• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपा स्थापना दिवस

भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी

64x64
प्रकाश गुरागाईं शुक्रबार, वैशाख ९, २०७९  ०७:११
1140x725

२००३ सालमा भारतमा गठित नेपाली राष्ट्रिय कांग्रेसमा भारतीय समाजवादी दलका नेताको प्रभाव थियो। खासगरी यो पार्टीमा डा. राममनोहर लोहिया, जयप्रकाश नारायण लगायत नेताको प्रभाव रहन्थ्यो। त्यही कारण पुष्पलाल श्रेष्ठ असन्तुष्ट थिए।

२००३ चैतमा विराटनगर जुटमिल्समा भएको आन्दोलनमा भाग लिन पुगेका बीपी कोइराला पक्राउ परेपछि मातृकाप्रसाद कोइराला कार्यवाहक सभापति भए। तर, कांग्रेसले गरेको सत्याग्रहसम्म मात्र पार्टी नेतृत्व गर्ने उनले बताएका थिए। नेपाली राष्ट्रिय कांग्रेसले २००४ जेठ २० मा सत्याग्रह स्थगित गरेपछि मातृकाले कार्यवाहक सभापतिबाट राजीनामा दिए। उक्त पदमा एक वर्षका लागि डिल्लीरमण रेग्मी चुनिए। पार्टी कार्यालय सचिव भने पुष्पलाल भए।

बीपी कोइराला २००४ भदौमा जेलमुक्त भएपछि रेग्मीले उनलाई नेतृत्व हस्तान्तरण गर्न मानेनन्। अनि, नेपाली राष्ट्रिय कांग्रेस दुई टुक्रा भयो। पुष्पलालले डा. रेग्मीलाई साथ दिए। तर, यतिबेलासम्ममा पुष्पलालमा कम्युनिष्ट प्रभाव परिसकेको थियो। (समकालीन इतिहासमा पुष्पलाल, गोविन्द ज्ञवाली, पृष्ठ ३८)

विसं २००० को दशकको सुरुदेखि नै भारतमा बसेर पढाइ र राजनीतिक गतिविधि गरिरहेका केही नेपालीलाई भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को प्रभाव थियो। त्यति बेला चीनमा जनवादी क्रान्ति सम्पन्न भइनसकेको कारण भाकपामा सोभियत कम्युनिष्ट पार्टीको प्रभाव थियो। तर, लेनिन र स्टालिनको कार्यशैलीलाई लिएर समर्थन र विरोधमा बहस हुन्थ्यो। भाकपा नेताहरूसँग सम्पर्कमा रहेका नेपालीमा प्रमुख व्यक्ति केशरजंग रायमाझी र मनमोहन अधिकारी थिए।

भाकपाको सदस्य थिए मनमोहन
मनमोहन अधिकारी पढ्नका लागि बनारस बस्दादेखि नै राजनीतिमा चासो राख्न थालेका थिए। भारतीय राष्ट्रिय कांग्रेसले विसं १९९९ मा भारत छोडो आन्दोलन चलाएको थियो। त्यस आन्दोलनलाई बनारस हिन्दू विश्वविद्यालयका विद्यार्थीले पनि साथ दिए। पहिलो दिनको प्रदर्शनमा तीन जना पक्राउ परे, जसमध्ये दुई जना नेपाली थिए। पक्राउ पर्ने नेपालीमा मनमोहन अधिकारी र गोपालप्रसाद भट्टराई (पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका दाजु) थिए।

यसरी पक्राउ परेका मनमोहनलाई सुरुमा बनारस डिस्ट्रिक्ट जेलमा र पछि बनारस सेन्ट्रल जेलमा राखिएको थियो। सेन्ट्रल जेलमा भाकपाका दुई जना नेता शिवपुजन त्रिपाठी र शिवदानसिंह चौहान पनि थुनिएका थिए। जेलमा नै उनीहरूले मनमोहन अधिकारीलगायतलाई राजनीतिक प्रशिक्षण दिए। यही प्रशिक्षणका कारण मनमोहन मार्क्सवादी विचारबाट प्रभावित भए। उनले जेलबाटै भाकपाको सदस्यता लिए। यसरी नेपालमा कम्युनिष्ट पार्टी नखुल्दै मनमोहन भाकपामार्फत कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए।(मनमोहन अधिकारी नेपाली राजनीतिका ६ दशक, डा. ढाकाराम सापकोटा, पृष्ठ ३८)

