complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
इतिहासमा कांग्रेस–११

​​​​​बीपीलाई जब सभापतिमा भूदेव राईले चुनौती दिए

64x64
किशोर दहाल शुक्रबार, असोज ८, २०७८  १९:०६
1140x725

काठमाडौं- २०१४ सालको विशेष महाधिवेशनपछि कांग्रेसको जीवनमा मात्र होइन, देशकै जीवनमा महत्त्वपूर्ण परिघटनाहरू देखा परे। सुवर्ण शमशेर प्रधानमन्त्री बने। नयाँ संविधान जारी भयो। पहिलो आमनिर्वाचन भयो। जनताबाट निर्वाचित संसद्को स्थापना भयो। बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। एक हिसाबले भन्ने हो भने २००७ सालको क्रान्तिमा देखिएको सपनाको ठूलो हिस्सा पूरा भएको थियो त्यसबेला।

यसरी कांग्रेसले जनताबाट निर्वाचित भएर सत्ता सञ्चालन गरिरहेको अवस्थामा सातौं महाधिवेशन आयोजना भएको थियो। काठमाडौंको महाराजगंजस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ सम्म यो महाधिवेशन आयोजना भयो। महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधिले भाग लिएका थिए।

यो महाधिवेशन सुरु हुनुभन्दा अगाडि नेपाली कांग्रेसको विधान अनुसार जिल्ला-जिल्लामा नेपाली कांग्रेस बुथ समिति, क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन तथा महासमितिका सदस्यहरुको निर्वाचन सम्पन्न भएको थियो। (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग २, राजेश गौतम)

महाधिवेशनको पहिलो दिन नै पार्टी सभापति चयनका लागि निर्वाचन भएको थियो। सभापतिका लागि बीपी कोइराला र भूदेव राई प्रतिस्पर्धामा उत्रिएका थिए। तर, अत्यधिक मतका साथ बीपी नै सभापतिमा निर्वाचित भए।

सभापतिमा निर्वाचित भएपछिको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बीपीले गम्भीर पदको जिम्मेवारी पुनः आफ्नो काँधमा पर्न गएको बताएका थिए।

‘यो गम्भीर दायित्व मेरो व्यक्तिगत दायित्व मात्र नभै हाम्रो पार्टीको सामूहिक दायित्व हो। तसर्थ यस विश्वासमा कि सबै साथीहरूले आफ्नो-आफ्नो स्थानमा रही हृदयले आपसमा सहयोग गरेर यस जिम्मेदारीलाई पूरा गर्न अठोट गर्‍यौं भने कुनै कारण छैन हामीहरूले इतिहासद्वारा प्राप्त दायित्वलाई राम्ररी सफलताका साथ निभाउन नसकौं। नेपाली कांग्रेस पूर्ण प्रजातान्त्रिक संस्था भएकोले यसको नेतृत्व व्यक्ति विशेषमा मात्र निहित नभै सम्पूर्ण प्रतिनिधि समूहमा निहित छ’, उनको सम्बोधनमा उल्लेख थियो।

भोलिपल्ट (२६ गते) महामन्त्रीद्वय श्रीभद्र शर्मा र त्रिपुरवरसिंह प्रधानले तयार गरेको रिपोर्ट शर्माले पढेर सुनाएका थिए। सात घण्टासम्म छलफल भइ सो रिपोर्ट पारित भएको थियो। रिपोर्टमा कार्यकर्तामा जोस घटेको उल्लेख गर्दै भनिएको छ- ‘चुनावमा पार्टीको अत्यधिक बहुमतमा भएको विजयले साथीहरुमा त्यो जोस छैन जो चुनावसम्म थियो। पार्टीको संगठनात्मक काममा साथीहरुको त्यो लगन देखिँदैन। पार्टीको वास्तविक स्थितिको अध्ययन गर्दा लाग्छ कि मानौं हाम्रो पार्टीको लक्ष्य चुनावमा विजय हासिल गर्नु मात्र थियो। आम चुनावको नेपाली कांग्रेसमाथि जो जिम्मेदारी र कर्तव्यको बोझ थपिदिएको छ, त्यसको अनुभव जति साथीहरुले गर्नुपर्थ्यो, त्यो आज देखिएको छैन।’

