• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सत्यमोहनको हस्ताक्षर

64x64
प्रकाश गुरागाईं शनिबार, चैत ५, २०७८  ०७:५१
1140x725

काठमाडौं– करिब डेढ वर्षअघि राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको दिन सत्यमोहन जोशीले एक्लो महसुस गरेका थिए। २०७७ भदौ २ गते घिमिरेको निधन भएपछि जोशीलाई फोन गर्दा उनले भनेका थिए, ‘उहाँ मभन्दा ६ महिना जेठो हो। १०० वर्षभन्दा माथिका साहित्यकार दुई जना थियौँ, अब एक्लो भएँ।’

अबको दुई महिनापछि जोशी १०३ वर्षका हुन्छन्। तर, उनको सक्रियता घटेको छैन। र उनी एक्लो पनि छैनन्। शुक्रबार पाटन दरबार संग्राहलयको परिसरमा भएको पुस्तक लोकार्पण कार्यक्रममा उनलाई बधाई र शुभकामना दिन उपस्थित व्यक्तिहरूको भिडले पनि भन्थ्यो– सत्यमोहन एक्ला छैनन्।

आफ्नो पुस्तक विमोचनबाहेकका कार्यक्रममा उपस्थित नहुने केही लेखक, साहित्यकार पनि सत्यमोहनलाई शुभकामना दिन संग्राहलय परिसर पुगेका थिए। तर, यो बेग्लै कुरा हो।

अहिलेको खास कुरा चाहिँ गिरिश गिरीको पुस्तक ‘सत्यमोहन’मा भएको सत्यमोहन जोशीको सुन्दर हस्ताक्षर।

म त्यो हस्ताक्षरका लागि पुस्तक लोकार्पण कार्यक्रममा गएको थिइनँ। न त कुनै लेखकलाई विमोचनपछि पुस्तकमा हस्ताक्षर नै गराउने गरेको छु। म सत्यमोहनका कुरा सुन्न गएको थिएँ।

कार्यक्रमअघि नै पुस्तक किनेँ। कार्यक्रमपछि सत्यमोहनलाई पुस्तकमा हस्ताक्षर गराउनेको घुइँचो नै लाग्यो। साथमा लेखक गिरिश गिरी पनि व्यस्त थिए।

घर फर्किएपछि मैले पुस्तक पल्टाएँ। पुस्तकको पहिलो पानामा नै थियो सत्यमोहनको हस्ताक्षर। 

Ncell 2
Ncell 2

हस्ताक्षर यति सुन्दर थियो कि, मैले धेरै बेर त्यसलाई हेरिरहेँ। १०३ वर्षका वृद्ध हातले कोरेको त्यो हस्ताक्षर तन्नेरीको जस्तै सर्लक्क थियो। हस्ताक्षर हेर्दा वृद्ध भएर हात कामेको वा आँखा धमिलो भएको अनुमान हुँदैन थियो। म किन यस्तो सोचिरहेको छु भने, धेरैलाई लाग्न सक्छ कि त्यति वृद्ध मान्छे आँखा कम देख्दा हुन्, कान कम सुन्दा हुन्, बोली काँपेको होला। अहँ, होइन। सत्यमोहनलाई भेट्दा उनलाई तन्नेरी अनुभव गर्न सकिन्छ।

उनको हस्ताक्षर त्यसको प्रमाण हो।

कार्यक्रम सन्चालक दिलभुषण पाठकले पुस्तक लोकार्पण कार्यक्रमलाई पटक–पटक ‘दुर्लभ’ भनिरहेका थिए। मलाई भने पुस्तकमा भएको हस्ताक्षर ‘दुर्लभ’ भएको सोच आइरहेको छ। यो हस्ताक्षर मेरो पुस्ताले भेट्न पाउनु नै दुर्लभ क्षण हो। किनभने, सत्यमोहन ६५ वर्षको हुँदा बल्ल म जन्मिएको हुँ। मेरो भाइ र भतिज पुस्ताले पनि त्यो हस्ताक्षर पाएको छ।

कार्यक्रममा उनले लामो बोलेनन्। जति बोले, दर्शनका कुरा बोले। इतिहास बोले। र देश बोले।

पछिल्लो समय उनी बिरामी परेर दुई पटक अस्पताल भर्ना भए। त्यसकारण पनि शरीर कमजोर भयो होला। तर, उर्जा उस्तै छ।
उनले आफ्नो मन्तव्य सुरु गरे– ‘म सत्यमोहन जोशी...’

