• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै

खान योग्य भनी प्रमाणित गर्ने कर्मचारीलाई कारबाही कहिले?
64x64
हेमन्त जोशी शनिबार, चैत २१, २०७७  १२:०४
1140x725

काठमाडौं- राजस्व चुहावटको कसुरमा राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले एक वर्षअघि समातेको ७२ मेट्रिक टन चिनी अन्तत: नष्ट गरिने भएको छ।

राजस्व अनुसन्धान विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त चिनी गुणस्तरहीन रहेको पत्र पठाएपछि नष्ट गर्न लागिएको हो। चिनी समातिएको एक वर्षपछि नष्ट गर्ने निर्णय भए पनि यसअघि उक्त चिनी उपभोग गर्न योग्य भनी प्रमाणित गर्ने कर्मचारीहरुलाई भने उन्मुक्ति दिइएको छ।

नेपाल लाइभले पहिलोपटक गत जेठ २५ गते ‘तीन महिनादेखि ७२ मेट्रिक टन चिनी राजस्व अनुसन्धानको नियन्त्रणमा, गुणस्तरबारे दुई थरी रिपोर्ट आएपछि अन्योल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन चिनीलाई खान योग्य भनी प्रमाणित गरेपछि यस विषयमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक छानबिन समिति बनाएको थियो।

‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको चिनी (भारतबाट आयातित) को गुणस्तर परीक्षण सम्बन्धमा गठित छानबिन समिति’मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक तथा पशु सेवा विभागका तत्कालीन महानिर्देशक डा. वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइराला सदस्य थिए। यो छानबिन समितिले मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदनमा चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको र गुणस्तर परीक्षणको झुटो रिपोर्ट तयार पारेकोले विभागकी तत्कालीन महानिर्देशक मतिना वैद्य जोशीसहित तीन कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ। कारबाहीको सिफारिस भएका कर्मचारीहरुमा तत्कालीन महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राई पनि थिए।

के थियो विषय? 
२०७६ माघमा काटमाडौंको अनुष्का मल्टिपर्पस कम्पनी प्रालिले भारतको उत्तरप्रदेश बहराइचस्थित सिमभौली सुगर कम्पनी प्रालिले उत्पादन गरेको चिनी भन्सार जाँचपासका लागि ल्यायो। भारतबाट आयात गर्न लागिएको उक्त चिनी भन्सार यार्डमा आइसकेपछि भन्सार कार्यालय जलेश्वरले गुणस्तर चेकजाँचका लागि भन्दै २०७६ फागुन २५ गते खाद्य आयात-निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर पठायो। प्रमाणीकरण कार्यालयले उक्त चिनीको गुणस्तर मापदण्डविपरीत रहेको, चिनीको बोरामा उपभोग्य मिति नराखेको तथा केरमेट गरेको रिपोर्ट भन्सारलाई बुझायो।

भन्सार कार्यालयमा यस्तो प्रतिवेदन आएसँगै उक्त चिनी राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लियो र गुणस्तरको विस्तृत जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल पठायो। विभागले भने उक्त चिनीको गुणस्तर ठीक रहेको र खान योग्य भनी रिपोर्ट राजस्व अनुसन्धानलाई बुझाएपछि गुणस्तर परीक्षणको विषय थप शंकास्पद बन्यो। चिनीको गुणस्तर र लेबलिङबारे एउटै मन्त्रालय मातहतका दुई निकायबाट फरक-फरक रिपोर्ट आएपछि खाद्य प्रविधि विभागको परीक्षणमा शंका देखिएको थियो। गुणस्तरहीन चिनीलाई प्रयोग गर्न उपयुक्त रहेको रिपोर्ट बनाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीले चलखेल गरेको शंका लागेपछि मन्त्रालयलेसमेत सो विषय छानबिन समिति गठन गरेको थियो।

यो पनि पढ्नुहोस्

खाद्य प्रविधि विभागका महानिर्देशकसहित ३ कर्मचारीलाई कारबाहीको सिफारिसबुधबार, भदौ १०, २०७७

