complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
इतिहासमा कांग्रेस–१३

​​​​​​गणेशमान अनुपस्थित नवौं महाधिवेशनमा गिरिजालाई ८१ प्रतिशत मत

64x64
किशोर दहाल मंगलबार, कात्तिक २३, २०७८  २१:१५
1140x725

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो नवौं महाधिवेशन २०५३ वैशाख २६ देखि २८ सम्म काठमाडौंमा आयोजना गरेको थियो। नवौं महाधिवेशनलाई कांग्रेसभित्र यसअघिका भन्दा बढी प्रजातान्त्रिक महाधिवेशन पनि मानिएको थियो। परिमार्जित विधान अनुसार पहिलो पटक भएको यो  महाधिवेशनका लागि वडादेखि महाधिवेशन प्रतिनिधिसम्मको प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन भएको थियो। 

यसअघि सभापतिका लागि मात्रै निर्वाचन हुने गरेको थियो। अन्य पदमा सभापतिले नै मनोनीत गर्ने व्यवस्था थियो। यस महाधिवेशनदेखि भने पाँचै विकास क्षेत्रबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमा राखियो।

यो महाधिवेशनमा सभापतिका लागि तीन जना प्रतिस्पर्धी थिए, गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरि जोशी। वैशाख २७ गते सकिएको मतगणनामा खसेको कूल मत १४१० मध्ये कोइरालाले ११४४, वाग्लेले २५४ र रामहरि जोशीले १२ मत पाएका थिए। कोइरालाले पाएको मत ८१ प्रतिशतभन्दा बढी हो। साथै, यो कांग्रेस नेतृत्व दोस्रो पुस्तामा सरेको अवसर पनि थियो। 

सो महाधिवेशनमा पूर्वाञ्चलबाट विजयकुमार गच्छदार, मध्यमाञ्चलबाट भीमबहादुर तामाङ, मध्यपञ्चिमाञ्चलबाट सुशील कोइराला, पश्चिमाञ्चलबाट रामचन्द्र पौडेल र सुदूरपश्चिमाञ्चलबाट शेरबहादुर देउवा केन्द्रीय समितिमा निर्वाचित भएका थिए। 

यो महाधिवेशनको एउटा उल्लेखनीय पक्ष हो, गणेशमान सिंहको अनुपस्थिति। २०४८ सालमा गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लिएका नीतिहरुका आलोचक रहेका र कोइरालासँग अनेक विषयमा मतभिन्नता राख्दै आएका सिंहले २०५१ भदौ ३१ गते नेपाली कांग्रेस परित्याग गरेको औपचारिक घोषणा गरेका थिए।

पार्टी परित्याग गर्नुमा उनले पार्टीभित्रको अप्रजातान्त्रिक र तानाशाही प्रवृत्तिबाट आफू असन्तुष्ट रहेको, कांग्रेसले आफ्नो विचार र भावनाको कदर नगरेको लगायतका कारण प्रस्तुत गरेका थिए। ‘विवेकशून्य भावुकतामा बगेर नेपाली कांग्रेसको प्राणहीन साइनबोर्डको पछि लाग्नुभन्दा देश, जनता, प्रजातन्त्र र शहीदहरुप्रतिको आफ्नो कर्तव्य पूरा गर्न उचित ठानेर आफ्नो अन्तरआत्माको आवाज बमोजिम मैले नेपाली कांग्रेसबाट अलग हुने निर्णय गरेको हुँ’, २०५१ कात्तिक १४ गते उनले सार्वजनिक गरेको एक आह्वानमा भनिएको छ।

सिंहको अनुपस्थितिलाई सम्झिँदै तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले महाधिवेशन उद्घाटन गर्दै भनेका थिए- 'सर्वोच्च र सर्वमान्य नेता गणेशमान सिंहको अनुपस्थितिले महाधिवेशनको कार्यक्रम नै खल्लो भएको छ। अर्थात् उहाँको उपस्थिति खड्किएको छ। पचास वर्षको नेपाली कांग्रेसको इतिहासमा उहाँको अनुपस्थिति भएको यो पहिलो महाधिवेशन हो।' (देशान्तर साप्ताहिक- २०५३ वैशाख ३०)

