• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खाद्य प्रविधि विभागका महानिर्देशकसहित ३ कर्मचारीलाई कारबाहीको सिफारिस

चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको अध्ययन समितिको ठहर
64x64
हेमन्त जोशी बुधबार, भदौ १०, २०७७  १६:१४
1140x725

काठमाडौं- ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको चिनी (भारतबाट आयातित)को गुणस्तर परीक्षण सम्बन्धमा गठित छानबिन समिति’ले विभागकी महानिर्देशक मतिना वैद्य जोशीसहित ३ कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ। महानिर्देशक जोशीसहितका तीन कर्मचारीलाई कारबाही सिफारिस गर्दै समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको हो। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक, पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोईराला सदस्य रहेको समितिले चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको भन्दै महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न सुझावसहित प्रतिवेदन बुझाएको हो। 

नेपाल लाइभले पहिलोपटक गत जेठ २५ गते ‘तीन महिनादेखि ७२ मेट्रिक टन चिनी राजश्व अनुसन्धानको नियन्त्रणमा, गुणस्तरबारे २ थरी रिपोर्ट आएपछि अन्यौल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

चिनीको गुणस्तर र लेबलिङबारे एउटै मन्त्रालय मातहतका दुई निकायबाट फरक-फरक रिपोर्ट आएपछि खाद्य प्रविधि विभागको परीक्षणमा शंका देखिएको थियो। गुणस्तरहीन चिनीलाई प्रयोग गर्न उपयुक्त रहेको रिपोर्ट बनाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीले चलखेलसमेत गरेको शंका लागेपछि मन्त्रालयले सो विषय अध्ययन समिति गठन गरेको थियो। 

के थियो विषय? 
भारतबाट आयात गर्न लागिएको चिनी गत फागुन २५ गते भन्सार यार्डमा आइसकेपछि भन्सार कार्यालय जलेश्वरले गुणस्तर चेकजाँचका लागि खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर पठाएको थियो। उक्त चिनीको गुणस्तर मापदण्डविपरीत रहेको रिपोर्ट प्रमाणीकरण कार्यालयले भन्सारलाई बुझाएपछि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको लियो। तर राजश्व अनुसन्धानले त्यही चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गुणस्तर चेकजाँचका लागि पठाउँदा विभागले भने उक्त चिनीको गुणस्तर ठिक रहेको र खान योग्य भनी रिपोर्ट निकालेको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गुणस्तर प्रमाणिकरण कार्यालयले गरेको परीक्षणमा चिनी प्याकिङ गरिएको बोराको लेबलमा उल्लेखित विवरणअनुसार चिनीको उपभोग्य मिति समाप्त भएकोले आयातका लागि अनुपयुक्त रहेको व्यहोराको पत्र जलेश्वर भन्सार कार्यालयलाई दिएको थियो। यही विषयमा छानबिन समितिले विभागका महानिर्देशकसँग सोधपुछ गर्दा उनले भने‚ ‘विभागमा प्राप्त नभएको जानकारी गराएको प्रतिवेदनमा उल्लेख छ।’ 
चिनी नियन्त्रणमा लिइसकेपछि राजस्व अनुसन्धान विभागले गत वैशाख १५ गतेको (चलानी नंम्बर ५६२) पत्रमार्फत् ‘चिनीको गुणस्तर परीक्षण गरी खान योग्य भए/नभएको र खान योग्य भएको भए खान योग्य मिति समेत खुलाई पठाइदिनू’ भनी सिलबन्दी नमूनासहित खाद्य प्रविधि विभागलाई पठाएको देखिन्छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका शाखा अधिकृत चुडामणी बस्यालको रोहबरमा मुचुल्का तयार पारी खाद्य प्रविधि विभागलाई पठाएइएको थियो। नमूना चिनीमा ‘लेबल नभएको, नमूना खुल्ला अवस्थामा प्राप्त भएको र प्राप्त नमूनाहरूमा अस्वाभाविक अवस्था वा बाह्य वस्तुहरू भएको नदेखिएको’ कुरा उक्त मुचुल्कामा उल्लेख छ। 

