• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

खेलाडी–प्रशिक्षक विवाद : होटल र होस्टलले निम्त्याएको द्वन्द्व

64x64
दीप सुवेदी बिहीबार, वैशाख १५, २०७९  ०९:१८
1140x725

काठमाडौं- विवाद, राजीनामा अनि मिलापत्र। यो तीन दृश्य फुटबलबाट अछुतो छैन। जब अखिल नेपाल फुटबल संघ एन्फाले कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीलाई मुख्य प्रशिक्षक बनाएर नेपाल भित्र्यायो यो दृश्य दोहोरि रहेको छ। यस्तै दृश्य एसियन कप २०२३ छनोटको तयारी अगाडि पुन: दोहोरिन थालेको छ।

एएफसी एसियन कप छनोटको लागि नेपालले गत शुक्रबारदेखि तयारी थालेको छ। बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइएपनि कप्तान किरणकुमार लिम्बू र देवेन्द्र तामाङ भने अनुपस्थित छन्।

एएफसी एसियन कप छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको कठिन समूहमा परेको छ। तर, ‘वान गोल वान टिम’को नारा लिएर हिँडेको नेपाली फुटबललाई प्रतियोगिताभन्दा अगाडि सम्हाल्नै कठिन देखिएको छ।

यो हालसालै बुनिएको कथा होइन। राष्ट्रिय टोलीमा रहेका खेलाडीले बन्द प्रशिक्षणको बेला राखिने होस्टेलको बारेमा धेरै पहिलादेखि कुरा उठाइरहेका थिए। उनीहरुले सातदोबाटोस्थित आफ्नो होस्टल राम्रो नभएकाले होटलमा राख्नुपर्ने बताउँदै आएका थिए। 

एन्फाले मोफसलका खेलाडीलाई झम्सिखेलस्थित पाँच तारे होटल भिभान्तमा राखेको थियो। यता, सिनियर खेलाडीलाई भने आफ्नै होस्टेलमा राख्ने बन्दोबस्त मिलाएको थियो।

तर, मंगलबार बेलुका मिडफल्डर रोहित चन्दसहित करिब एक दर्जन खेलाडीले आफूहरुमाथि अनुचित व्यवहार गरेको भन्दै एकाएक प्रशिक्षक अल्मुताइरीविरुद्ध ‘विद्रोह’ गरे। 

नेपाली राष्ट्रिय टोलीका म्यानेजर मधुसुदन उपाध्यायका अनुसार होस्टेल कि होटेल बस्ने भन्ने कुरामा खेलाडीहरूको असन्तुष्टि थियो। एन्फा खेलाडीहरुलाई सातदोबाटोमा रहेको आफ्नै होस्टेलमा राख्न चाहन्थ्यो। तर, खेलाडीहरु सेवासुविधा कम भएको भन्दै होटलमा बस्न चाहन्थे। 

तर, प्रशिक्षक अल्मुताइरी खेलाडीलाई होस्टेलमा राख्न चाहन्थे। उनी एन्फासँग पर्याप्त बजेट नभएको कुरा पनि दोहर्याउँदै आएका थिए। तर, सिनियर खेलाडी यो मान्न तयार थिएनन्। उनीहरु जुनियरलाई सरह सेवासुविधा दिनुपर्न कुरामा अड्डि कसेर बसेका थिए। त्यसैले आवाज उठाउने निधो गरे। प्रशिक्षणमा खेलाडीको नेतृत्व रोहितले गरिरहेका थिए। त्यसैले खेलाडीलाई चित्त नबुझेको कुरा गर्ने जिम्मा पनि उनैलाई दियो। प्रायः खेलाडी उनलाई साथ दिने मौखिक वचन पनि दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यही बिषयलाई लिएर राष्ट्रिय टोलीमा बोलाइएको २३ खेलाडी दुई समूहमा विभाजन भए। एकतिर थिए मिडफिल्डर रोहित चन्द, विशाल राई, अनन्त तामाङ, विमलघर्ति मगर र अञ्जन विष्टजस्ता नाम चलेका खेलाडी। अनि अर्का तिर थिए मुख्य प्रशिक्षक अल्मुताइरी पक्षका केही खेलाडी।

आइतबार दशरथ रंगशालामा प्रशिक्षणपछि रोहितले प्रशिक्षक अल्मुताइरीलाई खेलाडीहरूलाई होटलमा राख्नुपर्ने बताएका थिए। एन्फा होस्टेलमा राख्ने भए खेलाडीहरूको लागि त्यसलाई सुधार गरेर राम्रो बनाउनुपर्ने रोहितले कुरा उठाए।

बन्द पशिक्षणमा सहभागी एक खेलाडीका अनुसार रोहितले खेलाडीको तर्फबाट कुरा राखेपछि प्रशिक्षक अल्मुताइरीले भोटिङ गरेका थिए। उनले को–को होस्टेल बस्ने, को होटल बस्ने भन्दै खेलाडीहरूलाई हात उठाउन लगाए।

तर, हात रोहितको मात्रै उठ्यो। ‘प्रशिक्षकले को–को होटेल बस्ने र को–को होस्टेल बस्ने भनेर हामीलाई हात उठाउन लगाउनु भयो। उपस्थित खेलाडीहरुमा रोहित एक्लैले हात उठाए। अरुले हात उठाएनन् र प्रशिक्षक चिढिए,’ उनले नेपाल लाइभसँग भने।

