• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

अल्मुताइरी : जयकान्त सिक्रे बनाउन खोजिएका सिंघम

64x64
दीप सुवेदी बुधबार, वैशाख २८, २०७९  ०७:०४
1140x725

काठमाडौं– भारतको एउटा फिल्म निकै हिट भएको थियो, ‘सिंघम।’ फिल्ममा एक जना चर्चित खलपात्र छन्, ‘जयकान्त सिक्रे।’ 

फिल्ममा सिक्रेले आफ्नो मान तथा प्रतिष्ठाका लागि जस्तोसुकै कदम उठाउँछन्। झुक्ने उनको बानी नै हुँदैन। ‘कम्प्रमाइज’ त गर्नै चाहँदैनन्। आफूविरुद्ध उठ्ने आवाज दबाउन उनले कैयौंको ज्यान लिन्छन्। सिंगो गाउँलाई आगो लगाउन पनि पछि पर्दैनन्।

प्रहरी, प्रशासन र अदालत उनको अगाडि मुकदर्शक बनेको छ। सहरमा चारैतिर डर र त्रासको माहौल छ। गुण्डागर्दीदेखि बलात्कारसम्म गर्ने उनी अनेकौं तिकड्म गरेर शक्तिशाली नेता बन्न सफल हुन्छन्। यस्तो नकारात्मक भूमिकामा अभिनय गर्ने कलाकार प्रकाश राज हुन्। 

यो पनि पढ्नुहोस्

एन्फा ‘राजनीति’को रोटी सेक्न अल्मुताइरीलाई कहिलेसम्म ‘मोहरा’ बनाइरहने?

यहाँ प्रकाश राजको होइन जयकान्त सिक्रेको प्रसंग जोडिएको हो। पछिल्लो समय नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि जयकान्त सिक्रेजस्तै ‘खतरनाक भिलेन’को रूपमा चित्रण गर्न खोजिँदैछ। 

अल्मुताइरीले नेपाल आउँदै गर्दा आफू फुटबल प्रशिक्षकको भूमिकामा ‘कडा रूपमा’ प्रस्तुत हुने संकेत देखाइसकेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई प्रशिक्षक नियुक्त गरेपछि भनेका थिए– ‘मलाई आफ्नो काम गर्न दिनुस्, तपाईं (एन्फाका पदाधिकारी)हरू आफ्नो काम गर्नुस्।’

उनको संकेत थियो– फुटबल खेलाउने काम मेरो हो, राजनीति गर्ने काम तपाईंहरूको।

यो पनि पढ्नुहोस्

​​​प्रशिक्षकसँग विवाद : खेलाडीले आफ्नै खुट्टामा गरेको बञ्चरो प्रहार!

अल्मुताइरी नेपाली फुटबलमा जोडिनुअघि कुन खेलाडीलाई मैदानमा उतार्ने र कसलाई बाहिर बसाउने भन्ने निर्णय प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एन्फाका पदाधिकारीले गर्थे। यसैले क्लबका पदाधिकारीहरूको दबाबमा धेरै पटक खेलाडी होइन, प्रशिक्षक नै परिवर्तन भएको इतिहास छ।

यही विगत बुझेर अल्मुताइरीले आफू प्रशिक्षक भएपछि एन्फा मुख्यालयबाट दशरथ रंगशालसम्म फैलिएको फुटबल राजनीतिलाई बन्द गर्न आग्रह गरेका थिए। सकारात्मक परिवर्तनका लागि उनी ‘जयकान्त सिक्रे’को भूमिकामा उभिनु जायज थियो। तर, उनको भूमिकालाई लिएर एन्फा पदाधिकारीहरू खुसी थिएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूले निभाउनुपर्ने भूमिकाप्रति अल्मुताइरी पहिले नै परिचित थिए। ठूलो लगानी कतारबाट आउँदै गर्दा नेपाली फुटबलमा अल्मुताइरी शक्तिशाली बन्ने पक्का थियो। र एन्फा पदाधिकारी र फुटबल सरोकारवालाहरूको विरोध यो हदसम्म आइपुग्छ भन्ने पूर्वनिर्धारित नै थियो।

प्रशिक्षक अल्मुताइरीलाई ‘खलनायक’ चित्रण गरेर विरोध गर्ने योजना अहिले बुनिएको होइन। २०७७ सालमा नेपाली फुटबलमा आबद्ध हुँदै गर्दा नै आशंकाको नजरले हेर्नेहरू प्रशस्तै थिए। साफ च्याम्पियन्सिपमा भाग लिने तयारी गर्दैगर्दा अल्मुताइरीलाई ‘फ्लप’ बनाउन एन्फा पदाधिकारी मात्र होइन केही खेलाडी नै पछि लागेका थिए। 