भारतको जेलमा बस्दा मनमोहनले भाकपाका नेताहरूसँग नेपालमा पनि कम्युनिष्ट पार्टी खोल्ने सल्लाह गरेका थिए। त्यसैका लागि उनी विराटनगर जुट मिल्समा काम गर्न आएका थिए। उनले जुट मिल्समा कम्युनिष्ट पार्टीको सेल कमिटी पनि बनाएका थिए। (सापकोटा, पृष्ठ ५५) 

जुट मिल्सका मजदुरमाथि शोषण थियो। तलब सुविधा एकदम कम थियो। त्यहाँ ट्रेड युनियनको अधिकारको माग राखी हड्ताल भयो। यो हड्तालको योजनाकार मनमोहन अधिकारी थिए। तर, आन्दोलन सुरु भएपछि गिरिजाप्रसाद कोइराला र ताराणीप्रसाद कोइरालाले तार गरेर पटनामा रहेका बीपी कोइरालालाई नेतृत्वका लागि बोलाए। अनि, मनमोहनले पनि दार्जिलिङबाट कम्युनिष्ट नेता रतनलाल ब्राह्मण (माइला बाजे) लाई बोलाए। उनी भाकपाको बंगाल प्रान्तीय समिति सदस्य थिए। (नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास, भीम रावल, पृष्ठ २४)

Ncell 2
Ncell 2
nimb
nimb

मनमोहन मजदुर आन्दोलनमा कम्युनिष्ट झन्डा प्रयोग गर्न चाहन्थे। तर, बीपी आइपुगेपछि विवाद भयो। उनी भारतीय सोसलिष्ट पार्टीसँग निकट ‘मजदुर सभा’को झन्डा फहराउन चाहन्थे। पछि मनमोहनकै प्रस्तावमा रातो झन्डा बोक्ने सहमति भयो। रानीमा भएको सभामा बीपी, मनमोहन र रतनलाल ब्राह्मणले भाषण गरे। त्यहाँ मनमोहनले कम्युनिष्ट पार्टीको झन्डा फहराउँदै भनेका थिए, ‘हामी कम्युनिष्ट पार्टीका तर्फबाट बोलिरहेका छौँ। यस आन्दोलनमा कम्युनिष्ट पार्टीको पूर्ण समर्थन छ।’ यसरी खुला रूपमा आफूलाई कम्युनिष्ट बताउने पहिलो नेपाली मनमोहन नै थिए। त्यसैले उनलाई ‘नेपालको जेठो कम्युनिष्ट’ भनिन्छ। (मेरो जीवन यात्रा केही सम्झना, भरतमोहन अधिकारी, पुष्ठ १३ र १४)

बीपी कोइरालाले पनि नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुअघि नै मनमोहन कम्युनिष्ट पार्टीको सदस्य भइसकेको उल्लेख गरेका छन्। मनमोहनलाई भारतीय कम्युनिष्ट पार्टीको समर्थन रहेको र रानीको सभामा कम्युनिष्ट पार्टीकै तर्फबाट बोलेको पनि बीपीले बताएका छन्। (गणेशराज शर्मा, आत्मवृत्तान्त, पृष्ठ ४३)

पुष्पलालको भाकपा ‘कनेक्सन’
पुष्पलाल २००५ सालमा नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव हुँदा नै कम्युनष्टि पार्टीबाट प्रभावित भइसकेका थिए। भारतको कलकत्तामा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिइ माक्र्सवादको अध्ययनमा जुटेका थिए। उनले २००५ चैत २३ मा ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरे। यो नेपालीमा प्रकाशित पहिलो माक्र्सवादी रचना थियो। यसको भूमिकामा उनले मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको विराटनगर जुटमिलको आन्दोलनलाई विशेष महत्त्वका साथ उल्लेख गरेका छन्। उनले मनमोहनलाई ‘कम्युनिष्ट नेता’ भएको भूमिकामा लेखेका छन्।

