• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
इतिहासमा स्थानीय निर्वाचन-१

नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार

64x64
प्रकाश गुरागाईं शनिबार, वैशाख १७, २०७९  ०७:००
1140x725
२००४ सालमा काठमाडौं नगरपालिकाको चुनावका लागि गोरखापत्रमा प्रकाशित सूचना। (बायाँ)

जहानियाँ र निरंकुश राणा शासनमा सुधारको माग राखेर आन्दोलन गर्नेलाई कि ज्यान सजाय हुन्थ्यो, कि जेल। त्यो कठोर शासनकालमा पनि नेपालमा पहिलो निर्वाचन भएको थियो। पहिलो निर्वाचन काठमाडौं म्युनिसिपालिटी (नगरपालिका) को थियो। त्यसबेला काठमाडौंलाई नगरपालिका नभनी ‘म्युनिसीपेलेटी’ भनिन्थ्यो। 

काठमाडौं म्युनिसिपालिटी घोषणा गर्नुभन्दा करिब अढाइ दशकअघि १९७६ सालमा राजधानीको सरसफाइका लागि ‘सफाइ अड्डा’ गठन गरिएको थियो। यसको कार्यालय गोश्वारामा थियो। यही अड्डालाई काठमाडौं म्युनिसिपालिटीमा परिणत गरिएको थियो। पहिलो निर्वाचनसम्म पनि यसको कार्यालय गोश्वारमा नै रहेको २००४ जेठ २४ को गोरखापत्रमा प्रकाशित निर्वाचनसम्बन्धी सूचनाबाट थाहा हुन्छ।

पछि नगरपालिका कार्यालयलाई नयाँ सडक (त्यस बेला जुद्ध सडक) मा पीपलबोट नजिकै राखिएको थियो। २००४ माघ १३ मा जारी भएको ‘नेपालको वैधानिक कानुन–२००४’ ले म्युनिसिपालिटीलाई सरकारको अधीनमा रही आफ्नो क्षेत्रमा सफाइ र शिक्षासम्बन्धी काम गर्ने, सडक, ढल, पुल, पौवा, पाटी, धर्मशाला, बाँध–पैनी बनाउने, गौचर राख्ने, बत्ती, पानीको व्यवस्था गर्ने, हाट–बजारको बन्दोबस्त गर्ने जस्ता जिम्मेवारी दिएको थियो।

राणा प्रधानमन्त्री पद्यशमशेरले २००३ सालमा नै जंगी तथा निजामतीतर्फका भारदारलाई आफ्नो विशालनगर दरबारमा सभामा बोलाइ काठमाडौंलाई म्युनिसिपालिटी बनाउने घोषणा गरेका थिए। उनले त्यति बेलै म्युनिसिपालिटीको निर्वाचन गराउने पनि बताएका थिए। तर, निर्वाचनको घोषणा भने २००४ जेठ ३ मा मात्र भयो। यसरी निर्वाचन गर्ने घोषणा गुर्नका पछाडि केही कारण थिए।

२००२ सालमा पद्यशमशेर श्री३ हुँदा नेपालमा राजनीतिक चेतना बिस्तारै फैलन थालेको थियो। उता भारत पुगेका नेपाली बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले राजनीतिक सक्रियता बढाएका थिए। बीपीकै सक्रियतामा २००३ माघमा भारतमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो।

नेपालमा पनि पुष्पलाल श्रेष्ठ, भुवनलाल प्रधान, केशरलाल मानन्धर, होराप्रसाद जोशी, गोपालप्रसाद रिमाललगायतले चेतना फैलाउने अनेक गतिविधि सुरु गरेका थिए। गोपालप्रसाद रिमाल, कृष्णप्रसाद रिमाल, दमनराज तुलाधर, तीर्थराज तुलाधर, विजयबहादुर मल्ल आदिले ‘नेपाल नेसनल लिग’ स्थापना गरेका थिए। उनीहरु मन्दिरमा गएर जागरण ल्याउने खालका भजन गाउँथे। तर, पछि यसरी भजनमा सहभागी हुनेलाई जेल हालिएको थियो।

यी र यस्तै गतिविधिका कारण श्री३ पद्यशमशेरलाई सुधारका कदम चाल्न दबाब बढेको थियो। त्यही बेला भारतमा अंग्रेजविरोधी गतिविधि चर्केको थियो। बेलायतमा पनि उदारवादी लेबर दलको सरकार बनेको थियो। उसले मन्त्रीस्तरीय प्रतिनिधिमन्डल भारत पठाउने तयारी गर्दै थियो। 

