• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

खस्किएको प्रदर्शन, झस्किएका प्रशिक्षक !

64x64
दीप सुवेदी शनिबार, वैशाख ३, २०७९  १९:२२
1140x725

काठमाडौं-अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको नेतृत्व सम्हालेलगत्तै भनेका थिए, ‘जित निकाल्न सके त्यसको श्रेय खेलाडीलाई दिनु, हारको दोष मलाई।’ 

फुटबलको भाषामा यसलाई एक प्रकारको ‘माइन्ड गेम’ भनिन्छ। आफूभन्दा बलियो टोलीसँग प्रतिस्पर्धा गर्दा खेलाडीलाई मानसिक रूपमा तयार पार्न र उत्प्रेरित बनाउन अल्मुताइरी यही कुरा लगातार दोहोर्‍याइरहेका हुन्थे। तर, अहिले यिनै प्रशिक्षक भन्न थालेका छन्, ‘जुन महिनामा हुने एसिया कप छनोटको तेस्रो चरणमा नेपाल छनोट हुन सक्दैन।’ 

एसिया कप छनोटको तेस्रो चरणका लागि हाल अल्मुताइरी बन्द प्रशिक्षणमा व्यस्त छन्। २५ खेलाडी बोकेर उनी बिहान त्रिपुरेश्वस्थित दशरथ रंगशाला पुग्छन् भने बेलुका सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली खेलाडीलाई प्रशिक्षण गराइरहेका हुन्छन्। 

आखिर त्यस्तो के भयो, अल्मुताइरीलाई? यतिबेला उनी आफ्नो पुरानो अन्दाजभन्दा ठ्याक्कै ३६० डिग्री परिवर्तन देखिन्छन्। उनमा विगत जस्तो आत्मविश्वास पनि देखिँदैन्। 

यसको चुरो कुरा हो, एसिया कप छनोटको तेस्रो चरणमा नेपालले पाएको बलियो प्रतिद्वन्द्वी। छनोटमा नेपाल कठिन समूह अर्थात् ‘ए’ मा उभिएको छ। यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया समावेश छन्। कुवेतमा हुने समूह चरणको खेलमा यी तीन टोलीमाथि जित हासिल गर्न नेपालले 'फलामको च्युरा' चपाउनु पर्नेछ। 

एसिया कपमा स्वतः छनोट हुन समूहको शीर्ष स्थानमा उभिनुपर्ने बाध्यता छ। एसिया कप आगामी वर्ष चीनमा हुँदैछ। छनोट प्रतियोगितामा दोस्रो हुने टोलीको पनि एसिया कप खेल्ने सम्भावना कायमै रहन्छ। तर, नेपाली फुटबलमा दोस्रो कार्यकाल सम्हालिरहेका अल्मुताइरी भने हतोत्साही देखिन्छन्। यद्यपि प्रतियोगिता हुन अझै दुई महिना बाँकी छ। 

प्रशिक्षकको पछिल्लो बयानले नेपाली खेलाडीमा कस्तो असर पर्ने हो, त्यो यतिबेला आम चासोको विषय पनि बनेको छ। वास्तवमा  फुटबल भविस्यवाणी गर्न नसकिने खेल हो। विश्व कप छनोटमा निकै कमजोर आँकिएको नर्थ म्यासेडोनियाले ४ पटकको विश्व विजेता इटालीलाई लगातार दोस्रोपटक पराजित गरेर विश्व कपमा छनोट हुन नदिएको इतिहास हामीसामू यथावत् छ। 

तर, प्रशिक्षक अल्मुताइरी अन्य देशसँग तुलना गरेर नेपालको फुटबलको वास्तविकतामा रमाउन नहुने बताउँछन्। नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली फुटबलमा ५० वर्षदेखि क्रियाशील छ। तर, संघले यस अवधिमा ग्रासरुट फुटबलमा ध्यान नदिँदा खुट्टा कमाउन पर्ने अवस्था सिर्जना भएको उनको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालमा फुटबल सुरु भएको ५० वर्ष बितिसक्दा पनि ग्रासरुट लेभलको फुटबल खोइ त? युवा खेलाडीको विकास कहाँ छ? यू–१९, यू–१६ को टिम खोइ?’ अल्मुताइरी प्रश्न गर्छन्,‘अहिलेको पुस्ता सबै एसिया कप, विश्वकप छनोट र साफ कप जित्न चाहन्छन्। तर, राष्ट्रिय टोली यसरी तयार हुन्छ त?’ 

