काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ ।
प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा राखिएका छन् ।
त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डाहरू पनि पोलहरूमा फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए ।
प्रधानमन्त्री शाहको यो दोस्रो विदेश भ्रमण हो । दुई दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।