काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्रीका लागि इजाजत पाएको कम्पनी नेचर हर्ब्सलाई स्पष्टीकरण सोधेको छ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार उक्त कम्पनीले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत पाउनुअघि गरेका क्रियाकलापबारे ३ दिनभित्र विभागमा जवाफ लेखीपठाउन भनेको हो।
‘इजाजत पाउनुअघि नै उसले गरिरहेका क्रियाकलापबारे स्पष्टीकरण सोधिएको हो। अरु कम्पनीका गतिविधिमा पनि शंका लागेमा विभागले स्पष्टीकरण सोध्छ,’ महानिर्देशक सुवेदीले भने।
उक्त कम्पनीले यसअघि के-कस्ता व्यापारिक गतिविधि गरिरहेको थियो? र ती गतिविधि मौजुदा कानुनअनुसार गर्न मिल्ने नमिल्ने बारे विभागले स्पष्टीकरण सोधेको हो।
नेचर हर्ब्सले गत असार १७ गते वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्नुका लागि अनुमति पाउनुअघि नै पिरामिड शैलीको अवैध नेटवर्किङ धन्दा गरिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।