यता, अखिल भारत गोरखा लिगका अध्यक्ष डम्बरसिंह गुरुङको नेतृत्वमा एउटा शिष्टमण्डल काठमाडौं आयो। त्यस समूहले श्री३ पद्यशमशेरलाई भेटेर प्रवासी नेपालीका तर्फबाट शुभकामना चढायो। तर, काठमाडौंमा एउटा सार्वजनिक सभालाई सम्बोधन गर्दै गुरुङले पद्यशमशेरको सरकारले जनहितकारी कामकाज नगरेको भन्दै आलोचना गरे।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसकारण अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र देशभित्रको आन्दोलन मत्थर पार्न उनले काठमाडौंमा निर्वाचन गराए। त्यसका लागि काठमाडौं म्युनिसिपालिटीलाई २१ वटा वडामा विभाजन गरिएको थियो। प्रत्येक वडाबाट एक जना सदस्य निर्वाचित हुने व्यवस्था थियो। 

नवगठित काठमाडौं म्युनिसिपालिटीको उत्तरी सीमा विष्णुमतीवारि पकनाजोल, ठबहिल, लाजिम्पाट, गैरीधारा, पूर्वमा विशालनगर, टंगाल, ज्ञानेश्वर, नक्साल, डिल्लीबजार निर्धारण गरियो। त्यस्तै दक्षिणमा बागमतीवारि कुरियागाउँ, बागबजार, त्रिपुरेश्वर, पचली र पश्चिममा विष्णुमतिवारि भीमसेन थान, कंकेश्वरी, कालधाराको क्षेत्र समेटियो। 

निर्वाचनमा उम्मेदवार बन्न २५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था थियो। एउटा वडामा चार जना मात्र उम्मेदवार बन्न पाउने व्यवस्था थियो। निर्वाचनको मिति २००४ जेठ २९ गतेलाई तोकियो। (यही निर्वाचनबाट वडा सदस्य निर्वाचित भुवनलाल प्रधानले भने आफ्नो पुस्तक ‘नेपालको जनक्रान्ति २००७’ मा उक्त निर्वाचन २००३ चैतमा नै भएको उल्लेख गरेका छन्। तर, निर्वाचन आयोगले प्रकाशित गरेको पुस्तक ‘नेपालको निर्वाचनको इतिहास’ भाग–१ मा गोरखापत्रमा प्रकाशित समाचारलाई आधिकारिक मानिएको छ।)

निर्वाचनका लागि जेठ २४ गते गोरखापत्रको मुखपृष्ठमै प्रकाशित सूचनामा भनिएको छ, ‘काठमाडौं म्युनिसिपेलेटीको सदस्यहरू छान्नेबारे प्रकाशित भएको इस्तिहार बमोजिम सदस्यहरूको निर्वाचन बुधबार जेष्ठ २९ गते हुने भएकोले आगामी सोमबार ४ बजेसम्म हरएक ओडाबाट खडा हुने उम्मेदवारहरू चार जनासम्म नाम ओडाको प्रतिष्ठित मानिसहरूको राय मिलाई म्युनिसिपेल गोश्वारामा पेश गर्नु।’ यसरी समर्थक बसिदिनुपर्ने प्रतिष्ठित मानिस १५ जनालाई सहीछाप गराएपछि मात्र उम्मेदवार बन्न पाउने व्यवस्था थियो।

Xtrem

Xtrem

निर्वाचनमा मतपेटिका खुला ठाउँमा राखिएको थियो। प्रत्येक उम्मेदवारका लागि फरक रङका ढ्वाङ राखिएकाले कसले कसलाई मत दियो भन्ने स्पष्टै थाहा हुन्थ्यो। मतपत्र पनि अघिल्लो दिन नै घरघरै बाँडिएको थियो। निर्वाचनको दिन २९ जेठमा बिहान ११ देखि ३ बजेसम्म मतदान गर्नुपर्ने व्यवस्था थियो। तर, बालिग पुरुषलाई मात्र मताधिकार दिइएको थियो। मत दिनका लागि २१ वर्ष उमेर पूरा भएको हुनपथ्र्यो। पुरुषलाई मात्र मताधिकार दिने व्यवस्थाप्रति कतिपय महिला असन्तुष्ट थिए।

निर्वाचनको केही दिनअघि श्रीमायाको नेतृत्वमा महिलाहरूको एउटा प्रतिनिधिमन्डल विशालनगर दरबार पुगेर पद्यशमशेरसँग महिलालाई पनि मताधिकार दिन माग गरेका थिए। उक्त प्रतिनिधिमन्डलमा मंगलादेवी सिंह, स्नेहलता, शीलवन्ती शाह, शान्ता श्रेष्ठलगायत थिए। राणा शासकले महिला प्रतिनिधिमन्डललाई भविष्यमा महिलालाई मताधिकार दिए पनि तत्काल व्यवस्था गर्न नभ्याइने जवाफ दिएको थियो।

