काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले वृद्धि भएको छ।
साताको पहिलो कारोबार दिन पनि सेयर बजार बढेको थियो।
आज सेयर बजार ९ अंकले वृद्धि हुँदै २६३१ विन्दुमा पुगेर रोकिएको हो। यसअघि आइतबार सेयर बजार २६ अंकले बढ्दै २६२२ विन्दुमा कायम भएको थियो।
सेयर बजार बढे पनि आज कारोबार रकममा गिरावट आएको छ। आइतबार ७ अर्ब बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्बको मात्रै सेयर कारोबार भएको हो।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, तथा व्यापार ०.७२ प्रतिशत बढे।
फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य ०.३६ प्रतिशत घटे।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य करिब १० प्रतिशत बढ्यो। धौलागिरि लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१, सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशत मूल्य बढ्यो।
पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशत घट्यो। ग्रिन डेभलपमेन्ट बैंकको ४.६५, पिपुल्स हाइड्रोपावरको ३.७५, पाँचथर पावरको ३.४९, कालिका पावरको ३.४२ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।