काठमाडौं– भारतको मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात थप शक्तिशाली भएर आँधीबेहेरीमा बदलिने चेतावनी जारी गरेको छ।
बीबीसी हिन्दीका अनुसार मोन्था आँधीको प्रभाव भारतको महाराष्ट्र, आन्ध्र, अन्दमान निकोबारलगायत क्षेत्रमा पर्नेछ। मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ। नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले जनाएको छ।
मंगलबारदेखि विहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले हिमपात र वर्षा गराउनेछ। मंगलबार मोन्था आँधीले देशैभरकै बदली गराउने र वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।