कस्तो सरलपन! उनी परिचित छन्, तर अहम् भाव छैन। उनले सुरुमै आफ्नो नाम भनेर आफ्नो सरल जीवन र सरल सोचको परिचय दिए।

अनि आफू केही समयअघि बिरामी भएर अस्पताल बस्नु परेको बताए। त्यसपछि पुस्तकको कुरा गरे। आफूले आफैँलाई अहिलेसम्म पनि चिन्न नसकेको बताए। आफूलाई चिन्ने प्रयास गर्दा नै यो पुस्तक तयार भएको उनको भनाइ थियो।

‘म भन्थेँ उहाँ (गिरिश गिरी) टिप्नुहुन्थ्यो। उहाँले सत्यमोहन भएर लेख्नुभएको छ। अब यो किताब मेरो भन्ने कि उहाँको!’

उनले इमान्दार भएर भने। उपस्थित स्रोता दर्शकलाई हँसाए। अनि गम्भीर विषय उठान गरे, ‘एक जना मान्छेले हुबहु अर्कै भएर लेख्नु भनेको नेपाली भाषा साहित्यमा एउटा अलगधारको कृति देखा परेको छ।’

जुरेली दर्शन नयाँ, बाँकी सबै साधारण कुरा!
के खायो के लायो होला
वनको जुरेली चरोले

सत्यमोहनले संकलन गरेको लोकगीतको एउटा लाइन हो यो। यही लाइनबाट उनले ‘जुरेली दर्शन’ प्रतिपादन गरे। अनि पुस्तक लोकार्पण कार्यक्रममा भने, ‘अरु त सबै साधारण थाहा पाएकै कुरा हुन्, जुरेली दर्शन चाहिँ नयाँ छ।’ (यद्यपि, अरु कुरा पनि साधारण छैनन्।)

सत्यमोहनले २००१ सालमा त्रिचन्द्रमा पढ्दापढ्दै पहिलोपटक काठमाडौं छाडेका थिए। उनी तनहुँ र लमजुङको ‘सर्भेयर’ भएर गएका थिए। त्यति बेलैदेखि गाउँघर घुम्ने बानी परेका उनले जुरेलीको पनि अध्ययन गरे। जुरेलीसँग प्रभावित हुँदै गए। अनि त सपनामा पनि जुरेली नै देखे।

‘अन्ततः निःस्तब्ध मौनता र चकमन्न शून्यताको रातमा मैले एउटा अनौठो सपना देखेँ। त्यस बेला मेरा दुवै आँखा बन्द नै थिए तर मेरो तेस्रो अदृश्य आँखाले त्यस बेला एउटा जुरेली चरो मेरो सामुन्ने नै उफ्रीउफ्री, नाचीनाची आफ्ना पुर्खाले गाउँदै आएको उही लोकगीत, उही भाका र ताल–सुरमा गाइरहेको मैले चाल पाएँ अनि म झसङ्ग भएर बिउँझिहालेँ।’ उनले किताबको सुरुवातमै भनेका छन्, ‘केही दिनपछि दिउँसै झलमल्ल घाम लागिरहेको बेलामा मेरै घरको आँगन अघिल्तिरको हलुवावेदको बोटमा एउटा जुरेली चरो देखापर्‍यो। त्यसले पनि त्यति बेला आफ्नै पुख्र्यौली लोकगीतलाई आफ्नै भाका र ताल–सुरमा गुञ्जायमान गरेर गाइरहेको, उफ्रीउफ्री नाचिरहेको देखेँ।’

यसरी सुरु भएको थियो उनको जुरेली दर्शन।

उनले जुरेलीको अनेक रूपलाई ‘शून्यतामा नै रुपान्तरण हुने शून्य’ भनेका छन्। उनको दर्शन सरल छ, पुस्तकको गाताको पछाडि भागमा लेखेका छन्। ‘जस्तै परिस्थितिमा पनि चिन्ता नलिएर बाँच्ने, जे छ त्यसैमा रमाउने अनि बाँचुन्जेल कर्म गर्दै जाने।’

गिरीश गिरीले लेखेको पुस्तक उनको जीवनीको दोस्रो पुस्तक हो। पहिलो पटक कवि अनिल पौडेलले सत्यमोहनको जीवनी लेखेका थिए। त्यस पुस्तकको नाम नै पौडेलले ‘जुरेली दर्शन’ राखेका छन्। दुई वर्षअघि प्रकाशित उक्त पुस्तक भने प्रथम पुरुषमा नभइ तृतीय पुरुषमा लेखिएको छ।

फेरि कार्यक्रमकै कुरा।

सत्यमोहनले लोकसंस्कृतिबारे बोलेनन् भने सायद अपूरो हुन्छ। उनले यति बोले, ‘लोक संस्कृतिले एकता ल्याउँछ। यसलाई हेला गरेर समावेशी हुँदैन, झगडा हुन्छ।’ लोक संस्कृतिमा धेरै काम हुन नसकेको भनेर उनले असन्तुष्टि पनि पोखे।