तर खाद्य प्रविधि विभागले उक्त नमूनाहरूको परीक्षण गर्दा तोकिएको मापदण्डमा र गुणस्तर अनुरूप रहेको देखिएको भनी वैशाख १७ गतेको पत्रमार्फत् राजस्व अनुसन्धान विभागलाई जानकारी गराएको देखिन्छ। राजस्व अनुसन्धान विभागले दोस्रोपटक गत जेठ ७ गते (चलानी नम्बर १७९६) पत्रमार्फत् चिनीको बोरामा सिजन र प्याकिंग गरिएको मिति लेखिएको स्थानमा हातले सच्याइएको १ बोरा र सिजन र प्याकिंग मिति प्रिन्टेड अवस्थामा रहेको थप १ बोरा गरी समान ५० केजी क्षमताका २ बोरा चिनी गुणस्तर परीक्षणका लागि विभागमा पठाइएको थियो। उक्त चिनीलाई पनि खाद्य प्रविधि विभागले खान योग्य भन्दै रिपोर्ट बनाएर जेठ १४ गते राजस्व अनुसन्धानलाई बुझाएको देखिन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अध्ययन समितिको प्रतिवेदनमा के छ? 
छानबिन समितिले गत जेठ २९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित गुणस्तर चेकजाँचमा संलग्न कर्मचारीलाई सोधपुछ गरेको थियो। यसका साथै समितिले चिनीको गुणस्तर परीक्षण गर्दा प्रयोगशालाले अपनाएको प्रकृया र विधिसँग सम्बन्धित कागजातहरु पनि नियन्त्रणमा लिई अध्ययन गरेको थियो। नेपाल लाइभलाई श्रोतले उपलब्ध गराएको अध्ययन प्रतिवेदनमा भारतबाट आयात भई राजस्व चुहावट अभियोगमा नियन्त्रणमा रहेको चिनीको गुणस्तर परीक्षण गर्दा खाद्य प्रविधि विभागले गम्भीर त्रुटी गरेको र खानयोग्य भनि रिपोर्ट बनाउँदा चलखेल गरेको हुनसक्ने निष्कर्ष निकालेको छ। 

‘पैठारीको क्रममा रहेको चिनीको जलेश्वरस्थित गुणस्तर प्रमाणीकरण कार्यालयले गरेको परीक्षणका बारे विभागका महानिर्देशकलाई थाहा नहुनु र परीक्षण प्रतिवेदनको बोधार्थ प्रतिलिपि समेत विभागमा नहुनु आश्चर्यजनक कुरा हो।’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ‚ ‘आयातित चिनीको परीक्षण सम्बन्धमा विभागको लापरबाही देखिनुका साथै प्रचलित कानूनको समेत पालना नगरेको पाइएकोले चिनीको परीक्षण कार्यमा संलग्न कर्मचारी र विभागका महानिर्देशकलाई कानून बमोजिम कारबाही गर्नुपर्ने देखिन्छ।’

त्यस्तै खाद्यजस्तो संवेदनशील विषयको परीक्षण मानदण्ड र प्रकृया परिभाषित नहुनु, खुला रूपमा प्राप्त नमूना परीक्षण गर्नु, लेबल र व्याच नम्बर समेत थाहा नपाई परीक्षण प्रतिवेदन दिनु, आफ्नैअन्तर्गतका कार्यालयहरूको परीक्षणहरूबीच एकरूपता कायम नगराउनुजस्ता विषयहरूमा विभागको लापरबाही र बेवास्ता गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यासको कारोबारलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन निगमले अघि सारेको व्यवस्था सकारात्मक रह... बुधबार, कात्तिक ११, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामा... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्