complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण

64x64
प्रकाश गुरागाईं शुक्रबार, साउन १५, २०७८  २०:४०
1140x725

नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्न १२–१३ माघ २००३ मा भारतको कलकत्ता, भवानीपुरस्थित खालसा हाइस्कुलमा सम्मेलन बोलाइएको थियो। पछि यसैलाई नेपाली कांग्रेसको समेत पहिलो अधिवेशन मानियो। यो सम्मेलनमा पार्टीको नाम, उद्देश्य र नीति तय गर्ने योजना थियो। 

सम्मेलनमा दुई व्यक्तिको उपस्थिति मत्वपूर्ण थियो, काठमाडौंको जेलबाट भागेका नेपाल प्रजापरिषद्का नेता गणेशमान सिंह र भारतीय स्वतन्त्रता संग्राममा भाग लिएर जेलसमेत परिसकेका बीपी कोइराला। सम्मेलनमा गणेशमानको ‘नेपाल–प्रेम’ तथा बीपीको ‘नेपाल र भारत सम्बन्धबारेको ढुलमुले नीति’ बहस र विवादका विषय बनेका थिए।

सम्मेलनमा भाग लिनेहरु धेरैजसो काशी हिन्दू विश्वविद्यालय तथा कलकत्ता विश्वविद्यालयका नेपाली विद्यार्थी र भारतका विभिन्न भागमा बसेका प्रवासी नेपाली थिए। केही व्यक्ति काठमाडौंबाट पनि पुगेका थिए। काठमाडौंबाट जानेमा सूर्यबहादुर भारद्वाज, सुन्दरराज चालिसे, गोविन्दप्रसाद लोहनी, जीवनलाल सत्याल र ईश्वरीप्रसाद शर्मा थिए। वीरगञ्जबाट वीरसुन्दरलाल श्रेष्ठ, महोत्तरीबाट सरोजप्रसाद कोइराला, नरेन्द्र रेग्मी, जनकपुरबाट रुद्रप्रसाद गिरी, पूर्वी नेपालबाट नरेन्द्रकुमार प्रधान, महानन्द सापकोटा पनि सम्मेलनमा भाग लिन पुगेका थिए।

सम्मेलनको उद्घाटन भारतीय समाजवादी नेता डा. राममनोहर लोहियाबाट गराउने योजना थियो। यो योजना बीपी कोइराला र बालचन्द्र शर्माले बनाएका थिए। तर, यसमा गणेशमान सिंहले विरोध जनाए। नेपालीबाटै सम्मेलन उद्घाटन गराउनुपर्ने उनको प्रस्ताव थियो। बंगाल सरकारले धारा १४४ लागू गरेर आवातजावतमा कडाइ गरेपछि डा.लोहिया आउन सकेनन्। अनि त, गणेशमानले भनेजस्तै भयो।

यो पनि पढ्नुहोस्

नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

डिल्लीरमण रेग्मीले झन्डोत्तोलन गरेर पहिलो सम्मेलन उद्घाटन गरे। त्यो झन्डा नेपालको राष्ट्रिय झन्डा नभइ भारतको ‘तिरङ्गा’ थियो। रामहरि जोशीले भने उक्त झन्डा नेपाली राष्ट्रिय कांग्रेसकै झन्डा भएको आफ्नो संस्मरणात्मक पुस्तक नेपालको नोभेम्बर क्रान्तिमा उल्लेख गरेका छन्। तर, त्यति बेला राष्ट्रिय कांग्रेसको झन्डा बनिसकेकै थिएन। सम्मेलनपछि प्रकाशित ‘नेपाली राष्ट्रिय कांग्रेसको उद्घाटन समारोहको विवरण’ नामक पुस्तिकामा ‘राष्ट्रिय पताका’ झन्डोत्तोलन गरिएको उल्लेख छ। उक्त झन्डा भारतको तिरङ्गा नै रहेको इतिहासकार राजेश गौतमले आफ्नो पुस्तकनेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसमा सुन्दरराज चालिसेलाई उद्धृत गर्दै लेखेका छन्।

सम्मेलनको पहिलो चरणमा दलको नामका विषयमा छलफल भएको थियो। अधिवेशनको मूल आयोजक केही महिनाअघि मात्र बनारसमा गठन भएको ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ थियो। सुरुमै यो नाममा गणेशमान सिंहले ठूलो आपत्ति जनाए। नेपाल स्वतन्त्र राष्ट्र भएको भन्दै उनले ‘अखिल भारतीय’ भन्ने शब्दको विरोध गरेका थिए।

