• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता

64x64
प्रकाश गुरागाईं बिहीबार, चैत १७, २०७८  १८:५६
1140x725

काठमाडौं– नेपालले बंगलादेशमा भएको विश्वकपमा हङकङविरुद्ध पहिलो टी२० अन्तर्राष्ट्रिय खेलेको थियो। २०१४ मार्च १६ मा भएको उक्त खेलमा नेपालले ८० रनको जित हात पारेको थियो। त्यसको आठ वर्षपछि खेलेको ५०औँ टी२० आईमा पनि नेपालले जितको खुसियाली मनाएको छ।

तर, पहिलो टी२० आई खेलेको उक्त टीमका एक सदस्य सोमपाल कामी मात्र अहिले टी२० राष्ट्रिय टिममा छन्। त्यस बेला विश्वकपको पहिलो खेलमा ब्याटिङको अवसर नपाएका सोमपालले बलिङमा २ विकेट लिएका थिए।

पहिलो टी२० आईको नेतृत्व पारस खड्काले गरेका थिए। उनले ४१ रन बनाउनुका साथै १ विकेट पनि लिएका थिए। उपकप्तान रहेका ज्ञानेन्द्र मल्लले ४८ रन बनाएका थिए। उनी नेपालबाट सबैभन्दा बढी टी२० आई खेल्ने खेलाडी हुन्। उनले ४० खेल खेल्दै ७४८ रन बनाएका छन्। त्यसपछि बढी खेल खेल्नेमा वर्तमान कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन्। उनीहरूले ३७ खेल खेलेका छन्। पारस खड्काले भने ३३ टी२० आई खेलेपछि सन्यास लिएका थिए।

नेपाल सन् २०१४ मा विश्वकपका लागि छनौट भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी२० आईको मान्यता दिएको थियो। नेपालले यस मान्यतालाई कायम राख्न भने सकेन। सन् २०१६ को विश्वकप टी२० मा छनौट हुन असफल भएपछि २०१५ जुलाईमा टी२० आईको मान्यता गुमायो। तर, आईसीसीले आफ्ना सदस्य राष्ट्रबीचको सबै टी२० लाई टी२० आईको मान्यता दिने निर्णय गरेपछि सन् २०१८ मा नेपाललाई पनि त्यसको फाइदा पुगेको हो।

आठ वर्षमा छुटेको 'पारसको पुस्ता'
नेपालले सन् २०१४ मा विश्वकप खेल्न १५ सदस्यीय राष्ट्रिय टिमलाई बंगलादेश पठाएको थियो। त्यस टिममा रहेका ६ खेलाडीले कि सन्यास लिएका छन्, कि त विदेशिएका छन्। आठ जनाले कम्तीमा राष्ट्रिय प्रतियोगितासम्मको क्रिकेट खेलिरहेका छन्। एकदिवसीय वा टी२० स्वरूपको राष्ट्रिय टोलीमा सोमपाल मात्र छन्। 

उक्त टोलीमा कप्तान पारस, ज्ञानेन्द्र र सोमपालबाहेक प्रदीप ऐरी, विनोद भण्डारी, अमृत भट्टराई, नरेश बुढाएर, शक्ति गौचन, सुवास खकुरेल, अनिल मण्डल, जितेन्द्र मुखिया, वसन्त रेग्मी, सागर पुन, शरद भेषवाकर र राहुल विक थिए। पारस र शक्तिले क्रिकेटबाट सन्यास लिएका छन्। अमृत, नरेश, वसन्त र राहुल विदेशिएका छन्। उनीहरु राष्ट्रिय टिममा पर्न छाडेको धेरेै भयो। यही महिना दुबईमा विश्वकप क्रिकेट लिग २ खेलेर फर्किपछि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई पनि ओडीआई र टी२० दुवै टिमबाट बाहिर राखिएको छ। ज्ञानेन्द्रलाई पहिलो पटक ओडीआई टीमबाट बाहिर राखेपछि उनको क्रिकेट भविष्य संकटमा परेको अनुमान गर्न थालिएको छ।

जितेन्द्र मुखियालाई गएको फेब्रुअरीमा दुबईमा भएको विश्वकप टी२० क्रिकेटको छनौट प्रतियोगिता यता टिममा स्थान दिइएको छैन। शरद भेषवाकरलाई पनि त्यसअघि ओमानमा भएको चार देशीय टी२० श्रृङ्खला यता टिममा राखिएको छैन। प्रदीप ऐरीले त्यही प्रतियोगितामा ओमानविरुद्ध मौका पाएका थिए। तर, ४ रनमा बाहिरिएपछि फेरि मौका पाएनन्। बरु टिमबाटै बाहिरिए।