Xtrem

Xtrem

भीडमा रोहित एक्लैको हात उठेपछि प्रशिक्षक अल्मुताइरीले रोहितलाई भनेका थिए, ‘तिमी घर जाऊ। यस्ता खेलाडीले टिममा कलह ल्याउँछन्। र, मेरो लक्ष्यमा खरो उत्रिन सक्दैनन्। बरु म नयाँ खेलाडी बोलाउँछु र मिहिनेत गरेर खेलाउँछु।’

रोहित यति सुनेपछि आफ्नो कोठामा छिरे। उनी घर फर्किन रेडि भए। लगत्तै नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र अनन्त तामाङ प्रशिक्षकलाई सम्झाउन लागे। तर, प्रशिक्षकले पुनः त्यही कुरा दोहोर्‍याए– मैले रोहितलाई जाऊ भनिसकेको छु। तिमीहरु पनि उसँगै जान चाहन्छौं भने जाऊ। म नयाँ खेलाडीलाई बोलाउँछु। तिमीहरु फर्केर आएपनि राख्दिनँ। 

एक दशकयता इन्डोनेसियाको शीर्ष लिग खेलिरहेका रोहितलाई चोटका कारण नियमित प्रशिक्षणमा थिएनन्। उनी आइतबारको प्रशिक्षणमा भने सहभागी थिए। उनलाई हटाइएको भोलिपल्ट सोमबार बन्द प्रशिक्षण सुरु भयो। खेलाडीहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नजिकै रहेको युनाइटेड बिजनेस होटलमा सारियो। 

रोहितमाथि प्रशिक्षकले गरेको व्यवहार सुनाउन केही खेलाडी टिम व्यवस्थापक मधुसुदन उपाध्यायसँग पनि पुगे। जुन कुरा उपाध्याय स्वयं स्वीकार गर्छन्। ‘होस्टेल बस्ने कि होटेल बस्ने भन्ने कुरामा खेलाडीहरूको असन्तुष्टि थियो,’ उनले भने, ‘तर हामीले होटलमा राख्ने व्यवस्था मिलाइसकेका थियौं। मंगलबार होटेलमा पनि राखिसकेका थियौं।’

उनका अनुसार विवाद आइतबार भए पनि खेलाडीहरुले मंगलबार होटेल छाडेका हुन्। ‘बेलुकाको टिम मिटिङ भएको थियो, बेलुका ८ बजे खेलाडीहरू होटलमै थिए र म छुटेको थिएँ,’ उपाध्यायले भने, ‘साढे ९ बजे होटल छाडेर ९ जना केटाहरू निस्किए भनेर फोन आयो ।’

उनका अनुसार केही खेलाडीहरुले मंगलबार राति नै राष्ट्रिय टोलीको च्याट ग्रुप लिभ गरेका थिए। केहीले भने बिहान लिभ गरेका थिए। उनीहरु बुधबारको प्रशिक्षणमा पनि सहभागी नभएपछि आफूले सम्पर्क गर्ने कोशिस गरेको उपाध्यायको भनाइ छ।

‘हाम्रो राष्ट्रिय टिमको फेसबुक ग्रुप पनि खेलाडीहरू कसैले राति १२ बजे कसैले आज बिहान लिभ गरेका हुन्,’ उनले भने, ‘मैले सबैलाई हिजो बेलुका नै जानकारी गराइसकें।  मेरो मात्रै होइन, टिमको कसैको पनि फोन उठाएका छैनन्।’

प्रशिक्षकसँग विवाद चर्किएपछि ५ जना खेलाडीले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि भेटेका थिए। ‘हामीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार बोलाउनु भएको थियो। तर, हामीले उहाँलाई बालुवाटार बोलाएर भेटेका हौं। उहाँले समस्याको समाधान के हुन्छ भनेर सोध्नु भयो। हामीले उहाँको प्रवृति मन परेन। हामी उहाँको प्रशिक्षणमा खेल्न सक्दैनौं भनेर भन्यौं। त्यसपछि प्रशिक्षकसँग बुझेर कुरा गर्छु भनेर भन्नुभयो,’ भेटमा सहभागी एक खेलाडीले भने।

यस विषयमा एन्फा अध्यक्ष शेर्पाले भने स्पष्ट कुरा गर्न चाहेनन्। उनले आफू अहिले बाहिर भएकाले पछि कुरा गर्ने बताए। तर, उनले खेलाडी र प्रशिक्षकबीच विवाद भएको कुरा नकारेनन्। यद्यपि, उनले बिहीबार खेलाडी र प्रशिक्षकलाई छलफलको लागि बोलाएका छन्।

प्रशिक्षक अल्मुताइरीले सिनियर खेलाडीले आफूविरुद्ध विद्रोह गरेपछि थप नयाँ १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेका छन् भने अनुशासनको कारबाहीलाई पनि अगाडि बढाएका छन्।

‘क्याम्पमा रहेको खेलाडीले एक्कासी छाडेर जाँदा हामीमाथि प्रश्न उठ्छ। प्रशिक्षसँग विवाद भए पनि कम्तिमा जानकारी दिनुपर्छ। को–कहाँ गएर बसे भन्ने कुराको हामीले जवाफ दिनुपर्छ,’ उपाध्यायले भने, ‘कारबाहीको लागि एन्फामा भनिसकेको छु। अब एन्फाले विभागीय खेलाडीको हकमा विभागमा चिट्ठी पठाउँछ र अरूको हकमा अन्य खेलाडीले प्रतिस्थापन गर्छन्।’

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय फुटबलबा... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्