complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
इतिहासमा कांग्रेस-१२

३१ वर्षपछि बल्ल जुरेको आठौं महाधिवेशन

64x64
किशोर दहाल आइतबार, असोज २४, २०७८  २१:०५
1140x725

नेपाली कांग्रेसको सातौं महाधिवेशन भएको आठ महिनामै अर्थात् २०१७ पुस १ गते राजा महेन्द्रले ‘कू’ गरे। प्रधानमन्त्री तथा पार्टी सभापति बीपी कोइराला, नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहित धेरै मन्त्री, नेता तथा कार्यहरु जेल परे। केही दिनमै राजा महेन्द्रले दलहरुलाई प्रतिबन्ध लगाए।

राजाले ‘कू’ गर्दा सुवर्ण शमशेर भारत भ्रमणमा थिए। महत्त्वपूर्ण नेताहरु जेल परेपछि उनले सोही वर्ष माघमा भारतको पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन बोलाए। त्यही सम्मेलनले उनलाई कार्यवाहक सभापति पनि चयन गर्‍यो।

विस्तारै कांग्रेस नेताहरु रिहा हुँदै गए। बीपी पनि रिहा भएर भारतमा बसे। उनी २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किएपछि पुनः पक्राउ परे। फेरि रिहा पनि भए। त्यसपछि भने उनले २०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरे। सो सम्मेलनमार्फत् बीपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिए। बीपीको निधनपछि २०३९ सालमा गणेशमान सिंहको निवासमा उनी पुनः निर्विरोध कार्यवाहक सभापति चयन भए।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेस सरकार भएकै बेला २०४८ फागुन १ देखि ३ सम्म आठौं महाधिवेशन आयोजना गरिएको थियो। यो महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित भए। फागुन १ गते नै महाधिवेशन समारोहमा पार्टी महामन्त्री महेन्द्रनारायण निधिले पार्टी सभापतिका निम्ति भट्टराईको मात्रै उम्मेदवारी परेको र उनी नै निर्विरोध सभापतिमा निर्वाचित भएको भन्दै प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

सभापतिमा निर्वाचित भएपछि भट्टराईले पार्टी एकतामा जोड दिँदै भाषण गरेका थिए- ‘मैले पटक-पटक नियतिका कुरा तपाईंका छेउ गरेको छु। अहिले म पुनः त्यसैलाई दोहोर्‍याउन चाहन्छु। हाम्रो देशलाई बनाउने अभिभारा नियतिले हाम्रा काँधमा सुम्पेको छ। राजनीतिक परिवर्तनका प्रक्रियाहरु अब समाप्तप्रायः छन्। हामीले कम्मर कसेर विकासतिर लाग्नुछ। हामीमा एकता भएमा मात्र यस पुनीत कर्तव्यमा हामी सफल हुन सक्नेछौं र देशको भविष्य निरापद र सुखी हुन सक्नेछ।' (नेपाली कांग्रेस, ऐतिहासिक दस्तावेजहरु)

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिबेला सरकारको कार्यशैलीलाई लिएर कांग्रेसभित्र आलोचना भइरहेको थियो। कतिपय त सरकारले चुनावी घोषणापत्रअनुसार काम गर्न नसकेकाले प्रधानमन्त्री कोइरालालाई हटाउने प्रस्तावको तयारीमा पनि थिए। यस्तै, पृष्ठभूमिमा आयोजना भएको सो महाधिवेशनमा लिखित सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले जवाफ दिएका थिए- ‘जहाँसम्म पार्टी र सरकारको सम्बन्धको प्रश्न छ, मेरो विचारमा यी दुवैमा अन्तरसम्बन्ध भए पनि दुवैको मार्ग भिन्नाभिन्नै छन्। पार्टीको गठन जनताको माझ हुने भएकाले यसको प्रत्यक्ष सम्बन्ध जनतासँग हुन्छ र निश्चित रुपमा यसको कार्यक्षेत्र सरकारको भन्दा भिन्न हुन्छ। जबकि, सरकारको गठन पार्टीबाट हुन्छ तर, यसको जिम्मेवारीको क्षेत्र र उत्तरदायित्व भने पार्टीभन्दा बढी संवेदनशील र व्यापक हुन्छ। सरकारको संगठनको वैधानिक आधार पनि भिन्न हुन्छ। मुलुकको प्रचलित संविधान तथा प्रजातान्त्रिक संस्थाहरुको मर्यादा सरकारको निम्ति नाघ्न नसक्ने रेखा हुने हुँदा सरकारको स्थितिलाई विवेकपूर्ण रुपमा बुझ्नुपर्ने हुन्छ। पार्टीको भावनालाई कार्यरुपमा परिणत गर्न साथीहरुलाई जतिसुकै आतुरी भए पनि सरकारी पक्षले विभिन्न स्तरमा आफ्नै प्रकारको समस्याहरु बेहोर्नु परिरहेको हुन्छ। यस्तो बेलामा सरकारलाई पार्टीबाट शक्ति चाहिन्छ र पार्टीले यो शक्ति सरकारलाई दिन सक्नुपर्दछ।‘ (विमर्श साप्ताहिक- २०४८ फागुन २)

