• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस-८

पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन

64x64
किशोर दहाल आइतबार, भदौ १३, २०७८  २०:५६
1140x725

जनबल रहेको राष्ट्रिय कांग्रेस र धनबल रहेको प्रजातन्त्र कांग्रेसको मिलनपछि नेपाली कांग्रेसको शक्तिमा झनै बढोत्तरी आयो। सुवर्णशमशेर र महावीरशमशेर जबरा एकता प्रक्रियामा आएपछि नेपाली कांग्रेस एकाएक धनी पनि भयो।

नेपाली कांग्रेस स्थापनासँगै उसले शान्तिपूर्ण आन्दोलनको बाटो त्यागेर सशस्त्र क्रान्तिको नीति अख्तियार गर्‍यो। नेपाल प्रजातन्त्र कांग्रेसले एकताअघि नै मुक्ति सेना गठन गर्न थालिसकेको थियो। नेपाली कांग्रेसले त्यसैलाई निरन्तरता दियो। सेनाका लागि बर्माबाट हतियार संकलन गरियो।

अनेक प्रयत्नपछि २००७ सालमा राणा शासन ढल्यो। प्रजातन्त्र आयो। बीपी गृहमन्त्री र सुवर्ण शमशेर अर्थमन्त्री बने। यद्यपि, राणा शासन ढलेपछिको पहिलो सरकार लामो समय टिक्न सकेन। सहमतिअनुसार विधानसभाको चुनाव हुने स्थिति पनि टर्दै गयो।

त्यसपछि कांग्रेसभित्र विग्रह बढ्दै गयो। मातृकाले बीपीलगायत मन्त्रीहरुको आलोचना गर्न थाले। गृहमन्त्रीले केही गर्न नसकेको आरोप लगाए।

यो पनि पढ्नुहोस्

जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए

त्यही बेला सरकारले जारी गरेको सुरक्षासम्बन्धी कानुनको विरोधमा आन्दोलन भयो। आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गर्दा चिनियाकाजीको मृत्यु भयो। यो काण्डपछि बीपीले राजीनामा दिए। उनको राजीनामासँगै सरकार ढल्यो।

त्यसपछि पार्टीभित्र टकराव झनै बढ्यो। भारत र दरबारको बलमा मातृका प्रधानमन्त्री भए। उनले लिएका कतिपय नीतिले पार्टीभित्र आलोचना त बढ्यो नै, दाजुभाइबीच मनमुटाव पनि तीव्र भयो। परिणामतः नेपाली कांग्रेस बीपी समूह र मातृका समूहमा विभाजित भयो। त्यसैक्रममा बीपीले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुहुँदैन भन्ने विचार अगाडि सारे।

दाजुभाइबीचको मतभेद तत्कालका लागि भारतीय नेता जयप्रकाश नारायणको मध्यस्थतामा टुंगियो। २००८ चैतमा उनीहरु कलकत्ता गई सम्झौता गरेका थिए। त्यसपछि मातृकाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नहुने र बिपीलाई समर्थन गर्ने वक्तव्य सार्वजनिक गरे। ‘म आफ्नो प्रतिद्वन्द्वितालाई वापस लिन्छु र अन्तःस्करणबाट श्री बीपी कोइरालालाई आशीर्वाद दिन्छु’, मातृकाद्वारा २००८ चैत २८ मा जारी वक्तव्यमा भनिएको छ।

दुवै दाजुभाइ मिली ‘कोइरालावाद’को सिर्जना गर्न थालेको भन्दै पार्टीभित्र अर्को मोर्चा खडा भयो। त्यो मोर्चामा केदारमान व्यथित, बालचन्द्र शर्मा, भरतमणि शर्मालगायत थिए। उनीहरुले सभापतिको उम्मेदवारमा केदारमान व्यथितलाई अघि सारे।

nimb
nimb
Ncell 2
Ncell 2

यसैबीच, कांग्रेसको पाँचौँ महाधिवेशन २००९ जेठ १० देखि १२ (सन् १९५२ मे २३ देखि २५) सम्म जनकपुरमा सम्पन्न भयो। सो महाधिवेशनमा बीपीलाई सघाउने बताए पनि मातृकाले सभापतिका लागि मनोनयन गरेको नाम कानुनी रुपमा फिर्ता लिएनन्। 

मातृकालाई नै सभापति बनाउनुपर्ने भन्दै उनी पक्षका भद्रकाली मिश्र लगायतले आवाज उठाए। त्यति मात्र नभइ महाधिवेशन सार्न प्रस्ताव राखे। तर, पारित नभएपछि उनीहरु व्यथितलाई समर्थन गर्न थाले। त्यसबाट सिर्जित परिस्थितिले अधिवेशनस्थलमा झडप भयो। व्यथित समूहले अधिवेशनस्थल परित्याग गरे। 

तनावपूर्ण स्थितिमा भएको मतदानमा सभापतिमा बीपी विजयी भए। उनले २९८ मत प्राप्त गरेका थिए। त्यस्तै, मातृकाले ६८ र व्यथितले २ मत प्राप्त गरे। यो महाधिवेशनबाट महामन्त्रीद्वयमा धनमानसिंह परियार र राजेश्वरीप्रसाद उपाध्याय तथा सदस्यहरुमा मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेर, गणेशमान सिंह, महेन्द्रविक्रम शाह लगायत चुनिए। महामन्त्रीमा पछि ऋषिकेश शाह पनि थपिए।

जनकपुर अधिवेशनपछि मातृका र बीपी कोइरालाबीचको राजनीतिक सम्बन्ध झनै बिग्रेर गयो। मातृका र बीपीसँग मिल्न नसक्ने केही कार्यकर्ताले नेपाली कांग्रेस छाडेर नयाँ दल स्थापना गर्न थाले।

विवादकैबीच २००९ साउनमा कांग्रेसले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् हेरफेरबारे केही निर्देशन दियो। त्यसबाट प्रधानमन्त्री मातृका रुष्ट भए। पार्टीले सरकारको काममा हस्तक्षेप गर्न नहुने र मन्त्रिपरिषद्‌मा कसलाई राख्ने र हटाउने भन्ने विषय प्रधानमन्त्रीको विशेषाधिकार भएको उनको तर्क थियो। सोही अनुसार पार्टीलाई जवाफ पठाए। 

तर, निर्णय अवज्ञा गरेको भन्दै कांग्रेसले मातृकालाई प्रधानमन्त्रीबाट राजीनामा दिन निर्देशन दियो। मातृकाले राजीनामा नदिएपछि पार्टी कार्यसमितिको २००९ साउन १० को बैठकले उनलाई निष्कासन गर्‍यो। उनीसँगै सोही पक्षका महावीरशमशेर, महेन्द्रविक्रम शाह र नारदमुनि थुलुङ पनि निष्कासित भए। 

मातृकाले आफूलाई महासमितिले मात्रै कारबाही गर्न सक्ने बताए। २००९ भदौ १३ र १४ मा काठमाडौंमा बसेको पार्टीको महासमिति बैठकमा मतदानद्वारा मातृकालाई निष्कासन गर्ने प्रस्ताव पारित भयो। त्यसपछि भने मातृकाले राजीनामा दिए। उनले २०१० वैशाख १६ देखि १८ मा वीरगञ्जमा अधिवेशन गरि राष्ट्रिय प्रजा पार्टी गठन गरे।

(यहाँ उल्लिखित तथ्यगत जानकारीहरु मुख्यरुपमा राजेश गौतमको पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-२ बाट लिइएको हो।)

यो पनि पढ्नुहोस्-

नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै

पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?

पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण

कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त बुधबार, भदौ ३, २०८३
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्