complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस–३

पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?

64x64
किशोर दहाल शुक्रबार, साउन ८, २०७८  १९:५१
1140x725
टंक प्रसाद आचार्य, तस्वीर– मदन पुरस्कार पुस्तकालय

काठमाडाैं- अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसका मुख्य दुई कमिटी थिए, बनारस कमिटी र कलकत्ता कमिटी। तर, सम्मेलन (महाधिवेशन) कहाँ गर्ने भन्ने विषयमा दुवै कमिटीका आ-आफ्ना मत थिए। ‘अब पार्टी बनाउने कुरा चलेपछि सम्मेलन कहाँ गर्ने भन्ने कुरा उठ्यो। कलकत्तावालाहरुले भने सम्मेलनको खर्च हामी  बेहोर्छौं, त्यसो हुनाले त्यो कलकत्तामा नै हुनुपर्छ। म सम्मेलन बनारसमा नै गर्न चाहन्थें तर, बनारसवालाहरुले खर्च बेहोर्न सक्तैनथे र समर्थ पनि थिएनन्। अन्त्यमा सम्मेलन कलकत्तामा नै गर्ने निश्चय गर्‍यौं’, बीपी कोइरालाले आत्मवृत्तान्तमा लेखेका छन्।

यसैबीच २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा सम्मेलन आयोजना भयो। सम्मेलनको उद्घाउन राममनोहर लोहियाबाट गराउन खोजिएको थियो। तर, अन्तिम समयमा उनी उपस्थित हुन नसक्ने परिस्थिति बन्यो। त्यसैले डिल्लीरमण रेग्मीले सम्मेलनको उद्घाटन गरे। 

उक्त सम्मेलनमा पार्टीको नामका बारेमा ठूलो छलफल भयो। नामका सन्दर्भमा विभिन्न प्रस्तावहरु आए। गणेशमान सिंहले ‘नेपाल एक स्वतन्त्र राष्ट्र हो’ भन्दै ‘अखिल भारतीय राष्ट्रिय कांग्रेस’ नाममा ‘अखिल भारतीय’ भन्ने शब्दको ठूलो विरोध गरे। त्यस्तै, आफू प्रजापरिषद्‌बाट आएको हुनाले उनको मुख्य जोड पार्टीको नाम नेपाल प्रजा परिषद् नै राख्नुपर्छ भन्नेमा थियो। तर, अरुले त्यसलाई स्वीकार गरेनन्।

आफ्नो प्रस्तावमा डी एन प्रधान र गोपाल प्रसाद भट्टराईले मुख्य विरोध जनाएको सिंहको भनाइ छ। उनले ‘मेरो कथाका पानाहरु’ मा लेखेका छन्- ‘मेरो हार्दिक इच्छा थियो– प्रजापरिषद्लाई पुनर्जीवित बनाउने। तर, त्यो त हिंसात्मक पार्टी हो, हामीले अहिंसात्मक आन्दोलन चलाउनुपर्छ, त्यसकारण पहिले नै हिंसात्मक काम गर्ने रुपमा चिनिएको पार्टीको नाम राख्नुहुँदैन भन्ने तर्क आयो। डी एन प्रधान र गोपाल प्रसाद भट्टराईले मुख्य विरोधी भूमिका खेले, अरु धेरैले पनि उनीहरुलाई समर्थन गरेको देखियो।’

सिंहको थप भनाइ छ- ‘विश्वेश्वर प्रसाद कोइराले मलाई एक कुनामा लगी मलाई नामसँग केही मतलव छैन, सिर्फ नेपालमा प्रजातन्त्र आउनुपर्छ। तर, भारतीयहरुको  मन र विश्वास जित्न यसको नाम ‘कांग्रेस’ भन्ने शब्दसँग जोड्नु नै पर्छ भनी सम्झाए। त्यसमा म पनि सहमत भएँ।’ (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस – भाग १ / राजेश गौतम)