यसबाहेक, अनिल मण्डल र सागर पुन घरेलु प्रतियोगतामा पनि देखिन छाडेका छन्। क्रिकेट खेलिरहेका सुवास खकुरेलको राष्ट्रिय टिममा 'कमब्याक' हुने संभावना कम छ। यसरी सन् २०१४ मा पहिलो टी२०आई खेलेको सिंगो पुस्ता नै क्रिकेटबाट क्रमशः बाहिरिन थालेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तीन कप्तान : को सफल?
नेपालले ५०औँ खेल पूरा गर्दा २८ मा जित निकालेको छ। त्यसैगरी २१ खेल हारेको छ भने एउटा नतिजाविहीन भएको छ। 

नेपालले खेलेका देशमध्ये अहिलेसम्म बंगलादेश, आयरल्यान्ड, जिम्बाब्बे र कतारलाई जित्न सकेको छैन। बंगलादेश र कतारसँग एकएक वटा र बाँकीसँग दुईदुई वटा खेल खेलेको छ। त्यस्तै नेपालले भुटान, माल्दिभ्स, क्यानडा, कुवेत, अफगानिस्तान, फिलिपिन्स र थाइल्यान्डसँग हारेको छैन। यीमध्ये माल्दिभ्ससँग दुई र बाँकीसँग एकएक खेल मात्र खेलेको हो।

नेपालले सबैभन्दा धेरै टी२० आई नेदरल्यान्ड्ससँग खेलेको छ। नौ खेल खेल्दा जित र हार ४–४ छ भने एउटा खेलमा नतिजा आएको छैन। दोस्रोमा बढी मलेसियाविरुद्ध खेलेको छ। मलेसियाविरुद्ध सात खेल खेल्दा ६ वटामा जित हासिल गरेको छ।

अहिलेसम्म तीन जनाले नेपालका लागि कप्तानी गरेका छन्। पहिलो कप्तान पारस खड्का थिए। उनले जम्मा २७ खेलमा कप्तानी गर्दा ११ जित हासिल गरेका थिए। उनकै कप्तानीमा नेपालले विश्वकप टी२० खेलेको थियो। जसमा दुई जित र एक हार भएको थियो।

Xtrem

Xtrem

त्यसपछि ज्ञानेन्द्र मल्ल कप्तान भए। उनले १२ खेलमा कप्तानी गर्दा नौ वटामा जित दिलाए। ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीपलाई नियुक्त गरेपछि नेपालले ११ वटा टी२० आई खेलिसकेको छ। तीमध्ये नेपालले आठ वटामा जित हात पारेको छ। तर, सन्दीपको कप्तानीमा गएको फेब्रुअरीमा भएको विश्वकप टी२० छनौट खेलमा भने नेपाल अन्तिम खुड्किलोमा गएर युएईसँग चुकेको थियो।

नेपालका तीन शतक, दीपेन्द्र बने सर्वाधिक रनकर्ता
टी२० आईमा शतक प्रहारलाई दुर्लभ मानिन्छ। नेपाल र पीएनजीबीचको आजको टी२० आई १५००औँ हो। १५ सय खेलमा जम्मा ७७ वटा शतक बनेका छन्। ६३ जनाले शतक प्रहार गरेका छन्। भारतका रोहित शर्माको नाममा चार वटा शतक छन् भने ग्लेन म्याक्सवेल र कोलिन मुनरोका नाममा पनि तीनतीन वटा शतक छन्। नेपालका तीन ब्याट्स्म्यानले यो दुर्लभ सफलता हात पारेका छन्।

पारस खड्काले २०१९ सेप्टेम्बर २८ मा सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए। टी२० आईमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली ब्याटर हुन्। त्यसयता अरु दुई ब्याटरले पनि शतक प्रहार गरेका छन्। कुशल भुर्तेलले यही वर्ष फेब्रुअरी १४ मा फिलिपिन्सविरुद्ध शतक प्रहार गरे। उनी टी२०आईमा नेपालका तर्फबाट सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन्। उनले पाँच अर्धशतक बनाएका छन्। १६ खेल खेलेका कुशलले अहिलेसम्म ५३६ रन बनाएका छन्।

अर्को शतक ज्ञानेन्द्र मल्लको नाममा छ। उनले २०१९ डिसेम्बर ५ मा भुटानविरुद्ध शतक बनाएका थिए। उनको नाममा एक शतक र एक अर्धशतक छन्। 