यो पनि पढ्नुहोस्

खेलाडी–प्रशिक्षक विवाद : होटल र होस्टलले निम्त्याएको द्वन्द्व

उनी नेपाल आउँदा काठमाडौंमा फ्रेन्चाइजी ‘नेपाल सुपर लिग’ चलिरहेको थियो। साफ आउन केही दिन बाँकी रहेको अवस्थामा उनले यही लिग खेलेका खेलाडी समेटेर टोली बनाए। मनिष डाँगी र आयुष घलानजस्ता सम्भावना बोकेका खेलाडी पर्दा लिग विजेता काठमाडौं रेजर्सबाट एक जना पनि परेनन्। उक्त टोलीका कप्तान थिए, विकेश कुथु। कुथु उनै थिए, जसले केही खेलाडीको इश्यु बनाएर खेलाडी संघमा राजनीति गरे।

कप्तान किरण चेम्जोङको विकल्पका रूपमा हेरिएका कुथुलाई मौका नदिइ अल्मुताइरीले दीप कार्की र विशाल श्रेष्ठलाई समेटे। त्यहीँदेखि केही खेलाडी अल्मुताइरीलाई फ्लप बनाउने अभियानमा थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिलेको विवाद अल्मुताइरीका लागि नौलो होइन। साफको तयारी भइरहँदा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूमाथि राजनीति गर्न लागेको अल्मुताइरीको दाबी थियो। नेपाली फुटबललाई माथि उठाउन आएका उनीमाथि राजनीति भएपछि उनले सेमिफाइनलमा बंगलादेशविरुद्धको खेलपछि माल्दिभ्सबाट राजीनामा दिएका थिए। 

यो पनि पढ्नुहोस्

खस्किएको प्रदर्शन, झस्किएका प्रशिक्षक !

तर, दर्शकले उनीमाथि भएको व्यवहारविरूद्ध प्रश्न उठाउँदै एन्फा नेतृत्वको खुलेर विरोध गरे। फुटबल समर्थकहरू अल्मुताइरीको पक्षमा थिए। त्यसपछि खेलाडी पनि नराम्ररी झस्किए। 

अल्मुताइरी कतारी लगानीमा दोस्रोपटक नेपालमा ‘सिंघम भाग–२’ का लागि फर्किए। उनी फिल्मको पहिलो भागमा जस्तै दोस्रोमा थप शक्तिशाली भूमिकामा आफूलाई उभ्याउन चाहन्छन् भन्ने प्रस्ट थियो।  

उनी आफ्नो नेतृत्वमा ‘दमदार कथा’ बुन्न चाहिरहेका थिए। तर, १० खेलाडीले उनको कार्यशैलीको विरोध गर्दै क्याम्प छोड्ने निर्णय गरेपछि उनी केही निराश भए। त्यैपनि उनी काँचो फलामलाई कुटेर अन्य खेलाडीलाई मूर्तिको आकार दिन व्यस्त छन्। मिहिनेत र पूर्ण अनुशासनबिना नै सफल हुन चाहने खेलाडीको लागि उनको स्पष्ट भनाइ छ– म अरु खेलाडीलाई पनि तिमीहरू जस्तै स्टार बनाउन सक्छु।  

खेलाडी र प्रशिक्षकबीच अहिलेको द्धन्द्ध औचित्यहिन हो। द्वन्द्वको स्पष्ट कारण नै छ। खेलाडीहरूले गाँस, बास र कपासको बन्दोबस्त राम्रो भएन भनेर अल्मुताइरीविरुद्ध द्धन्द्धमा उत्रिनु नै गलत थियो। उनी प्रशिक्षक नियुक्त भएपछि सबैभन्दा बढी सुविधा यिनै खेलाडीले पाएका छन्। आफूभन्दा बलियो प्रतिद्धन्द्धीसँग भिडेर खेल कौसल तिखार्ने अवसर पनि पाएका थिए। यो विगतको तथ्यले बताउँछ। 

यो पनि पढ्नुहोस्

अल्मुताइरी २.०!

