• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
64x64
प्रकाश गुरागाईं बिहीबार, चैत १७, २०७८  १८:५६
1140x725

काठमाडौं– नेपालले बंगलादेशमा भएको विश्वकपमा हङकङविरुद्ध पहिलो टी२० अन्तर्राष्ट्रिय खेलेको थियो। २०१४ मार्च १६ मा भएको उक्त खेलमा नेपालले ८० रनको जित हात पारेको थियो। त्यसको आठ वर्षपछि खेलेको ५०औँ टी२० आईमा पनि नेपालले जितको खुसियाली मनाएको छ।

तर, पहिलो टी२० आई खेलेको उक्त टीमका एक सदस्य सोमपाल कामी मात्र अहिले टी२० राष्ट्रिय टिममा छन्। त्यस बेला विश्वकपको पहिलो खेलमा ब्याटिङको अवसर नपाएका सोमपालले बलिङमा २ विकेट लिएका थिए।

पहिलो टी२० आईको नेतृत्व पारस खड्काले गरेका थिए। उनले ४१ रन बनाउनुका साथै १ विकेट पनि लिएका थिए। उपकप्तान रहेका ज्ञानेन्द्र मल्लले ४८ रन बनाएका थिए। उनी नेपालबाट सबैभन्दा बढी टी२० आई खेल्ने खेलाडी हुन्। उनले ४० खेल खेल्दै ७४८ रन बनाएका छन्। त्यसपछि बढी खेल खेल्नेमा वर्तमान कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन्। उनीहरूले ३७ खेल खेलेका छन्। पारस खड्काले भने ३३ टी२० आई खेलेपछि सन्यास लिएका थिए।

नेपाल सन् २०१४ मा विश्वकपका लागि छनौट भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी२० आईको मान्यता दिएको थियो। नेपालले यस मान्यतालाई कायम राख्न भने सकेन। सन् २०१६ को विश्वकप टी२० मा छनौट हुन असफल भएपछि २०१५ जुलाईमा टी२० आईको मान्यता गुमायो। तर, आईसीसीले आफ्ना सदस्य राष्ट्रबीचको सबै टी२० लाई टी२० आईको मान्यता दिने निर्णय गरेपछि सन् २०१८ मा नेपाललाई पनि त्यसको फाइदा पुगेको हो।

आठ वर्षमा छुटेको 'पारसको पुस्ता'
नेपालले सन् २०१४ मा विश्वकप खेल्न १५ सदस्यीय राष्ट्रिय टिमलाई बंगलादेश पठाएको थियो। त्यस टिममा रहेका ६ खेलाडीले कि सन्यास लिएका छन्, कि त विदेशिएका छन्। आठ जनाले कम्तीमा राष्ट्रिय प्रतियोगितासम्मको क्रिकेट खेलिरहेका छन्। एकदिवसीय वा टी२० स्वरूपको राष्ट्रिय टोलीमा सोमपाल मात्र छन्। 

उक्त टोलीमा कप्तान पारस, ज्ञानेन्द्र र सोमपालबाहेक प्रदीप ऐरी, विनोद भण्डारी, अमृत भट्टराई, नरेश बुढाएर, शक्ति गौचन, सुवास खकुरेल, अनिल मण्डल, जितेन्द्र मुखिया, वसन्त रेग्मी, सागर पुन, शरद भेषवाकर र राहुल विक थिए। पारस र शक्तिले क्रिकेटबाट सन्यास लिएका छन्। अमृत, नरेश, वसन्त र राहुल विदेशिएका छन्। उनीहरु राष्ट्रिय टिममा पर्न छाडेको धेरेै भयो। यही महिना दुबईमा विश्वकप क्रिकेट लिग २ खेलेर फर्किपछि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई पनि ओडीआई र टी२० दुवै टिमबाट बाहिर राखिएको छ। ज्ञानेन्द्रलाई पहिलो पटक ओडीआई टीमबाट बाहिर राखेपछि उनको क्रिकेट भविष्य संकटमा परेको अनुमान गर्न थालिएको छ।

जितेन्द्र मुखियालाई गएको फेब्रुअरीमा दुबईमा भएको विश्वकप टी२० क्रिकेटको छनौट प्रतियोगिता यता टिममा स्थान दिइएको छैन। शरद भेषवाकरलाई पनि त्यसअघि ओमानमा भएको चार देशीय टी२० श्रृङ्खला यता टिममा राखिएको छैन। प्रदीप ऐरीले त्यही प्रतियोगितामा ओमानविरुद्ध मौका पाएका थिए। तर, ४ रनमा बाहिरिएपछि फेरि मौका पाएनन्। बरु टिमबाटै बाहिरिए।

यसबाहेक, अनिल मण्डल र सागर पुन घरेलु प्रतियोगतामा पनि देखिन छाडेका छन्। क्रिकेट खेलिरहेका सुवास खकुरेलको राष्ट्रिय टिममा 'कमब्याक' हुने संभावना कम छ। यसरी सन् २०१४ मा पहिलो टी२०आई खेलेको सिंगो पुस्ता नै क्रिकेटबाट क्रमशः बाहिरिन थालेको छ। 