निर्वाचित सदस्यबाहेक म्युनिसिपालिटी बोर्डमा सरकारले १० जनालाई मनोनीत गरेर जम्मा ३१ सदस्य बनाएको थियो। मनोनीत भएका कर्णेल गेहेन्द्रशमशेर थापालाई काठमाडौं नगरपालिकाको सभापति र निर्वाचित शंकरदेव पन्तलाई उपसभापतिमा नियुक्त गरियो।

निर्वाचनबाट २१ सदस्य छानिए। यसरी निर्वाचित हुनेमा भेषराज शर्मा, विष्णुलाल डंगोल, कर्णबहादुर श्रेष्ठ, शेषराज दली, हरिकृष्ण श्रेष्ठ, गोपीराम घिराइया, त्रिपुरवर सिंह प्रधान, पन्नाप्रसाद वैद्य, पूर्णबहादुर एमए र पुष्करलाल मास्के थिए। त्यस्तै उदयलाल श्रेष्ठ, भुवनलाल प्रधान, प्रतापबहादुर प्रधान, कृष्णबहादुर मानन्धर, रामजी शर्मा, तेजप्रसाद शर्मा, शंकरदेव पन्त, भवनाथ शर्मा, शारदाप्रसाद उपाध्याय, यदुनाथ खनाल र पशुपतिमान डंगोल थिए। यसरी निर्वाचित हुने सबै स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए। दल खोल्न र दलबाट उम्मेदवार बन्न प्रतिबन्धित थियो।

निर्वाचित सदस्यबाहेक म्युनिसिपालिटी बोर्डमा सरकारले १० जनालाई मनोनीत गरेर जम्मा ३१ सदस्य बनाएको थियो। मनोनीत भएका कर्णेल गेहेन्द्रशमशेर थापालाई काठमाडौं नगरपालिकाको सभापति र निर्वाचित शंकरदेव पन्तलाई उपसभापतिमा नियुक्त गरियो। सरकारले मनोनीत गरेका धेरै सैनिक अधिकारी थिए, त्यसैले उनीहरू राणा शासकप्रति बफादार थिए। यसो हुँदा नगरपालिका बोर्डले कामै गर्न सकेन। 

नगरपालिका बैठकहरूको अध्यक्षता सभापतिले गर्थे। उनलाई विशेषाधिकार थियो। सामान्य विषयमा पनि निर्वाचित र मनोनीतबीच राय मिल्दैन थियो। प्रायः खटपट भइरहने हुँदा ठोस काम हुनै सकेन। बोर्डको अधिकार पनि पर्याप्त थिएन। कामै गर्ने अवस्था नभएपछि निर्वाचितमध्ये ११ सदस्यले एक वर्षपछि २००४ चैत २८ मा राजीनामा दिए। राजीनामा दिनेमा पूर्णबहादुर एमए, कर्णबहादुर श्रेष्ठ, प्रतापबहादुर प्रधान, भुवनलाल प्रधान, त्रिपुरवर सिंह प्रधान, पुष्करलाल मास्के, कृष्णबहादुर मानन्धर, रामजी शर्मा, हरिकृष्ण श्रेष्ठ, पन्नाप्रसाद वैद्य र शेषराज दली थिए।

त्यसको केही समयपछि अन्य ६ सदस्यले पनि राजीनामा दिए। रिक्त भएका स्थानमा उपनिर्वाचन गराउने तयारी भयो र प्रक्रिया सुरु गरियो। तर, कुनै वडाबाट पनि उम्मेदवार हुन चाहनेको दरखास्त परेन।

२००४ सालमा कमान्डर–इन–चिफ मोहनशमशेरले गठन गरेको ‘वैधानिक समिति’ले नगरपालिका ऐन बनायो। त्यस ऐन अन्तर्गत खाली रहेका वडामा निर्वाचनको लागि दुई पटक उम्मेदवारको दरखास्त माग्दा एक जनाले मात्र दरखास्त दिए। त्यसपछि बाँकी १६ वडामा सरकारले नै सदस्य मनोनीत गरेको थियो। यो नगरपालिका बोर्डले २००७ सालमा प्रजातन्त्र आउँदासम्म नै काम गरेको थियो।

काठमाडौं नगरपालिकामा निर्वाचन भएको केही समयपछि भक्तपुर र ललितपुरमा पनि नगरपालिका बनाइ निर्वाचन गरिएको थियो। ललितपुरमा सदस्य संख्या १२ र भक्तपुरमा १० थिए। तीमध्ये एकतिहाइ अर्थात चार–चार जना मनोनीत गरिएका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्