उक्त सम्मेलनमा गणेशमान सिंह नेपाल प्रजापरिषद्को नेताका रुपमा सहभागी थिए। त्यसैले उनी प्रजापरिषद्लाई नै निरन्तरता दिएर उक्त पार्टीको संगठन व्यापक बनाउन चाहन्थे। गणेशमान सिंहले आफ्नो आत्मकथा मेरो कथाका पानाहरुमा पनि आफूलाई दलको उद्देश्य र नीतिमा भन्दा नाममा नै बढी चासो रहेको बताएका छन्। त्यसैले उनले प्रजापरिषद्लाई पुनर्जीवित गर्ने प्रस्ताव राखे। तर, बनारसमा पढिरहेका र दार्जिलिङ लगायत क्षेत्रबाट सम्मेलनमा भाग लिएका प्रवासी नेपालीले उनको प्रस्तावको कडा विरोध गरे। यसरी विरोध गर्नेमा गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, डीएन प्रधान लगायत थिए।

प्रजापरिषद् पहिला नै हिंसात्मक गतिविधि गरेको पार्टीका रुपमा चिनिएकाले त्यही नाम राख्न नहुने उनीहरुले अडान लिए। नयाँ पार्टीले अहिंसात्मक आन्दोलन चलाउनुपर्ने उनीहरुको भनाइ थियो। बीपी कोइराला पनि अहिंसात्मक आन्दोलनकै पक्षमा थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

विकल्पमा गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई लगायतले कश्मीरमा खोलिएजस्तै ‘नेसनल कन्फेरेन्स’ नाम राख्ने प्रस्ताव गरे। यो प्रस्ताव राख्नेहरु प्रवासी नेपाली नै थिए। तर, यसमा गणेशमान सिंहले कडा विरोध जनाए। भारतमा भएको जस्तै पार्टीको नाम राख्दा नेपाल पनि भारतकै राज्य जस्तो देखिने उनको तर्क थियो। 

नेसनल कन्फेरेन्स नाम राख्ने प्रस्ताव गर्नेहरुले आफ्नो अडान यथावत् राखे। उनीहरुको तर्क थियो– ‘यो नामले भारत सरकार पनि खुसी हुने हुँदा काम गर्न सजिलो हुन्छ। नाम राख्दैमा कसैको मातहत स्वीकार्नु पर्दैन। नेपालीमा यसको अर्थ सम्मेलन हुने हुनाले सबैलाई समेट्न पनि सकिन्छ।’

यो पनि पढ्नुहोस्

नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै

तर, नेपालको स्वतन्त्रतालाई भारतसँग ‘डाइलुट’ हुने खालको नाम भन्दै गणेशमानले विरोध जारी राखे। प्रजापरिषद् नाम राख्ने आफ्नो प्रस्ताव असफल पारेको बदलामा आफूले यसरी अड्डी कसेर विरोध जनाएको उनले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्। 

गणेशमानको प्रस्तावको बीपी कोइरालाले पनि विरोध जनाएका थिए। नयाँ नाम, नयाँ कार्यक्रम र नयाँ स्फूर्तिका साथ अगाडि जानुपर्ने उनको तर्क थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो सम्मेलनमा भारतमा पढ्न बसेका नेपाली र प्रवासी नेपालीकै बोलवाला थियो। बनारस बस्ने गोपालप्रसाद भट्टराई र कृष्णप्रसाद भट्टराई, नेपाली छात्र संघ बनारसका ईश्वर बराल, काशिराज उपाध्याय, विश्वबन्धु थापा, कलकत्ता विश्वविद्यालयका रामहरि जोशी, जयनारायण गिरी लगायत सम्मेलनमा सहभागी थिए। त्यस्तै, दार्जिलिङबाट देवब्रत (डीबी) परियार, लाक्पा छिरिङ शेर्पा, धर्मनारायण (डीएन) प्रधान, डीएम परियार लगायत थिए। उनीहरु र स्वयम् बीपी पनि भारतसँग सहकार्य गर्ने पक्षमा थिए। 

सम्मेलनको उद्देश्य नै दुई वटा मात्र भएको रामहरि जोशीले उल्लेख गरेका छन्। पहिलो, ‘नेपालमा श्री ५ महाराजाधिराजको वैधानिक अधिनायकत्वमा’ जनताको उत्तरदायी सरकारको स्थापना र दोस्रो, भारतको स्वतन्त्रता संग्राममा उघाउ पुर्‍याउने। तर, गणेशमान नेपालका लागि मात्र काम गर्ने पार्टी बनाउन चाहन्थे। बीपी लगायत प्रवासी नेपालीले यसअघि पनि भारतीय स्वतन्त्रता संग्राममा भाग लिइसकेकाले उनीहरु त्यहाँका समाजवादी तथा कांग्रेस नेतालाई खुसी बनाउन चाहन्थे।