चिनी नियन्त्रणमा लिइसकेपछि राजस्व अनुसन्धान विभागले गत वैशाख १५ गतेको (चलानी नम्बर ५६२) पत्रमार्फत् ‘चिनीको गुणस्तर परीक्षण गरी खान योग्य भए/नभएको र खान योग्य भएको भए खान योग्य मितिसमेत खुलाई पठाइदिनू’ भनी सिलबन्दी नमूनासहित खाद्य प्रविधि विभागलाई पठाएको देखिन्छ। राजस्व अनुसन्धान कार्यालय पथलैयाका शाखा अधिकृत चुडामणी बस्यालको रोहबरमा मुचुल्का तयार पारी खाद्य प्रविधि विभागलाई पठाएइएको थियो। नमूना चिनीमा ‘लेबल नभएको, नमूना खुल्ला अवस्थामा प्राप्त भएको र प्राप्त नमूनाहरूमा अस्वाभाविक अवस्था वा बाह्य वस्तुहरू भएको नदेखिएको’ कुरा उक्त मुचुल्कामा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, खाद्य प्रविधि विभागले उक्त नमूनाहरूको परीक्षण गर्दा तोकिएको मापदण्डमा र गुणस्तरअनुरूप रहेको देखिएको भनी वैशाख १७ गतेको पत्रमार्फत् राजस्व अनुसन्धान विभागलाई जानकारी गराएको देखिन्छ। राजस्व अनुसन्धान विभागले दोस्रोपटक गत जेठ ७ गते (चलानी नम्बर १७९६) पत्रमार्फत् चिनीको बोरामा सिजन र प्याकिङ गरिएको मिति लेखिएको स्थानमा हातले सच्याइएको एक बोरा र सिजन र प्याकिङ मिति प्रिन्टेड अवस्थामा रहेको थप एक बोरा गरी समान ५० केजी क्षमताका दुई बोरा चिनी गुणस्तर परीक्षणका लागि विभागमा पठाइएको थियो। उक्त चिनीलाई पनि खाद्य प्रविधि विभागले खान योग्य भन्दै रिपोर्ट बनाएर जेठ १४ गते राजस्व अनुसन्धानलाई बुझाएको देखिन्छ।

छानबिन समितिको प्रतिवेदनमा के छ?
कृषि मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले गत जेठमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशकसहित गुणस्तर चेकजाँचमा संलग्‍न कर्मचारीलाई सोधपुछ गरेको थियो। यसका साथै समितिले चिनीको गुणस्तर परीक्षण गर्दा प्रयोगशालाले अपनाएको प्रक्रिया र विधिसँग सम्बन्धित कागजातहरु पनि नियन्त्रणमा लिई अध्ययन गरेको थियो। नेपाल लाइभलाई स्रोतले उपलब्ध गराएको अध्ययन प्रतिवेदनमा भारतबाट आयात भई राजस्व चुहावट अभियोगमा नियन्त्रणमा रहेको चिनीको गुणस्तर परीक्षण गर्दा खाद्य प्रविधि विभागले गम्भीर त्रुटि गरेको र खान योग्य भनी रिपोर्ट बनाउँदा चलखेल गरेको हुनसक्ने निष्कर्ष निकालेको छ।

‘पैठारीको क्रममा रहेको चिनीको जलेश्वरस्थित गुणस्तर प्रमाणीकरण कार्यालयले गरेको परीक्षणका बारे विभागका महानिर्देशकलाई थाहा नहुनु र परीक्षण प्रतिवेदनको बोधार्थ प्रतिलिपिसमेत विभागमा नहुनु आश्चर्यजनक कुरा हो,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ‚ ‘आयातित चिनीको परीक्षण सम्बन्धमा विभागको लापरबाही देखिनुका साथै प्रचलित कानुनकोसमेत पालना नगरेको पाइएकोले चिनीको परीक्षण कार्यमा संलग्‍न कर्मचारी र विभागका महानिर्देशकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिन्छ।’

 

Xtrem

Xtrem

त्यस्तै खाद्यजस्तो संवेदनशील विषयको परीक्षण मानदण्ड र प्रक्रिया परिभाषित नहुनु, खुला रूपमा प्राप्त नमूना परीक्षण गर्नु, लेबल र व्याच नम्बरसमेत थाहा नपाई परीक्षण प्रतिवेदन दिनु, आफ्नै अन्तर्गतका कार्यालयहरूको परीक्षणहरूबीच एकरूपता कायम नगराउनुजस्ता विषयहरूमा विभागको लापरबाही र बेवास्ता गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ समितिको प्रतिवेदन:

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्