काठमाडौं– बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ।
अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ।
सेयर बजार १ अंकले गिरावट आएसँगै आज २५६० विन्दुमा कायम भएको छ। आज कारोबार रकममा भने केही सुधार आएको छ। बुधबार तीन अर्ब ७७ करोडमा खुम्चिएको कारोबार रकम आज चार अर्ब ६४ करोडमा पुगेका छ।
११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ६ को स्थिर रह्यो। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढ्यो।
त्यस्तै जलविद्युत् ०.०९, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशत बढे।
बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६ र निर्जीवन बीमा ०.३३ प्रतिशत घटे। चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी छन्।
त्यस्तै सिन्धु विकास बैंकको ९.६०, सप्तकोशी विकास बैंकको ७.७१, चिरख्वा हाइड्रोपावरको ६.८० प्रतिशत मूल्य बढ्यो।
बुंगल हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.०५ प्रतिशत घट्यो। दरामखोलाको ४.९१ तथा विकास हाइड्रोपावरको ३.७९ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।