तीन कप्तान : को सफल?
नेपालले ५०औँ खेल पूरा गर्दा २८ मा जित निकालेको छ। त्यसैगरी २१ खेल हारेको छ भने एउटा नतिजाविहीन भएको छ। 

नेपालले खेलेका देशमध्ये अहिलेसम्म बंगलादेश, आयरल्यान्ड, जिम्बाब्बे र कतारलाई जित्न सकेको छैन। बंगलादेश र कतारसँग एकएक वटा र बाँकीसँग दुईदुई वटा खेल खेलेको छ। त्यस्तै नेपालले भुटान, माल्दिभ्स, क्यानडा, कुवेत, अफगानिस्तान, फिलिपिन्स र थाइल्यान्डसँग हारेको छैन। यीमध्ये माल्दिभ्ससँग दुई र बाँकीसँग एकएक खेल मात्र खेलेको हो।

नेपालले सबैभन्दा धेरै टी२० आई नेदरल्यान्ड्ससँग खेलेको छ। नौ खेल खेल्दा जित र हार ४–४ छ भने एउटा खेलमा नतिजा आएको छैन। दोस्रोमा बढी मलेसियाविरुद्ध खेलेको छ। मलेसियाविरुद्ध सात खेल खेल्दा ६ वटामा जित हासिल गरेको छ।

अहिलेसम्म तीन जनाले नेपालका लागि कप्तानी गरेका छन्। पहिलो कप्तान पारस खड्का थिए। उनले जम्मा २७ खेलमा कप्तानी गर्दा ११ जित हासिल गरेका थिए। उनकै कप्तानीमा नेपालले विश्वकप टी२० खेलेको थियो। जसमा दुई जित र एक हार भएको थियो।

त्यसपछि ज्ञानेन्द्र मल्ल कप्तान भए। उनले १२ खेलमा कप्तानी गर्दा नौ वटामा जित दिलाए। ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीपलाई नियुक्त गरेपछि नेपालले ११ वटा टी२० आई खेलिसकेको छ। तीमध्ये नेपालले आठ वटामा जित हात पारेको छ। तर, सन्दीपको कप्तानीमा गएको फेब्रुअरीमा भएको विश्वकप टी२० छनौट खेलमा भने नेपाल अन्तिम खुड्किलोमा गएर युएईसँग चुकेको थियो।

नेपालका तीन शतक, दीपेन्द्र बने सर्वाधिक रनकर्ता
टी२० आईमा शतक प्रहारलाई दुर्लभ मानिन्छ। नेपाल र पीएनजीबीचको आजको टी२० आई १५००औँ हो। १५ सय खेलमा जम्मा ७७ वटा शतक बनेका छन्। ६३ जनाले शतक प्रहार गरेका छन्। भारतका रोहित शर्माको नाममा चार वटा शतक छन् भने ग्लेन म्याक्सवेल र कोलिन मुनरोका नाममा पनि तीनतीन वटा शतक छन्। नेपालका तीन ब्याट्स्म्यानले यो दुर्लभ सफलता हात पारेका छन्।

पारस खड्काले २०१९ सेप्टेम्बर २८ मा सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए। टी२० आईमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली ब्याटर हुन्। त्यसयता अरु दुई ब्याटरले पनि शतक प्रहार गरेका छन्। कुशल भुर्तेलले यही वर्ष फेब्रुअरी १४ मा फिलिपिन्सविरुद्ध शतक प्रहार गरे। उनी टी२०आईमा नेपालका तर्फबाट सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन्। उनले पाँच अर्धशतक बनाएका छन्। १६ खेल खेलेका कुशलले अहिलेसम्म ५३६ रन बनाएका छन्।

अर्को शतक ज्ञानेन्द्र मल्लको नाममा छ। उनले २०१९ डिसेम्बर ५ मा भुटानविरुद्ध शतक बनाएका थिए। उनको नाममा एक शतक र एक अर्धशतक छन्। 

टी२० आईमा नेपालको तर्फबाट सबैभन्दा बढी रन बनाउने ब्याटर भने दीपेन्द्रसिंह ऐरी हुन्। दीपेन्द्रले ३७ खेलमा ८६९ रन बनाएका छन्। उनका नाममा चार अर्धशतक छन्। उनले सबैभन्दा बढी रन बनाउने पारस खड्काको कीर्तिमानलाई उछिनेका हुन्। पारसका नाममा ७९९ रन छ। उनले ३३ खेल खेलेका छन्।

५०औँ खेलमा कीर्तिमानै कीर्तिमान
नेपालले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५०औँ टी२० अन्तर्राष्ट्रियको कोशेढुंगा पार गर्दा जितको खुसियाली मनाएको छ। यो खेलमा ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले कीर्तिमानी प्रदर्शन गरेर ५०औँ टी२० आईलाई स्मरणीय बनाए।

