• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कानुनविपरीत नेटवर्किङ धन्दा भइरहेको वाणिज्य विभागद्वारा स्वीकार

‘अहिले सचेत गराउने र आवश्यक परे कारबाहीको प्रकृया थाल्ने’
64x64
नेपाल लाइभ मंगलबार, साउन १३, २०७७  १६:१८
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा केही संस्था र व्यक्तिहरुले नेटवर्किङ धन्दा चलाएको स्वीकार गरेको छ। विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेत्रप्रसाद सुवेदीले केही कम्पनीको गतिविधि शंकास्पद लागेकाले विभागले स्पष्टीकरण सोधेको र सुध्रिन चेतावनी दिएको बताए। 

‘हामीले स्पष्टीकरण सोधेर ‘क्लिन चिट’ दिएका छैनौं। सचेत गराएका हौं। उनीहरु सुध्रिएर सही बाटोमा आउनुपर्छ भन्ने मात्रै हो।  गम्भीर खालका कमजोरी पुष्टि भए थप कारबाही प्रकृया अगाडि बढ्छ’ महानिर्देशक सुवेदीले भने। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६ भर्खरै मात्र कार्यान्वयनमा आएकाले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत पाएका कम्पनीलाई विभागले मौजुदा कानुनको प्रावधानभित्रै रहेर काम गर्न भनेको उनले बताए। ‘कानुनी रुपमा आएकालाई इन्करेज  नै गर्ने हो। तर कानुनविपरीत कुनै गतिविधि देखिए हामी अनुगमन र कारबाही गर्छौं’ उनले भने। 

वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी इजाजत दिने, निरीक्षण गर्ने र अनुगमन अधिकृत तोक्नेसम्मका काम एउटै शाखा र व्यक्तिबाट गराउनु विभागको कमजोरी रहेको भन्दै महानिर्देशक सुवेदीले त्यसलाई सच्याउने पनि बताए। त्यस्तै विगतमा नेटवर्किङको ठगी धन्दा चलाएका व्यक्तिहरु अहिले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा इजाजत लिन आएको विषयमा जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनलगायत निकायसँगको समन्वयमा आवश्यक अनुसन्धान गरिने पनि उनले बताए।

इजाजत पाएका कम्पनीहरुले अहिले व्यवसाय शुरु नगरिसकेकाले उनीहरुले गलत गरेको भन्ने दाबी प्रमाण पनि नरहेको विभागले जनाएको छ। तर इजाजत पाउनुअघि नै केही कम्पनीले नेटवर्किङ शैलीको अवैध धन्दा संचालन गरिरहेको विषयालाई भने विभागले घुमाउरो शैलीमा स्वीकार गरेको छ।

नेटवर्किङ व्यवसाय गरेको शंका लागेको भन्दै विभागले नेचर हर्ब्स नामक कम्पनीलाई स्पष्टीकरण सोधेको छ भने अरु कम्पनीलाई सोध्ने तयारीमा रहेको विभागले जनाएको छ। 

वस्तुको प्रत्यक्ष बिक्री वितरणसँग सम्बन्धित कामको सम्पूर्ण जिम्मेवारी पाएका वैदेशिक व्यापार नियमन शाखा प्रमुख शिव सेढाईंले पनि गल्ती गरिरहेका कम्पनीलाई सच्चिन भनेको बताए। ‘ती कम्पनीले आफ्नो वेभसाइटमा नेटवर्किङसँग सम्बन्धित सामग्रीहरु राखेको भन्ने जानकारी आएपछि हामीले हटाउनुहोस् भनेका छौं। पहिल्यै ठगी धन्दामा लागेका व्यक्तिहरु फेरि आए भन्ने विषयमा उनीहरुका यसअघिका कर्तुत तपशिलको छुट्टै निकायबाट जाँचबुझ र परीक्षण गर्न सकिन्छ’ सेढाईंले भने। 

महानिर्देशक सुवेदी र शाखा प्रमुख सेढाईंले ती कम्पनीहरुको क्रियाकलापबारे आफूहरुले अध्ययन गरेको र शंकास्पद लागेको खुलाए पनि अब कसले कारबाही गर्छ भन्ने प्रश्नको जवाफ भने दिएनन्। महानिर्देशक सुवेदीले कुटनीतिक शैलीमा विभागले आफूमात्र काम गर्ने नभई अरु निकायसँग पनि सहकार्य गरेर यो विषयहरु टुंग्याउने बताए। 

अहिले विभागबाट इजाजत पाएका अधिकांश कम्पनीहरुले आफूलाई मल्टी लेभल मार्केटिङ (एमएलएम) गर्ने कम्पनी भन्दै चिनाइरहेका छन्। तर वस्तुको प्रत्यक्ष बिक्री तथा वितरण विषयका विज्ञ प्रकाश पौडेलले नेटवर्किङ र मल्टी लेभल मार्केटिङ (एमएलएम) दुवैलाई अहिलेको कानुनले अवैधानिक मानेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘नेटवर्किङमा पिरामिड शैलीमा एकजना व्यक्तिले धेरै सदस्य बनाइन्छ भने एमएलएममा एक जनाले थप एकजना (मोनोलाइन) शैलीमा संजाल बनाउँछ। यी दुवै चीज अहिलेको कानुनमा वर्जित छ।’  वस्तुको प्रत्यक्ष बिक्री वितरण आफैंमा व्यापारको राम्रो शैली भएपनि अहिले यो विषयसँगै नेटवर्किङ पनि जोडिएर आउने होकि भन्ने शंका देखिएकाले नियामक सजग हुनुपर्ने विज्ञ पौडेलले बताए।

सम्बन्धित समाचार
अवैध नेटवर्किङ धन्दालाई राज्यको संरक्षण : बिहीबार स्पष्टीकरण, त्यसपछि २ दिन प्रशिक्षण, सोमबार ‘क्लीन चिट’

अवैध नेटवर्किङ व्यवसाय गर्ने नेचर हर्ब्सलाई वाणिज्य विभागले सोध्यो स्पष्टीकरण

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा चलेको नेटवर्किङ धन्दामा नियामकको रहस्यमय मौनता

नेटवर्किङ धन्दाको चक्रव्यूह : पूर्व प्रदेश प्रमुखदेखि पूर्व एआइजीसम्म संलग्न 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै
विद्रोही पक्षले भेला सार्दैछन् ?
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत
सम्बन्धित सामग्री
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार त्यसैगरी, अन्य १५ जना उपभोक्ताहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टा गरी १ लाख रुपैयाँ) उपहार प्राप्त गरेका छन्। दुई करोड ५६... शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार यस्तै, अन्य १५ जना उपभोक्ताले एक–एक लाख रुपैयाँ नगद उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विज... शुक्रबार, साउन २२, २०८३
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? छापावाल सुनको मूल्य आज प्रतितोला ९ सयले वृद्धि भई २ लाख ९६ हजार ९ सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार थियो । शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्