यही बेला केशरजंग रायमाझी अध्ययनरत क्यम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘मार्क्सिस्ट स्टडी सर्कल’ गठन गरे। यो संस्थामा मेडिकल पढ्ने मात्र नभइ अन्य नेपाली पनि सदस्य थिए। रायमाझी सचिव रहेको संस्थामा मनमोहन अधिकारी पनि सदस्य थिए। त्यति बेला रायमाझी भाकपा सम्बद्ध विद्यार्थी फेडेरेसनको सदस्य थिए।

Xtrem

Xtrem

‘मार्क्सिस्ट स्टडी सर्कल’ मा उनीहरू दुई जनासहित पुष्पलाल, हिक्मतसिंह भण्डारी, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की संलग्न थिए। एक वर्षपछि यसको नाम परिवर्तन गरेर ‘प्रोग्रेसिभ स्टडी सर्कल’ राखियो। यसका सचिव रायमाझी थिए। रायमाझीका राजनीतिक गुरु भने रतनलाल ब्राह्मण नै थिए। ‘मार्क्सिस्ट स्टडी सर्कल’को बनारस, दार्जीलिङ र गोरखपुर युनिट खोल्न भाकपाका नेताहरूले नै सहयोग गरेका थिए। (रावल, पृष्ठ २५) 

[पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा भने आफूले नेकपा स्थापना गरिसकेपछि मात्र पार्टीको निर्णय अनुसार ‘मार्क्सिस्ट स्टडी सर्कल’ गठन गरेको उल्लेख गरेका छन्। (पुष्पलाल, पृष्ठ ४०) तर, अन्य स्रोतबाट यसको पुष्टि हुँदैन।]

यो सर्कलको उद्देश्य नेपालीहरूको कम्युनिष्ट पार्टी खोल्नु नै थियो। उता नेपाली राष्ट्रिय कांग्रेस परित्याग गरेका पुष्पलाल भने अन्तराष्ट्रिय कम्युनिष्टहरूको सम्पर्क खोजिरहेका थिए। त्यति बेला रतनलाल जेलमा थिए। पुष्पलालको उनीसँग यसअघि कांग्रेसको एक कार्यक्रमको सिलसिलामा दार्जिलिङमा भेटघाट र चिनजान भएको थियो।

२००६ सालमा भारतका ९६ जना राजनीतिक बन्दीहरू एक साथ रिहा भए। तीमध्ये रतनलाल पनि भएको खबर कलकत्ताको स्टेटम्यान दैनिकले छाप्यो। त्यसपछि पुष्पलालले रतनलाललाई चिठ्ठी लेखे। चिठ्ठी लेखेको एक हप्तामा नै रतनलाल पुष्पलाललाई भेट्न आइपुगे। उनै रतनलालले पुष्पलालको भेट भाकपा पश्चिम बंगालका मन्त्री नृपेन्द्र चक्रवर्तीसँग गराइदिए। (नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, पुष्पलाल, पृष्ठ २७)

नृपेन्द्रले पुष्पलाललाई नेकपा गठनका लागि हौस्याएका थिए। त्यसपछि कम्युनिष्ट पार्टी गठनका लागि पुष्पलालले कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवाददेखि अन्य दस्तावेज लेख्ने काम गरे। नेपालमा भएका साथीभाइसँग पनि सम्पर्क बढाए। यही क्रममा उनका पुराना राजनीतिक सहयात्री गंगालाल हलुवाई कलकत्ता पुगे। (पुष्पलाल, पृष्ठ ३३)

गंगालाल हलुवाईको सम्पर्क भने पहिलादेखि नै भाकपाका नेताहरूसँग थियो। विसं २००० मा गंगालालले बंगाल कम्युनिष्ट पार्टीका महादेव देसाईमार्फत भाकपा नेता पीसी जोशीसँग भेट गरेर एक हप्ता प्रशिक्षणसमेत लिएका थिए। (रावल, पृष्ठ २५)