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, पार्टीको नामको सन्दर्भमा दोस्रो प्रस्ताव आएको थियो– ‘नेपाल नेसनल कन्फ्रेन्स’। यस सन्दर्भमा सिहंले भनेका छन्- ‘दोस्रो प्रस्ताव आएको थियो– काश्मिरको जस्तै नेपाल नेसनल कन्फ्रेन्स। त्यो प्रस्ताव गोपालप्रसाद, कृष्णप्रसाद भट्टराई लगायत प्रवासी नेपालीहरुका तर्फबाट आएको थियो। प्रस्तावको मैले विरोध गरेँ। मैले तर्क दिएँ कि काश्मिर त भारतको हो, त्यसैको जस्तो नाउँ हामीले पनि राख्यो भने नेपाल पनि भारतकै मातहतको राज्यजस्तो देखिन्छ।’

नेपाल नेसनल कांग्रेस पनि प्रस्ताव आयो। यस सन्दर्भमा पनि गणेशमान सिंह भन्छन्- ‘तेस्रो नाउँ प्रस्तावित भयो– नेपाल नेसनल कांग्रेसको रुपमा। दुईथरी समर्थक र विरोधीहरुको उत्साह, जोश र शक्ति पहिले नै खर्च भइसकेको थियो। थाकेका दुवै थरीले तेस्रो नाउँमा कुनै आपत्ति जनाएनौँ। फलस्वरुप नयाँ पार्टीको नाम– नेपाल राष्ट्रिय कांग्रेस कायम भयो।’

सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरियो। डिल्लीरमण रेग्मीको अध्यक्ष हुने चाहना थियो। तर, उनलाई कसैले प्रस्ताव गरेनन्। ‘नाम सिफारिस मेरो भयो स्वभावतः, किनभने, म नै सबै दौडधुप गरिरहेको थिएँ। गणेशमानजीले दिनुभयो टंकप्रसादजीको नाउँ। मलाई पनि लाग्यो, एउटा सद्‍भावनाको संकेत पनि हुन्छ, जेलमा पनि छन्, बरु म कार्यवाहक अध्यक्ष भइदिउँला। टंकप्रसाद नै अध्यक्ष बनून् भनें मैले पनि र त्यही बमोजिम भयो’, बीपीले आत्मवृत्तान्तमा लेखेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसरी सर्वसम्मतीले टंकप्रसाद आचार्यलाई नै नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सभापति घोषित गरेर सम्मान गरियो। विश्वेश्वरप्रसाद कोइराला त्यसको कार्यवाहक सभापति बनाइए। यसरी टंकप्रसाद आचार्य नेपाल प्रजा परिषद्को सभापति हुँदाहुँदै नेपाली राष्ट्रिय कांग्रेसको पनि सभापति भए। (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस – भाग १ / राजेश गौतम)

सो सम्मेलनले चयन गरेको नेतृत्व यसप्रकार थियो-
सभापति- टंकप्रसाद आचार्य (१९९७ सालदेखि भद्रगोल जेलमा जन्मकैद भोगिरहेका)
कार्यकारी सभापति- विश्वेश्वरप्रसाद कोइराला
महामन्त्री- बालचन्द्र शर्मा
प्रचाराध्यक्ष- डिल्लीरमण रेग्मी
संगठन मन्त्री- कृष्णप्रसाद भट्टराई
कोषाध्यक्ष- देवशंकर लाल श्रेष्ठ
अरु सदस्यहरु- गोपालप्रसाद भट्टराई, रुद्रप्रसाद गिरी, गणेशमान सिंह श्रेष्ठ, डीबी परियार, डीएन प्रधान, सीबी सिंह (नेपालको जनक्रान्ति २००७- भुवनलाल प्रधान)

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाले जनतालाई राणाशाही विरुद्ध संघर्षमा उत्रिन उत्साहित गर्‍यो। पुष्पलाल, जो त्यतिबेला त्यही पार्टीमा संलग्न थिए, लेख्छन्- 'नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाले देशका विभिन्न स्थान र प्रवासमा बसी राणाशाही तथा अंग्रेजी साम्राज्यवादको विरुद्ध अलग-अलग रुपमा विभिन्न स्वार्थ, सिद्धान्त र समझदारी भएका क्रान्तिकारी शक्तिहरुलाई एक सूत्रमा बाँधी तत्कालीन राष्ट्रको साझा दुस्मन राणाशाहीलाई ठूलो हाँक दियो। नेपालको राजनीतिक इतिहासमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक संगठन थियो। तमाम क्रान्तिकारीहरु यसमा सम्मिलित भए तापनि सबैको उद्देश्य समान थिएन।' (नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास)

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्