काठमाडौं– साताको चौथो कारोबार दिन आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंक गिरावट आएको छ।
आजको गिरावट आएसँगै सेयर बजार २५६१ अंकमा कायम भएको छ। कारोबार रकमसमेत गिरावट हुँदा जम्मा तीन अर्ब ७७ करोडमा खुम्चिएको छ।
७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशत बढे ।
विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घट्यो । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशत घटे ।
समग्र बजारको परिसूचक घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जी छन् । यी सबै हालै सूचीकृत नयाँ कम्पनी हुन् । आईपीओ सूचीकृत भएपछि केही समय त्यस्ता कम्पनीको मूल्य उचालिने गरेको छ ।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.१८ तथा पियोर इनर्जीको मूल्य ६.९३ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०३ प्रतिशत घट्यो । पिपुल्स हाइड्रोपावरको मूल्य ३.५८, ग्रिन डेभलपमेन्ट बैंकको ३.५१ तथा पिपुल्स पावरको ३.१८ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा बरुण हाइड्रोपावर, साहस ऊर्जा, राधि विद्युत्, युनियन हाइड्रोपावर र सिनर्जी पावर छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।