नामका विषयमा विवाद जारी भएपछि बीपीले गणेशमानलाई एउटा कुनामा लगेर आफूलाई नाम जे राखे पनि मतलब नभएको र सिर्फ नेपालमा प्रजातन्त्र आउनुपर्छ भन्नेमा मात्र सरोकार भएको बताए। उनले भारतीयहरुको मन र विश्वास जित्ने नाममा ‘कांग्रेस’ शब्द जोड्नुपर्ने पनि बताए। वास्तवमा ‘कांग्रेस’ शब्दले कन्फेरेन्स नै बुझाउँथ्यो। तर, गणेशमान बीपीसँग सहमत भए। अनि पहिलाकै नाममा ‘अखिल भारतीय’ हटाएर ‘नेपाली राष्ट्रिय कांग्रेस’ नाम राखियो।

त्यसपछि नेतृत्व चयनको समय आयो। गणेशमानले जेलमा रहेका नेपाल प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यलाई नै नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनाउन प्रस्ताव गरे। तर, यसको विरोध भयो। डिल्लीरमण रेग्मीले पनि आफू अध्यक्ष हुनुपर्ने बताएका थिए। रेग्मीको प्रस्तावमा भने कसैले रुची नै देखाएन (आत्मवृत्तान्त, बीपी कोइराला)। अधिकांशको मत बीपी कोइराला नै सभापति हुनुपर्छ भन्ने थियो। तर, गणेशमानले टंकप्रसादलाई नै सभापति बनाउन अडान लिइराखे। यसमा बीपीले लचकता देखाए। उनले भने, ‘म सभापति भएर मात्र पार्टी सक्रियताको साथ अगाडि बढ्ने हैन। सबैको सहयोग प्राप्त भयो भने यसलाई सशक्त गराएर हामी हाम्रो देशमा प्रजातन्त्र स्थापना गर्नेछौं। हामीले योगदानको कदर पनि गर्नुपर्छ। त्यसैले टंकप्रसादजीलाई सभापति बनाएर पनि हामी पार्टीलाई संगठित रूपमा अगाडि बढाउन सक्छौं।’ (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस)

यो पनि पढ्नुहोस्

पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?

बीपीले नै सहमति जनाएपछि टंकप्रसाद आचार्य सभापति भए। उनी नेपालमा एक साथ दुई पार्टीको नेतृत्व गर्ने अहिलेसम्मकै एक मात्र व्यक्ति हुन्। कार्यबाहक सभापति भने बीपीलाई बनाइयो। 

त्यसपछि सम्मेलनमा चार वटा प्रस्ताव पेस भए। डिल्लीरमण रेग्मीले नेपालीले भारतको स्वतन्त्रता संग्राममा सघाउनुपर्ने प्रस्ताव राखे। बालचन्द्र शर्माले प्रजापरिषद्को योगदान र शहीदहरुको सम्मान तथा कुनै निश्चित दिनमा शहीद दिवस मनाउनुपर्ने प्रस्ताव राखे। तेस्रो प्रस्ताव लाम्पा छिरिङ शेर्पाले राखे। फ्रान्सले भियतनाममाथि गरेको अत्याचारको निन्दा गर्ने उनको प्रस्ताव थियो।

चौँथो प्रस्ताव बीपी कोइरालाले राखे। उनले जनआन्दोलनद्वारा प्रजातन्त्र ल्याउने प्रस्ताव पेस गर्दै प्रजापरिषद्का कार्यकर्तालाई पनि गुप्त रुपले काम गर्न छाडेर नपाली राष्ट्रिय कांग्रेसमा आबद्ध हुन आह्वान गरे। यी चारै वटा प्रस्ताव सम्मेलनबाट सर्वसम्मतिले पारित भएको थियो।

सम्मेलनका सभापति बीपी कोइरालाले समापन मन्तव्य दिए। तर, उनको मन्तव्यले सम्मेलन समापन नभइ विवादित बन्यो। मन्तव्यमा उनले नेपाल र भारत दुई देश नभएको बताए।