त्यसैले आफूमाथि लागेको झूटो आरोपबाट उनी हल्लिएको देखिँदैन। उनी बरु अरु क्षमतावान् खेलाडीलाई अवसर दिने अभियानमा छन्। खेलाडीको ‘धर्म’ नै हो, खेल्ने। प्रतिकूल अवस्था भए पनि खेल्नैपर्छ। फुटबलमा प्रशिक्षकलाई ‘डिक्टेटर’ को आरोप लाग्नु ठूलो कुरा होइन। उसको भूमिका नै ‘डिक्टेटर’को हुन्छ। मानवअधिकारको उल्लंघन, धार्मिक स्वतन्त्रतामा अंकुश र लैंगिक शोषणमा भने प्रशिक्षकलाई छुट हुन्न। त्यसबाहेक, प्रशिक्षक ‘डिक्टेटर’ भयो, बोल्न दिएन भनेर खेलाडीले आरोप लगाउनु केटाकेटीले चकलेट नदिँदा भुईंमा लडिबुडी गरेर रुनु जस्तै हो।

अहिले नेपाली खेलाडीहरू ‘क्लोज क्याम्प’ मा फर्किनुको सट्टा कहिले राष्ट्रिय खेलकुद परिषद् र कहिले खेलकुद मन्त्रालय दौडिएका छन्। यो त्यति सान्दार्भिक देखिँदैन। यसको सट्टा प्रशिक्षक र खेलाडी बसेर आपसी सहमतिमा विवाद टुंग्याउँदा नेपाली फुटबलले जित्ने छ। किनभने, खेलाडीहरू अल्मुताइरीको मुख्य भूमिका रहने ‘फिल्म’मा खेल्छु भन्न पनि सकिरहेका छैनन्। न त अल्मुताइरीलाई हटाउनुपर्ने ठोस कारण पेश गर्न सकिरहेका छन्। उनीहरुको हठले नयाँ खेलाडीहरूको खेल्न पाउनुपर्ने नैसर्गिक अधिकार खुम्चिरहेको छ। यसको नतिजा पछि सिनियर र जुनियर खेलाडीबीच टिममा आउने द्वन्द्व नै हो। 

एन्फाले समाधानको बाटो खोज्न नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणालाई जिम्मा दिएको छ। उनको संयोजकत्वमा गठित एक सदस्यीय छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। 

यो पनि पढ्नुहोस्

के देशका लागि खेल्ने नेपाली खेलाडीको तलब अति कम हो?

द्वन्द्वको कारण बनेका खेलाडी यो मुद्धामा छानबिन समिति बनोस् र अल्मुताइरीलाई कारबाही होस् भन्न सकिरहेका थिएनन्। उनीहरु आफ्नो गल्ती लुकाउन चाहिरहेका थिए। त्यसैकारण उनीहरु विभिन्न संघका पदाधिकारी लिएर एन्फा पुगिरहेका छन्। साफ च्याम्पियनसिपको फाइनल पुगेपछि मिडियामा आफूलाई ‘भगवान्’को संज्ञा दिँदै हिँडेका खेलाडीहरुको परिवर्तित रुप देखेर प्रशिक्षक सशंकित हुनु जायज हो।

लामो समयदेखि आन्तरिक किचलोमा फसेको नेपाली फुटबलले पाँच दशकमा पनि आफ्नो मुहार फेर्न सकेको छैन। यसमा एन्फाका पदाधिकारीको राजनीतिक बाछिटाको प्रभाव उतिकै छ। त्यसमाथि ‘सिंघम’को जस्तै दमदार भूमिका निभाउने प्रशिक्षक नियुक्ति नहुनुले पनि फुटबलको स्तर सुधार हुन सकेको थिएन।

यो पनि पढ्नुहोस्

एन्फा नेतृत्वको अक्षमताले ‘रमिता’ बनेको अल्मुताइरी–नेम्वाङ विवाद

प्रशिक्षकमा अल्मुताइरी नियुक्त भएसँगै उनी राजनीतिमा नभइ खेलमा ध्यान दिरहेका थिए। तर, उनलाई एन्फा नेतृत्वले नै राजनीतिमा तान्ने काम गरिरह्यो। यो राम्रो संकेत होइन। 

नयाँ खेलाडीको उनीमाथि ठूलो आशा छ। युवा खेलाडीले अवसर पाउने अवस्था अल्मुताइरीले नै बनाए। युवा खेलाडी सिनियर खेलाडी जस्तै बुट र जर्सी फ्याँकेर विदेश पलायन हुन चाहँदैनन्। त्यसैले अल्मुताइरीविरूद्ध लहडमा लागेर विद्रोह गरेका खेलाडीलाई उनीहरूले साथ दिएका छैनन्। खेलमा हार जित एउटा पाटो हो। अहिले अल्मुताइरीले हार्नु भनेको फुटबलमा भविष्य खोजिरहेका पुस्ताले हार्नु हो।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्