टी२० आईमा नेपालको तर्फबाट सबैभन्दा बढी रन बनाउने ब्याटर भने दीपेन्द्रसिंह ऐरी हुन्। दीपेन्द्रले ३७ खेलमा ८६९ रन बनाएका छन्। उनका नाममा चार अर्धशतक छन्। उनले सबैभन्दा बढी रन बनाउने पारस खड्काको कीर्तिमानलाई उछिनेका हुन्। पारसका नाममा ७९९ रन छ। उनले ३३ खेल खेलेका छन्।

५०औँ खेलमा कीर्तिमानै कीर्तिमान
नेपालले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५०औँ टी२० अन्तर्राष्ट्रियको कोशेढुंगा पार गर्दा जितको खुसियाली मनाएको छ। यो खेलमा ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले कीर्तिमानी प्रदर्शन गरेर ५०औँ टी२० आईलाई स्मरणीय बनाए।

यो खेलमा बलर करण केसीले नेपालका तर्फबाट पहिलो पटक ह्याट्रिक विकेट लिए। उनले २०औँ ओभरको दोस्रो, तेस्रो र चौँथो बलमा विकेट लिए। यति मात्र नभइ, उनी एकै खेलमा पाँच विकेट लिने पहिलो बलर पनि भए। उनले २१ रन खर्चेर पाँच विकेट लिने सफलता हात पारे। यसअघि उनको उत्कृष्ट प्रदर्शन ४/१७ थियो।

अहिलेसम्म टी २०आईमा २८ पटक मात्र ह्याट्रिक भएको छ। सबैभन्दा बढी श्रीलंकाका बलरले पाँच पटक यो सफलता हात पारेका छन्। त्यसैगरी, अष्ट्रेलियाका बलरले तीन र पाकिस्तान तथा न्यूजिल्यान्डका बलरले दुई पटक यो उपलब्धि हासिल गरेका छन्।

करणले आजकै खेलबाट टी२०आईमा ५० विकेटको कोशेढुंगा पनि पार गरे। उनले ३६ खेलमा आफ्नो विकेट संख्या ५४ पुर्‍याएका छन्। विश्वका ५१ बलरले मात्र टी२० आईमा ५० वा त्यसभन्दा बढी विकेट लिएका छन्। 

टी२०आईमा नेपालबाट सबैभन्दा बढी विकेट लिने खेलाडी भने सन्दीप लामिछाने हुन्। उनले ३७ खेलमा ६८ विकेट लिएका छन्। टी२०आईमा धेरै विकेट लिने खेलाडीको सूचीमा उनी १७औँ स्थानमा छन्। सबैभन्दा धेरै बंगलादेशका सकिब अल हसनले ९६ खेलमा ११९ विकेट लिएका छन्। सन्दीपले भारतका जसप्रित बुमराह, बेलायतका स्टुआर्ड बोर्ड, न्युजिल्यान्डका ट्रेन्ड बोल्ड, दक्षिण अफ्रिकाका इमरान ताहिर, पाकिस्तानका मोहम्मद हाफिज र मोहम्मद आमिर जस्ता खेलाडीलाई पछि पारेका छन्। यी सबै खेलाडीले सन्दीपले भन्दा धेरै खेल खेलेका छन्।

उनले आजसम्म लगातार २२ वटा टी२०आईमा विकेट लिन सफल भएका छन्। लगातार सबैभन्दा धेरै टी२०आईमा विकेट लिने कीर्तिमान उनको नाममा बनिसकेको छ। टी२० को सफल बलर मानिएका अफगानिस्तानका राशिद खानले १४ खेलसम्म लगातार विकेट लिएको कीर्तिमान बनाएका छन्।

आजैको खेलमा दीपेन्द्रसिंह ऐरी र आदिल खानले टी२० आईमा नेपालका लागि एकै ओभरमा सबैभन्दा धेरै रन बनाउने सफलता पनि हात पारे। उनीहरूले १९औँ ओभरमा ३२ रन जोडेका थिए। उक्त ओभरमा आदिलले तीन र दीपेन्द्रले एक छक्का हानेका थिए।

आदिलले आजकै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन्। उनी टि२० आई खेल्ने ४१औँ नेपाली खेलाडी हुन्। यसअघि यही श्रृङ्खलामा ४०औँ खेलाडीको रूपमा दीलिप नाथले पनि डेब्यु गरेका थिए। आजको खेलमा पनि उनलाई मौका दिइएको थियो। उनले आसिफ सेखको ठाउँमा विकेटकिपिङ गरेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने... आइतबार, असोज १८, २०८३
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्