तर, २००६ सालमा कलकत्ता पुगेका गंगालालसँग कम्युनिष्ट पार्टी स्थापना गर्ने सन्दर्भमा पुष्पलालको कुरा मिलेन। कलकत्ताको मोहन बगानमा रतनलाल ब्राह्मण, हेमाद्री, सुशील चटर्जी जस्ता भारतीय कम्युनिष्ट नेता सम्मिलित बैठकमा पार्टीका नामको सन्दर्भमा पुष्पलाल र गंगालाल हलुवाईबीच विवाद भयो। गंगालाल पार्टीको नाम ‘नेपाल श्रमिक पार्टी’ वा 'मजदुर किसान पार्टी' राख्न चाहन्थे। यसलाई पुष्पलालले अस्वीकार गरे। त्यसपछि गंगालाल नेपाल फर्किए। (रावल, पृष्ठ २०)

पछि, २००८ सालमा उनै गंगालालले माणिकलाल श्रेष्ठलगायतसँग मिलेर नेपाल लाल कम्युनिष्ट पार्टी गठन गरेका थिए।

नेकपाको स्थापना २००६ वैशाख १० (१९४९ अप्रिल २२) मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो। ती भाकपाका सदस्य थिए।

नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए। महासचिव पुष्पलाल आफैँ थिए। यसरी पुष्पलालले काठमाडौँबाट कलकत्ता पुगेका नेवारहरुलाई मात्र समेटेर पार्टी खोलेका थिए। पुष्पलालबाहेक कोही पनि मार्क्सिस्ट स्टडिज सर्कलमा आबद्ध युवा थिएनन्। मोतिदेवीको विषयमा पनि विवाद छ।

मोतिदेवीलाई सदस्य राख्न भाकपा कम्युनष्टि नेता अयोध्या सिंह (भाइसाहेब) को दबाब थियो। मोतिदेवीलाई उनै भाइसाहेबले प्रशिक्षित पनि गरेका थिए। तर, उनी नेकपा स्थापनाको बैठकमा सहभागी नभए पनि पार्टी गतिविधिमा सक्रिय रहेको कारण पुष्पलालले सदस्यमा नाम राखेको बताइन्छ। (रावल, पृष्ठ २१)

भाकपा नेता नेकपाको पोलिट ब्युरोमा
पुष्पलालले २००६ वैशाख १० मा नेकपा गठन गरे पनि यसलाई गोप्य राखिएको थियो। यसलाई एकैपटक २००६ भदौ ३० मा मात्र औपचारिक रूपमा सार्वजनिक गरियो। भदौ ३० मा पार्टी स्थापनाको जानकारी दिँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही पनि थिएनन्। सो दिन घोषित केन्द्रिय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह थिए। महासचिव भने पुष्पलाल नै थिए।

यो समितिमा रहेका अयोध्या सिंह भाकपाका प्रतिनिधि थिए। उनलाई चार सदस्यीय नेकपाको पोलिट ब्युरोमा राखिएको थियो। २००८ सालसम्म उनी त्यही हैसियतमा नेकपामा संलग्न रहे। भाकपाले सिंहलाई मार्क्सवादको प्रशिक्षकका रूपमा पठाएको थियो। (नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास, डा. सुरेन्द्र केसी, पृष्ठ ५६)

त्यसैले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी करिब पाँच महिनामा पुनर्गठन गरेर सार्वजनिक गर्न भाकपाले भूमिका खेलेको स्पष्टै हुन्छ। नेपालका कम्युनिष्ट नेतामा भारतीय कम्युनिष्ट पार्टी र नेताको प्रभाव पछिसम्मै परिरह्यो। भारतको कम्युनिष्ट पार्टीमा सोभियत र चीन लाइनको विवाद भएर फुुट्दा नेकपामा पनि त्यही विवाद र फुुट धेेरैपटक भए।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लामाले आफूले लामो समयदेखि पार्टीमा काम गरेको अनुभवका आधार... मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति, सार्वजनिक नीति तथा प्रत्यायोज... मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्