आठौं महाधिवेशनमा सुशील कोइराला प्रस्तावक र कृष्णकुमार जोशी समर्थक रहेको राजनीतिक प्रस्ताव पनि पारित गर्‍यो। ‘नेपाली कांग्रेस नेपालको सुदूरपूर्व झापामा सम्पन्न भएको यस ऐतिहासिक राष्ट्रिय महाधिवेशनमार्फत देशभरिका तमाम आफ्ना कार्यकर्ताहरुका समक्ष एउटा यो  सन्देश पनि पुर्‍याउन चाहन्छ कि नेपाली समाजलाई परिवर्तन गरी देशमा विकास र निर्माण गर्नका लागि आफ्ना सोचाइहरुको अझै परिष्कृत गरेर समाजवादको सोचाइमा आमूल परिवर्तन ल्याउनु आवश्यक छ। हिजो पञ्चायतका कार्यकर्ताहरुको सबै आवश्यकता सरकारले पूरा गरिदिनुपर्ने जुन स्थिति थियो, आज त्यस मानसिकतामा परिवर्तन ल्याउनका लागि वास्तवमा उच्चतम मूल्य र मान्यतालाई समाजमा स्थापित गर्नुपर्दछ। जुन हाम्रा लागि त्यति कठिन कार्य होइन, किनभने नेपाली कांग्रेसका कार्यकर्ताहरुले विगत उत्तम कार्यका लागि जुन त्याग र बलिदान गरे, त्यो अविस्मरणीय छ,' पारित भएको राजनीतिक प्रस्तावमा भनिएको छ। (नेपाली कांग्रेस, ऐतिहासिक दस्तावेजहरु)

महाधिवेशनपछि गठित केन्द्रीय कार्यसमितिमा सर्वमान्य नेतामा गणेशमान सिंह, सभापतिमा कृष्णप्रसाद भट्टराई, महामन्त्रीमा महेन्द्रनारायण निधि, सहमहामन्त्रीमा वासुदेव रिसाल, कोषाध्यक्षमा खनुप रुदे (रामबाबु) प्रसाईं, प्रवक्तामा तारानाथ रानाभाट, सदस्यहरुमा गिरिजाप्रसाद कोइराला, मंगलादेवी सिंह, नोना कोइराला, शेख इद्रिस, सुशील कोइराला, भू-विक्रम नेम्वाङ, शैलजा आचार्य, ढुण्डिराज शास्त्री, भीमबहादुर तामाङ, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, सूर्यभक्त अधिकारी, महन्थ ठाकुर, मणि लामा कायम भए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस् 

बीपीलाई जब सभापतिमा भूदेव राईले चुनौती दिए
पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन
विशेष महाधिवेशनबाट नेतृत्वमा पुनः बीपी, राजाको घोषणा ‘संसद्को चुनाव’
जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए
कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा
पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण
पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?
नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै
नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:०५
  • #इतिहासमा_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागत केन्द्रीय सदस्य (महिला) का दुई पदमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित... बिहीबार, असोज २९, २०८३
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको... बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो,... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य लामा र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्