त्यस्तै, सूर्यप्रसाद उपाध्यायद्वारा प्रस्तुत र मातृकाप्रसाद कोइराला समर्थक रहेको नीति सम्बन्धी प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशनमा धन्यवाद प्रस्ताव र श्रद्धाञ्जली प्रस्ताव बाहेक १४ वटा अन्य प्रस्तावहरु प्रस्तुत भएका र पारित भएका थिए। त्यसरी प्रस्तुत गरिएका प्रस्तावहरुमा कृषि ब्यांक र सहकारी ब्यांक सम्बन्धी प्रस्ताव, नाजायज तमसुक खारेज गर्ने सम्बन्धी, पुनर्वास सम्बन्धी प्रस्ताव, जमिनदारी उन्मुलनसम्बन्धी प्रस्ताव, सक्रिय तटस्थ परराष्ट्र नीतिप्रति धन्यवाद प्रस्ताव, उद्योग सम्बन्धी प्रस्ताव, श्रमिक आन्दोलन सम्बन्धी प्रस्ताव, गण्डक सम्झौता सम्बन्धी प्रस्ताव, रंगभेद नीतिसम्बन्धी प्रस्ताव, छात्रवृत्ति सम्बन्धी प्रस्ताव, श्रमदान सम्बन्धी प्रस्ताव, महिला उत्थान सम्बन्धी प्रस्ताव, सहकारी खेती सम्बन्धी प्रस्ताव र राज्य उन्मुलनसम्बन्धी प्रस्ताव थिए। महाधिवेशनबाट पार्टीको विधान पनि संशोधन गरिएको थियो।

महाधिवेशन सकिएपछि सभापति बीपी कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको घोषणा गरे। घोषित कार्यसमितिको महामन्त्रीमा श्रीभद्र शर्मा र त्रिपुरवरसिंह प्रधान तथा कोषाध्यक्षमा सुवर्ण शमशेर थिए। सदस्यहरूमा सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, मातृकाप्रसाद कोइराला, विश्वबन्धु थापा, गिरिजाप्रसाद कोइराला, रुद्रप्रसाद गिरी, केबी भट्टराई, सरोजप्रसाद कोइराला, गणेशकुमार शर्मा, हेमराज शर्मा ‘अधिकारी’, चिन्ताहरण सिंह, भूदेव राई, बलबहादुर राई, तेजमान तुम्बाहाम्फे, चन्द्रलाल श्रेष्ठ, डिके शाही, टंकनाथ काफ्ले, रामेश्वर श्रेष्ठ, दलकृष्ण श्रेष्ठ, राधाकृष्ण थारु, राधादेवी कँडेल, कृष्णलाल लेखक, दिलबहादुर बुढा, डिकबहादुर गुरुङ, लोकेन्द्रबहादुर शाह, देवनाथदास यादव र गिरीप्रसाद बुढाथोकी थिए। कार्यालय सचिव भने वासुदेव रिसाललाई तोकिएको थियो।

(यहाँ उल्लेखित तथ्यगत जानकारीहरू मुख्यरुपमा राजेश गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग २’ बाट लिइएको हो।)

यो पनि पढ्नुहोस् 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन

विशेष महाधिवेशनबाट नेतृत्वमा पुनः बीपी, राजाको घोषणा ‘संसद्को चुनाव’

जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए

कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा

पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण

पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?

नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै

नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १९:०६
  • #इतिहासमा_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागत केन्द्रीय सदस्य (महिला) का दुई पदमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित... बिहीबार, असोज २९, २०८३
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको... बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो,... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्