• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेटवर्किङ धन्दा : समितिको निर्देशनपछि इजाजत रोकियो, तर कारोबार रोकिएन

64x64
हेमन्त जोशी सोमबार, साउन १९, २०७७  ०६:३५
1140x725

काठमाडौं-संसदीय समितिको निर्देशनपछि वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत दिने काम रोकिए पनि इजाजत पाईसकेका कम्पनीले गरिरहेको अवैध नेटवर्किङ धन्दा र उनीहरुको कारोबार भने रोकिएको छैन। 

वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा इजाजत लिएर केही कम्पनीले अवैध नेटवर्किङ धन्दा चलाउन खोजेपछि संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गत बिहीबार तत्काल त्यस्तो इजाजत दिने काम रोक्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दियो।

तर इजाजत पाईसकेका कम्पनीहरुका हकमा भने समितिले मन्त्रालय र इजाजत दिने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कुनै निर्देशन दिएन। समितिको निर्देशनमा इजाजत पाईसकेका कम्पनीलाई के गर्ने भन्नेकुरा खुलाईएको नदेखेपछि वाणिज्य विभागले पनि ती कम्पनीलाई थप कुनै निर्देशन गरेन।

यो पनि पढ्नुहोस्

नेटवर्किङ व्यवसायबारे छानबिन गर्न संसदीय उपसमिति गठनबिहीबार, साउन १५, २०७७

जबकि इजाजत पाएका कम्पनी र त्यसमा आबद्ध रहेका व्यक्तिहरु विगतमा ठगी धन्दामा लागेको र अहिले पनि वस्तुको प्रत्यक्ष बिक्रीका आडमा त्यही धन्दालाई ब्युँताउन खोजिरहेका छन् भन्नेबारे विभाग, मन्त्रालय र समितिसमेत जानकार थिए। यसबाट केही कम्पनीलाई इजाजत दिएर काम पनि गर्न दिने तर केही कम्पनीलाई भने इजाजत दिनै रोक्ने निर्देशन किन भयो भन्ने प्रश्न खडा भएको छ। 

विभागका अनुसार वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि ७ वटा कम्पनीले इजाजत पाईसकेका छन्। ६ वटा इजाजत लिने क्रममा छन्। इजाजत पाईसकेका कम्पनीहरुले खुलेआम काम गरिरहने तर इजाजत पाउन बाँकीलाई मात्रै रोक्ने जस्तो व्यहोराको निर्देशन समितिबाट भएको विषयमा समितिका सदस्य तथा यही विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सोमप्रसाद पाण्डेयलाई सोध्दा उनले विभागले ती कम्पनीले अहिले कुनै पनि कारोबार नगरेको जानकारी दिएको र इजाजत पाईसकेकाहरुलाई काम नगर भन्दा केही कानुनी जटिलता आउनसक्ने बताए। 

‘हामी विभाग र मन्त्रालयसँग निरन्तर छलफलमै छौं। विभागले इजाजत पाईसकेका कम्पनीले कारोबार गरे/नगरेको विषयसँग सरोकार साउन मसान्तमा मात्रै हुने र प्रगति विवरण पेश गर्न भने पनि नआएको भनेर जानकारी समितिलाई दिएकाे छ,’ उनले भने, ‘कानुनी रुपमा इजाजत पाएकाहरुले त फेरि अदालतमा मुद्दा लड्न पनि सक्छन्। यो समस्या पनि छँदैछ। तर नियमनमा कडाइ गर्ने, कार्यविधि, निर्देशिका, मापदण्ड बनाउने कुरामा ध्यान दिन भनेका छौं।’ 

वस्तुकाे प्रत्यक्ष बिक्रीका लागि सबै कानुनी आधार तयार नपारीकनै काम गर्न नदिन विभागलाई भनिसकेको पनि पाण्डेयले बताए। ‘निर्देशिका, कार्यविधिहरु नबनाईकन कसरी काम हुन्छ र!’ उनले भने। त्यस्तै, नेटवर्किङको ठगी धन्दामा लागेका पुरानै व्यक्तिहरुले अहिले वस्तुको प्रत्यक्ष बिक्रीका लागि इजाजत पाएको भन्ने विषयमा समितिले खोजी गरिरहेको पनि उनले बताए। 

समितिले गत बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्ने संस्थाहरुलाई इजाजत प्रदान गर्ने कार्य अर्को निर्णय नभएसम्म तत्काल रोक्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै वस्तुको प्रत्यक्ष बिक्री गर्न हालसम्म विभागले अनुमति दिएका कम्पनीका सञ्चालकहरु, विभागबाट वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्न इजाजत प्रदान गर्ने सम्बन्धमा जारी गरिएको निर्देशिका तथा विगतमा नेटवर्किङ व्यवसायको माध्यमबाट सर्वसाधारणलाई ठगी गर्ने व्यक्तिहरुको विस्तृत विवरण ३ दिनभित्र समितिलाई उपलब्ध गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको थियो। 

