काठमाडौं– विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
जारी दोस्रो एनपीएलको छैटौं दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ब्याटिङका लागि निम्तो दिएको हो।
काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल हो।
काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो।
गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।