सो महाधिवेशनमा महामन्त्री महेन्द्र नारायण निधिले प्रतिवेदन पेस गरेका थिए। ‘पार्टी सभापतिमा निर्वाचित हुने नेतृत्वमा पार्टी एकता, विस्तार र सुदृढ बनाउने दायित्व रहन्छ। पार्टीको सभापति पदमा त्यस्तो व्यक्तित्व मात्रै सबैका लागि मान्य हुन्छ, जसमा व्यापक उदारदृष्टि, राष्ट्र-राष्ट्रियताप्रतिको माया तथा प्रजातन्त्र र समाजवादका आदर्शप्रतिको अनुराग एवं पार्टी कार्यकर्ताको त्याग र तपस्याको मूल्यांकन गर्ने क्षमता रहन्छ। यिनै गुण विद्यमान रहेका कारण पार्टीको स्थापनाकालदेखि हालसम्म सभापतिको पद सम्हाल्ने हाम्रा आदरणीय नेताहरुले हरेक कार्यकर्ताको मुटुको स्पन्दनलाई छुन सकेको यथार्थ कसैबाट छिपेको छैन। अब आउने नेतृत्वमा पनि त्यस्तै गुणको अपेक्षा गरिनु अस्वभाविक ठहर्दैन’, वैशाख २७ गते प्रस्तुत निधिको प्रतिवेदनमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशनमा विभिन्न प्रस्तावहरु पारित गरिएको थियो। जसमध्ये राजनीतिक प्रस्तावमा भनिएको छ- ‘संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रका पक्षमा पचास वर्ष पूर्व नेपाली कांग्रेसले जुन मान्यताहरु अगाडि सारेर आफ्नो संगठन सुरु गरेको थियो, ती आज सबैका लागि मान्य हुन पुगेका छन्। हिजोका एकदलीय तानाशाही र निर्दलीय निरंकुशतामा विश्वास गर्नेहरु पनि आज बहुदलीय प्रजातन्त्रको पक्षमा उभिनैपर्ने अवस्था सिर्जना भएको छ। परिणामस्वरुप नेपाली कांग्रेसले पचास वर्षदेखि चाहेको राजनीतिक व्यवस्था सबैका लागि मान्य मात्रै होइन लोकप्रिय पनि सावित भएको छ भने शासनमा जनताको साझा सहभागिता सुनिश्चित भएको छ।’

महाधिवेशनमा सभापति निर्वाचित भएपछि कोइरालाले विचार र कार्यक्रम प्रस्तुत गरेका थिए। जहाँ उनले भनेका छन्- अर्थतन्त्रका आधुनिक र गतिशील क्षेत्रहरुमा प्रतिस्पर्धा र उदारवादी व्यवस्थाका संरचनाहरुसँगै ग्रामीण विकास, शिक्षा, स्वास्थ्य-सेवा, पानी, सडक, बिजुली जस्ता क्षेत्रहरुमा सरकारी संलग्नताको उचित संयोजन गरेर आर्थिक विकासको गतिलाई तीव्रता दिने दृष्टिकोण नेपाली कांग्रेसको समाजवादी दृष्टिकोण हो।

सभापति निर्वाचित भएपछि वैशाख २८ गते महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए- नेपाली कांग्रेस नेपाली राजनीतिको मियो भएको नाताले हाम्रो पार्टीले नै राष्ट्रिय राजनीतिको यो धमिलो चित्रलाई सफा गरेर सुस्पष्ट बाटोमा लैजान जिम्मेदारी सम्हाल्नुपर्छ। नेपाली कांग्रेसले संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको वर्तमान संवैधानिक संरचनालाई निष्ठापूर्वक स्वीकार गर्ने राजनीतिक पार्टीहरु र जनतालाई एउटै थलोमा उभ्याएर प्रजातन्त्र-विरोधी शक्तिहरुलाई सधैंका निम्ति परास्त गर्नुपर्दछ।

कोइरालाले पार्टी सुदृढीकरणका लागि चार वटा मूल मन्त्र अघि सारेका थिए। जसमा गुटबन्दीलाई निर्मुल पार्ने, पार्टी विधान र अनुशासनको निष्ठापूर्वक पालना गर्ने, कठोर परिश्रम गर्ने र उच्च नैतिक चरित्रको विकास गर्ने विषयहरु थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महाधिवेशन समाप्त भएको केही दिनमै सभापति कोइरालाले केन्द्रीय कार्यसमितिको विस्तार गरे। जसअनुसार, उपसभापतिमा शैलजा आचार्य, महामन्त्रीद्वयमा सुशील कोइराला र तारानाथ रानाभाट मनोनित भए। त्यस्तै, सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, शेख इद्रिस, मंगलादेवी सिंह, नोना कोइराला, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, महन्थ ठाकुर, कुलबहादुर गुरुङ, रामवरण यादव, महेश आचार्य लगायत रहे।

त्यतिबेला विधानमा उपसभापतिको व्यवस्था थिएन। तर, सभापति कोइरालाले शैलजालाई उपसभापतिमा मनोनीत गरेका थिए। पार्टीको त्यति उच्च पदमा पुग्ने शैलजा नै अहिलेसम्मको एक मात्र महिला नेता हुन्।

यो पनि पढ्नुहोस् :

३१ वर्षपछि बल्ल जुरेको आठौं महाधिवेशन

बीपीलाई जब सभापतिमा भूदेव राईले चुनौती दिए
पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन
विशेष महाधिवेशनबाट नेतृत्वमा पुनः बीपी, राजाको घोषणा ‘संसद्को चुनाव’
जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए
कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा
पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण
पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?
नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै
नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  २१:१५
  • #इतिहासमा_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको... बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो,... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्