सत्यमोहनले ‘साधारण’ मानेका असाधारण काम
सत्यमोहन आफूले जीवनमा गरेका कामहरूलाई ‘साधारण’ मान्छन्। तर, पुस्तकको विषय सूचीबाट थाहा हुन्छ कि उनले असाधारण काम गरेका छन्। लोकसंस्कृति मात्र होइन, भूगोल, इतिहास, कला, पुरातत्वलगायत क्षेत्रमा योगदान दिएका छन्। धेरैमा त उनी ‘पायोनियर’ नै भएका छन्। त्यसैले त तीन पटकसम्म मदन पुरस्कार पाउने एक्ला व्यक्ति भए।

सांस्कृतिक संस्थान स्थापना गर्ने उनी नै हुन्। पुरातत्व विभागका पहिलो निर्देशक हुन्। भक्तपुरमा राष्ट्रिय कला संग्रहालय उनैले स्थापना गरेका हुन्। पोखराको महेन्द्र गुफा उनैले पत्ता लगाएका थिए। उनी न्यूजिल्यान्ड पुग्ने पहिलो नेपाली हुन्। राजा महाराजाबाहेक जीवित छँदै हुलाक टिकटमा फोटो र नाम अंकित हुने उनी पहिलो सर्वसाधारण हुन्। उनका तस्बिर अंकित मुद्रा निकालिएका छन्। यस्ता धेरै परिचय र विशेषता उनको नामको अघि लगाउन सकिन्छ।

उनले १९९० सालको भूकम्प अनुभव गरे। सात सालको क्रान्तिको बेला उनी सरकारी जागिरे थिए। नेपालको पहिलो नक्सा २०१४ सालमा उनकै नेतृत्वमा तयार भएको थियो। नेपाली कलाकार अरनिकोको आधिकारिक रूपमा खोजी गर्ने पनि उनी नै हुन्। उनी प्रज्ञा प्रतिष्ठानमा रहँदा नै अहिले चल्तीमा रहेको नेपाली शब्दकोश तयार भएको थियो।

फेरि पनि हस्ताक्षरकै सन्दर्भ
गिरीश गिरी समाचार र फिचरमा स्थापित नाम हो। यसअघि लेखिएको उनको पुस्तक ‘वीरगञ्ज’ले पनि चर्चा पाएको थियो। वीरगञ्जजस्तो फरक भूगोल र संस्कृतिमा भिजेका पत्रकार गिरीले सत्यमोहनबारे पुस्तक लेख्नुको सन्दर्भ पनि गजब रहेछ।

उनको मावली हजुरआमा ललितपुर तुयुँलाकु टोलकी रैथाने। उनको बाल्यकालका कतिपय समय त्यही टोलमा बितेको रहेछ। अनि त्यही घरबाट करिब ३० कदम टाढा सत्यमोहनको घर पर्दोरहेछ। उनलाई सत्यमोहनबारे थाहा नहुने विषय नै भएन।

त्यसपछि सेतोपाटी अनलाइनमा उनले सत्यमोहनका संस्मरण लेखेर छाप्न थाले। पछि देशसंचारमा काम गर्न थालेपछि पनि त्यसलाई निरन्तरता दिए। तर, पुस्तक नै लेख्ने संयोग भने कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’ले जुराएको रहेछ।

नगरकोटीको पुस्तक सत्यमोहनलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेछ। नगरकोटी र बुकहिलका भूपेन्द्र खड्कालाई लिएर उनै गिरी सत्यमोहनको घर पुगे। त्यस बेला भूपेन्द्रले सत्यमोहनका पुराना पुस्तक ‘रिप्रिन्ट’ गर्ने प्रस्ताव राखे। तर, उनले आफ्नो अर्कै इच्छा व्यक्त गरे, ‘पुराना पुस्तकभन्दा पनि गिरीशजीले लेखेको मेरो जीवनी त्यो पुस्तक हेर्ने चाहना छ।’

अनि सुरु भयो पुस्तक लेखनको म्याराथन। करिब सात महिनामा पुस्तक सकाएर पाठकको हातमा पुर्‍याउन लेखक गिरी र प्रकाशक खड्का सफल भए। हामीले सत्यमोहनको अद्भूत जीवनी र सुन्दर तथा दुर्लभ हस्ताक्षर पायौँ।


तस्बिरहरु: निमेषजंग राई

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा शनिबार, फागुन २, २०८२
एपीएफ अस्पतालले मनायो २४ औँ वार्षिकोत्सव शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्