विभागले इजाजत दिँदा अबलम्बन गरेको प्रकृया तथा विगतमा कुनै न कुनै नेटवर्किङ व्यवसायको माध्यमबाट सर्वसाधारण जनतालाई ठगी गर्ने व्यक्तिहरुले नै नयाँ कम्पनी दर्ता गरे/नगरेकोबारे जवाफ पठाउन पनि समितिले निर्देशन दिएको छ।

विगतमा ठगीधन्दामा लागेका व्यक्तिले नै अहिले कम्पनी दर्ता गरेको पाईएमा त्यस्ता व्यक्तिहरुलाई गर्नुपर्ने कारबाही र वस्तुको प्रत्यक्ष बिक्री वितरणबाट सर्वसाधारण जनतालाई ठगी हुन नदिन भविष्यमा अबलम्बन गर्ने उपायहरुसमेत समावेश गरी राय सुझाव दिन पाण्डेयको संयोजकत्वमा उपसमितिसमेत गठन भएको थियो।

समितिको बैठकपछि सभापति विमलप्रसाद श्रीवास्तवले उक्त उपसमितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिईएको बताएका थिए। तर समितिले मन्त्रालयलाई पठाएको निर्देशनको व्यहोरामा भने एक महिना समय दिईएको उल्लेख गरिएको छ।  

उपभोक्ता अधिकारकर्मीसँग उपसमितिको छलफल 

वस्तुको प्रत्यक्ष बिक्री वितरण र यसका आडमा नेटवर्किङ व्यवसाय भईरहेको विषयमा अध्ययन गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट गठित उपसमितिले आइतबार उपभोक्ता अधिकारकर्मीहरुसँग छलफल गरेको छ।

उपभोक्ता अधिकारकर्मीहरु प्रेमलाल महर्जन, माधव तिमल्सिना, विष्णु तिमल्सिना, रञ्जन खनाल र विमला खनाल छलफलमा उपस्थित थिए। छलफलमा सहभागी एकथरी उपभोक्ताकर्मीले नेटवर्किङ धन्दा मौलाउने देखिएका कारण वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी ऐन, नियमावली नै खारेज गर्न समितिले निर्देशन दिनुपर्ने धारणा राखेका थिए भने अर्कोथरिले मौजुदा कानुनी व्यवस्था आफैंमा नराम्रो नरहेका कारण यसको कडिकडाइका साथ पालना गर्नुपर्ने धारणा राखेका थिए।

ऐन नै खारेज गर्नुपर्ने अन्यथा अहिले इजाजत पाएका कम्पनीले ठगी नगर्ने विषयमा समितिले ग्यारेन्टी गर्नुपर्ने र ठगी भएमा जिम्मा लिनुपर्ने लगायतका विषय आएपछि उपसमितिका सदस्यहरुले केही आक्रोश पोखेको पनि छलफलमा सहभागी एक उपभोक्ता अधिकारकर्मीले बताए।

अधिकारकर्मीहरु आफैं द्वैध चरित्र लिएर हिँड्ने गरेको भन्दै आफूहरुमाथि आक्रोश पोखिएको उनको भनाइ छ। ऐन खारेज गर्नु सहज नभएको उपसमितिका सदस्यहरुको भनाइ थियो भने त्यसका लागि निर्देशन समितिबाटै हुनुपर्ने उपभोक्ता अधिकारकर्मीहरुको भनाइ थियो। उपसमितिले आइतबार नै वाणिज्य विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि र वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी ऐनको प्रावधानअनुसार गठित निर्देशक समितिका विज्ञसँगसमेत छलफल गरेको छ।

सम्बन्धित समाचार

सांसद भन्छन्- नेटवर्किङबाट हामी नै ठगिएका छौंं, यसलाई तत्काल बन्द गरौं

संसदीय समितिमा वाणिज्य विभागका महानिर्देशकले भने-नेटवर्किङ गर्ने व्यक्तिको प्रहरी रिपोर्ट नहेरेर गल्ती भयो
अवैध नेटवर्किङ धन्दालाई राज्यको संरक्षण : बिहीबार स्पष्टीकरण, त्यसपछि २ दिन प्रशिक्षण, सोमबार ‘क्लीन चिट’

अवैध नेटवर्किङ व्यवसाय गर्ने नेचर हर्ब्सलाई वाणिज्य विभागले सोध्यो स्पष्टीकरण

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा चलेको नेटवर्किङ धन्दामा नियामकको रहस्यमय मौनता

नेटवर्किङ धन्दाको चक्रव्यूह : पूर्व प्रदेश प्रमुखदेखि पूर्व एआइजीसम्म संलग्न 

कानुनविपरीत नेटवर्किङ धन्दा भइरहेको वाणिज्य विभागद्वारा स्वीकार

 

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्द... शनिबार, भदौ २७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र... शनिबार, भदौ २७, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्