यो खेलमा बलर करण केसीले नेपालका तर्फबाट पहिलो पटक ह्याट्रिक विकेट लिए। उनले २०औँ ओभरको दोस्रो, तेस्रो र चौँथो बलमा विकेट लिए। यति मात्र नभइ, उनी एकै खेलमा पाँच विकेट लिने पहिलो बलर पनि भए। उनले २१ रन खर्चेर पाँच विकेट लिने सफलता हात पारे। यसअघि उनको उत्कृष्ट प्रदर्शन ४/१७ थियो।

अहिलेसम्म टी २०आईमा २८ पटक मात्र ह्याट्रिक भएको छ। सबैभन्दा बढी श्रीलंकाका बलरले पाँच पटक यो सफलता हात पारेका छन्। त्यसैगरी, अष्ट्रेलियाका बलरले तीन र पाकिस्तान तथा न्यूजिल्यान्डका बलरले दुई पटक यो उपलब्धि हासिल गरेका छन्।

करणले आजकै खेलबाट टी२०आईमा ५० विकेटको कोशेढुंगा पनि पार गरे। उनले ३६ खेलमा आफ्नो विकेट संख्या ५४ पुर्‍याएका छन्। विश्वका ५१ बलरले मात्र टी२० आईमा ५० वा त्यसभन्दा बढी विकेट लिएका छन्। 

टी२०आईमा नेपालबाट सबैभन्दा बढी विकेट लिने खेलाडी भने सन्दीप लामिछाने हुन्। उनले ३७ खेलमा ६८ विकेट लिएका छन्। टी२०आईमा धेरै विकेट लिने खेलाडीको सूचीमा उनी १७औँ स्थानमा छन्। सबैभन्दा धेरै बंगलादेशका सकिब अल हसनले ९६ खेलमा ११९ विकेट लिएका छन्। सन्दीपले भारतका जसप्रित बुमराह, बेलायतका स्टुआर्ड बोर्ड, न्युजिल्यान्डका ट्रेन्ड बोल्ड, दक्षिण अफ्रिकाका इमरान ताहिर, पाकिस्तानका मोहम्मद हाफिज र मोहम्मद आमिर जस्ता खेलाडीलाई पछि पारेका छन्। यी सबै खेलाडीले सन्दीपले भन्दा धेरै खेल खेलेका छन्।

उनले आजसम्म लगातार २२ वटा टी२०आईमा विकेट लिन सफल भएका छन्। लगातार सबैभन्दा धेरै टी२०आईमा विकेट लिने कीर्तिमान उनको नाममा बनिसकेको छ। टी२० को सफल बलर मानिएका अफगानिस्तानका राशिद खानले १४ खेलसम्म लगातार विकेट लिएको कीर्तिमान बनाएका छन्।

आजैको खेलमा दीपेन्द्रसिंह ऐरी र आदिल खानले टी२० आईमा नेपालका लागि एकै ओभरमा सबैभन्दा धेरै रन बनाउने सफलता पनि हात पारे। उनीहरूले १९औँ ओभरमा ३२ रन जोडेका थिए। उक्त ओभरमा आदिलले तीन र दीपेन्द्रले एक छक्का हानेका थिए।

आदिलले आजकै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन्। उनी टि२० आई खेल्ने ४१औँ नेपाली खेलाडी हुन्। यसअघि यही श्रृङ्खलामा ४०औँ खेलाडीको रूपमा दीलिप नाथले पनि डेब्यु गरेका थिए। आजको खेलमा पनि उनलाई मौका दिइएको थियो। उनले आसिफ सेखको ठाउँमा विकेटकिपिङ गरेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
सत्यमोहनको हस्ताक्षर
सम्बन्धित सामग्री
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार सार्वजनिक सूचीअनुसार ६ खेलाडीलाई रिटेन गरिएको हो । पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ । आइतबार, असार १५, २०८२
प्रसिद्धको शतक र विपिनको ६ विकेटसँगै नेपाल सेमिफाइनलमा एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रममा आइतबार सम्पन्न खेलमा नेपालले इण्डोनेसियामाथि ३ सय ७० रनको विशाल जित हासिल गर्यो। ४ सय २१... आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक टस हारेर पहिला ब्याटिंग गरेको नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १३२ रन बनाए । परिमार्जन यादव २८ बलमा ७१ रन बनाएर आउट भए भने, रौन... आइतबार, असार १५, २०८२
ताजा समाचारसबै
विधेयकको अवस्थाबारे सभामुखले समितिका सभापतिहरूसँग छलफल गर्दै सोमबार, असार १६, २०८२
साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना सोमबार, असार १६, २०८२
उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी सोमबार, असार १६, २०८२
फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै १२ लाख बढिको क्षति सोमबार, असार १६, २०८२
मोहना नदीमा पानीको बाहव बढ्यो, उच्च सतर्क रहन आग्रह सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
प्रसिद्धको शतक र विपिनको ६ विकेटसँगै नेपाल सेमिफाइनलमा आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्