काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको जानकारी दिएका छन्।
जेन–जी आन्दालनपछि विकसित राजनीतिको उचित निकास निर्वाचन नै भएको उनले बताए। उनले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटनको विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएकाले सर्वोच्च अदालतले यसको अन्तिम व्याख्या गर्ने बताए।
२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन भएको ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गरेको उनले जानकारी दिए।
निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागतरुप दिँदै देशलाई अघि बढाउन सकिने उनले बताए।
कांग्रेसले निर्वाचनको लागि उचित वातावरण बनाउनसमेत सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।