। त्यस्तै, केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कांग्रेसका तर्फबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी तथा प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र कुँवरकल्लु सिंह नेपाली चयन भए। भट्टराई सहमहामन्त्री र सुवर्ण शमशेर कोषाध्यक्ष भए।

पार्टीको नाम र झण्डाको विषयमा गणेशमान सिंहको अडान रोचक छन्। पार्टी एकताका लागि कुराकानी चलिरहँदा नै यी विषय पेचिलो बनेर आएका थिए। सिंहले पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस नै हुनुपर्ने अडान राखेका थिए। तर, महेन्द्रविक्रमले त्यस्तो नाम राख्दा पार्टी एकता गरेको नभई आफ्नो पार्टीको विलय भएको अर्थ दिने र कार्यकर्ताको भावनामा ठेस लाग्ने बताए। त्यसपछि दुवै पार्टी आफ्नो नाममा रहेको राष्ट्रिय र प्रजातन्त्र हटाउन सहमत भए। तर ‘नेपाली’ र ‘नेपाल’ दुई थरी शब्द कायमै थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सिंहको भनाइ छ- ‘प्रजातन्त्र र राष्ट्रिय शब्द हटाउन सहमति भएपछि ‘नेपाल कांग्रेस’ र ‘नेपाली कांग्रेस’ मध्ये कुन नाम राख्ने भन्ने सवाल उठ्ने नै भयो। सबैजना ‘नेपाल कांग्रेस’ राख्न राजी भएको देखेर मैले भनें- ‘नेपाली कांग्रेस’ राख्नुपर्दछ। भाषाको दृष्टिले पनि नेपाल कांग्रेस हुँदैन, नेपाली कांग्रेस शुद्ध हो, त्यसैले हाम्रो पार्टीको नाउँ नेपाली कांग्रेस राखौं।’ (मेरा कथाका पानाहरु- गणेशमान सिंह) 

उनको आग्रह अन्तिममा सबैले स्वीकार गरे। त्यसपछि पार्टीको नाम त्यही कायम रह्यो।

अर्को विषय हो, झण्डा। नेपाली राष्ट्रिय कांग्रेसको झन्डा (माथि सेतो धर्को, त्यसपछि हरियो र त्यसको तल पहेँलो) नै नेपाली कांग्रेसको झण्डा हुने तय भएको थियो। तर, सम्मेलनमा झण्डाको प्रस्ताव राख्दा नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा (दुईतिर रातो, बीचमा सेतो र त्यसमा चार तारा) नै कायम हुने भयो।

गणेशमान सिंहले यस विषयमा पनि विरोध जनाएका छन्। उनले बीपीलाई यस विषयमा असन्तुष्टि पोखे। बीपीले भने सुवर्ण शमशेरले आफूलाई थर्टिन थियटरको चार तलाभरी चार तारे झण्डा देखाएको र नेपालमा क्रान्ति गर्न भनेर बनाइराखेको तर राष्ट्रिय कांग्रेसको झण्डा सहमति भएकाले त्यही कायम रहेमा पार्टीको लाखौं खर्च गरेर तयार पारेको झण्डा खेर जाने भएको भन्ने दु:खेसो गरेको बताए। त्यसपछि आफू सोही झण्डा कायम गर्न तयार भएको जवाफ दिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस् 

नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै

पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?

पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण

कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  २१:३५
  • #नेपाली_कांग्रेस
  • #इतिहासमा_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्