त्यसपछि सम्मेलनका सभापति बीपी कोइरालाले समापन मन्तव्य दिए। तर, उनको मन्तव्यले सम्मेलन समापन नभइ विवादित बन्यो। मन्तव्यमा उनले नेपाल र भारत दुई देश नभएको बताए। उनले भनेका थिए, ‘वास्तवमा नेपाल र भारत दुई देश हैनन्। के जातीय दृष्टिले, के धार्मिक दृष्टिले, के आर्थिक दृष्टिले, के सबैप्रकारले नेपाल भारतवर्षकै एउटा प्रमुख अंग भएको देखिन्छ। आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरुको चालबाजी मात्र छ।’ (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस)

धर्मरत्न यमीले त आफ्नो पुस्तक नेपालको कुरामा उक्त सम्मेलनको समापन भाषणमा बीपीले नेपाल भारतको एक टुक्रा नै भएको बताएको उल्लेख गरका छन्। उनका अनुसार काठमाडौंबाट गएका प्रतिनिधि गणेशमान सिंह, सुन्दरराज चालिसे, सूर्यबहादुर भारद्वाज र दार्जिलिङका प्रतिनिधि डीबी परियार लगायतले बीपीको भनाइको कडा विरोध जनाएका थिए। बीपीले पनि आफ्नो अडान कायम राखे र उल्टै असहमति प्रकट गर्नेहरुको विरोध गरे। जसले गर्दा विवाद चर्कियो।

दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेनन्। यसको निराकरणका लागि मध्यमार्गी बाटो लिइयो। राणाशासन समाप्त भएपछि यो विषयमा जनमत संग्रह गर्ने र दुवै पक्षले पार्टीमा आफ्नो प्रचार गर्न पाउने सहमति भयो। तर, सम्मेलनपछि बीपीले उक्त प्रस्ताव फिर्ता लिएर नेपाल स्वतन्त्र भएको ‘निधो’ गरेको राजेश गौतमले यमीलाई उधृत गर्दै आफ्नो पुस्तकमा लेखेका छन्। देवशंकरलालसँग रहेको उक्त प्रस्तावसम्बन्धी कागजात पनि गणेशमानमार्फत फिर्ता लिएर बीपीले च्यातेका थिए। (नेपालको कुरा)

दार्जिलिङमा सक्रिय अखिल भारतीय गोर्खा लिगले पनि नेपाली राष्ट्रिय कांग्रेसमाथि भारतीय समाजवादी दलको पछि लाग्ने र नेपाललाई भारतमा मिलाउन चाहने दल भएको प्रचार गरेको थियो। गोर्खा लिगबाट डिबी परियार लगायतका दार्जिलिङबासी नेपाली राष्ट्रिय कांग्रेसमा सहभागी थिए। दुवै संगठनमा भारतका प्रवासी नेपाली संलग्न भएकाले गोर्खा लिगले राष्ट्रिय कांग्रेसलाई प्रतिद्वन्द्वी संगठन मानेको थियो। त्यसमाथि राष्ट्रिय कांग्रेसलाई भारतीय समाजवादी दलको समर्थन थियो। सम्मेलनको भोलिपल्टै नेपाली राष्ट्रिय कांग्रेसका सदस्यहरु भारतीय समाजवादी नेता डा. राममनोहर लोहियालाई भेट्न गएका थिए। राष्ट्रिय कांग्रेसको दुई वटामध्ये दोस्रो उद्देश्य भारतीय स्वतन्त्रता संग्रामलाई सघाउने भन्ने थियो। यी सबै कारण गोर्खा लिगले आरोप लगाउने आधार भेट्टाएको थियो।

त्यति मात्र नभइ नेपाली राष्ट्रिय कांग्रेसको गठनअघि कालिम्पोङमा गोर्खा लिगका अध्यक्ष डम्बरसिंह गुरुङसँग भेट हुँदा बीपी कोइरालाले दक्षिण एसियाको महासंघ बनाउनुपर्ने उल्लेख गरेका थिए। उनले नेपाललाई भारतमा गाभ्ने नभइ भारत, पाकिस्तान, श्रीलंका र नेपाललाई मिलाएर एउटा महासंघ बनाउन सकिने र त्यहाँ सबै देशको आ–आफ्नो अस्तित्व कायम रहने बताएको रामहरि शर्माले उल्लेख गरेका छन्। (नेपालको नोभेम्बर क्रान्ति)

तर, बिस्तारै राष्ट्रिय कांग्रेसको बाटो मोडियो। यो दल नेपाली कांग्रेसमा परिणत भयो र नेपालभित्रको राजनीतिमा सीमित भयो। भारतसम्बन्धी नीतिहरु पनि परिवर्तन भए।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्