complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
इतिहासमा कांग्रेस–१०

विशेष महाधिवेशनबाट नेतृत्वमा पुनः बीपी, राजाको घोषणा ‘संसद्को चुनाव’

64x64
किशोर दहाल शनिबार, असोज २, २०७८  २१:०२
1140x725

काठमाडौं- सुवर्ण शमशेर पार्टी सभापति भएपछि उनले राष्ट्रिय प्रजा पार्टीलाई कांग्रेसमै मिलाउन त्यसका सभापति मातृकाप्रसाद कोइरालासँग कुराकानी गर्न थाले। त्यतिञ्जेल मातृका नेतृत्वको पार्टी पनि झन्‌-झन् कमजोर भइरहेको थियो।

यद्यपि, मातृका आफ्नो पार्टीलाई कांग्रेससँग मिलाउने पक्षमा थिएनन्। सो पार्टीको महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उल्लेख गरिएको 'विना शर्त नेपाली कांग्रेससँग मिल्ने' प्रस्तावमा उनले विरोध जनाएका थिए। तर, महासमिति बैठकबाट यो प्रस्ताव पारित भएपछि मातृकाले पनि त्यसलाई स्वीकार गर्नुपर्‍यो। सो बैठकले पाँच सदस्यीय समन्वय समिति पनि बनायो। अन्ततः २०१३ भदौ-असोजमा राष्ट्रिय प्रजा पार्टी नेपाली कांग्रेसमै विलय भयो।

त्यसपछि सुवर्ण शमशेरले नेपाली कांग्रेसलाई नयाँ नीति अनुरुप सञ्चालन गरी सशक्त तुल्याउने र प्रजातान्त्रिक ढंगबाट अगाडि बढाएर आउँदो निर्वाचनमा सशक्त रुपले परिचालन गर्नुपर्ने खाँचो महसुस गरे। यो कार्य विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको नेतृत्वमा गर्नुपर्ने र उनको नेतृत्वमा मात्र सम्भव हुने ठानेर सुवर्ण शमशेरले बीपी कोइरालाको समर्थनमा पार्टीको सभापति पदबाट राजीनामा गर्ने आफ्नो विचार व्यक्त गरे। अनि सभापति पदबाट राजीनामा दिए। 

यही पृष्ठभूमिमा २०१४ जेठ ११ र १२ मा नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको थियो। विराटनगरमा सम्पन्न यो महाधिवेशनबाट बीपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति निर्वाचित भए। नवगठित कार्यसमितिको महामन्त्रीमा डा तुलसी गिरी र  विश्ववन्धु थापा रहे।

केन्द्रीय कार्यसमितिका अन्य सदस्यहरुमा सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद उपाध्याय, रामनारायण मिश्र, परशुनारायण चौधरी, श्रीभद्र शर्मा, नेवबहादुर मल्ल, देवानसिंह राई, भूदेव राई, बोधप्रसाद उपाध्याय, सूर्यनाथ दास यादव, गणेशकुमार शर्मा, राजदास श्रेष्ठ, एनडी प्रकाश, मिनबहादुर गुरुङ, प्रेमराज आङदम्बे, काशीनाथ गौतम, सुन्दरराज चालिसे थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ नेतृत्व आएसँगै नेपाली कांग्रेसमा चुनाव केन्द्रित गतिविधि र सक्रियता ह्वात्तै बढ्यो। २०१४ असार ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले आम निर्वाचनमा नेपाली कांग्रेसले सक्रिय भई भाग लिने, ग्राम पञ्चायतमा पार्टीको नियन्त्रण राखी रचनात्मक कार्यहरु गर्ने निर्णय गर्‍यो।

निर्वाचन क्षेत्रीय कमिटी गठन गर्ने, कुनै जिल्लामा जिल्ला कमिटी संगठित छैन भने त्यस्ता जिल्लामा निर्वाचन क्षेत्रीय कमिटीको  गठन केन्द्रले सोझै गर्ने र उनीहरुले पनि केन्द्रसँग सोझै सम्पर्क राख्ने, केन्द्रबाट सर्कुलर र निर्देशन दिने, चुनाव र संगठनलाई ध्यानमा राखी देशलाई दश क्षेत्रमा विभाजन गरी पार्टीको जिम्मेवार व्यक्तिलाई क्षेत्रको पूर्ण अधिकार दिने र क्षेत्रीय कार्यालय खोल्ने निर्णय गर्दै विभिन्न व्यक्तिहरुलाई विभिन्न क्षेत्रहरुको इन्चार्ज बनायो।

यसरी अघि बढ्दै गरेको कांग्रेसलाई साउन ५ गते गोपालप्रसाद भट्टराई, टेकबहादुर पन्थी, हृदयराज शर्मा, डिबी परियार र भरतमणि शर्मा आदिले ‘नेपाली कांग्रेस समानान्तर’ गठन गर्दै विभाजन गरे। उनीहरुको मुख्य आरोप नेपाली कांग्रेसको उपल्लो तहको नेतृत्व अधिनायकवादी भयो भन्ने थियो। तर, त्यतातिर जाने धेरै सदस्यहरु बिस्तारै नेपाली कांग्रेसतिरै फर्किए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डा केआई सिंहको सरकार २०१४ कात्तिक २९ मा विघटन भएपछि राजा महेन्द्रले शासन व्यवस्था आफ्नै हातमा लिए। यसबीच, चुनावी अन्योल भने बढ्दै गयो। त्यसपछि कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक मोर्चाले ‘भद्र अवज्ञा’ आन्दोलन सुरु गर्‍यो। त्यसको मुख्य उद्देश्य निर्वाचनको मिति घोषणा गराउनु थियो। २०१४ पुस १ गते राजाले २०१५ फागुन ७ गतेबाट निर्वाचन हुने घोषण गरे। तर, निर्वाचन केका लागि? संसद् कि संविधान सभा? अन्योल बाँकी रह्यो।

२००७ सालको शाही घोषणामा उल्लेख भएको ‘औ हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले इच्छा र निर्णय भएकाले’ भन्ने वाक्यांशलाई संविधान सभाको निर्वाचनमार्फत् संविधान सभा गठन हुने र त्यसैमार्फत् संविधान लेखिने आशाको रुपमा अर्थ्याइएको थियो। तर, राजाको घोषणाले अन्योल थपिदियो। उनको २०१४ को घोषणाले भने सो चुनाव संसद्को लागि भएको प्रष्ट भयो। बरु उनले कमिस्नरले संविधानको मस्यौदा गर्ने र त्यस अनुसार जारी भएको संविधानको आधारमा तोकिएको मितिमा चुनाव हुने बताए। त्यसपछि भने संविधान सभाबाट संविधान लेखिने विषय दशकौंका लागि स्थगित भयो।

(यहाँ उल्लेख भएका तथ्यगत जानकारीहरु मुख्य रुपमा राजेश गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग २’ बाट लिइएको हो।)

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागत केन्द्रीय सदस्य (महिला) का दुई पदमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित... बिहीबार, असोज २९, २०८३
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको... बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो,... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्