काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।