अल्मुताइरीले नेपाली टोली सम्हाल्न थालेको एक वर्ष बितिसकेको छ। यस बीच उनले नेपाली टोलीलाई नजिकबाट बुझिसकेका छन्। उनले विभिन्न चरणमा जोखिम मोलेर भए पनि नेपाली खेलाडीको परीक्षण गरिसकेका छन्। त्यसैले उनले उठाएको मुद्दालाई गलत मान्नु पनि सही हुँदैन। 

तर, बलियो प्रतिद्वन्द्वीविरूद्ध उनले जित निकालेको हेर्न सबै नेपाली फुटबलप्रेमी प्रतिक्षारत छन्। किनभने उनको नेतृत्वमा बलियो टोलीविरूद्ध नेपालले सकारात्मक नतिजा निकालेको छैन। उनको नेतृत्वमा नेपालले १४ खेल खेलिसकेको छ। जसमा  ५ मा जित, ७ मा पराजय र २ खेललाई बराबरीमा राखेको छ। यो तथ्यांकबाट अल्मुताइरी पनि बेखबर छैनन्। 

उनको प्रशिक्षणमा नेपालले जितेका खेलहरू माल्दिभ्स, श्रीलंका, चाइनिज ताइपेइ र मरिससविरूद्ध छन्। जो नेपालको हाराहारी र नेपालभन्दा कमजोर मानिन्थे। तर, आफूभन्दा बलियो इरान, जोर्डन, अस्ट्रेलिया, ओमान, थाइल्यान्ड र भारतजस्ता टोलीसँग नेपालले फराकिलो हार बेहोरेको छ। 

अल्मुताइरीले आफ्नो नेतृत्वमा खेलिएको १४ मध्ये ८ मैत्रीपूर्ण खेललाई प्रयोग र अनुभवका रूपमा मात्र लिए। उनी राष्ट्रिय टोलीमा जे–जस्ता खेलाडी उपलब्ध थिए, तिनीहरूलाई बढीभन्दा बढी अनुभव दिलाउन चाहन्थे। दिलाए पनि। यसबाट उनलाई कति नाफा भयो र कति घाटा बेहोरे, त्यो उनले जान्ने कुरा हो। तर, एसियाको स्तरमा फुटबल खेल्न अहिलेको राष्ट्रिय खेलाडीको प्रतिभाले नपुग्ने उनको ठम्याइ प्रष्ट बुझ्न सकिन्छ। अल्मुताइरीले यस बीच १२ नयाँ खेलाडीलाई प्रयोगमा ल्याइसकेका छन्। त्यसैले उनको भनाइ, प्रयोगमा ल्याइएका यी १२ खेलाडीको स्तर पनि एसियाली मापदण्डको नभएको स्वीकारोक्ति हो भन्दा अनर्थ लाग्ने छैन। 

नेपाली फुटबलको स्तर पछिल्लो ५ दशकमा दक्षिण एसियामा मात्र सीमित छ। यो क्षेत्रमा नेपाल सधैं बलियो दाबेदार हो। तर, योभन्दा माथि नेपालको स्तर उठ्न सकेको छैन। यो स्तरले अन्य क्षेत्रका राष्ट्रसँग प्रतिस्पर्धा गर्दा लज्जास्पद हार बेहोरेको कटु सत्य हाम्रो अगाडि यथावत छ। 

त्यसैले अल्मुताइरीले खेलाडीको मनोबल नघटोस् भनेर देशभर ग्रासरुट कार्यक्रमको प्रभावकारिता, फुटबल एकेडेमीको पर्याप्तता र गुणात्मक फुटबलको शैलीबारे गम्भीर कुरा उठाउनु जायज देखिन्छ। राष्ट्रिय टोलीको छनोटमा कम्तिमा १५० देखि २०० क्षमतावान खेलाडी पाउनुपर्ने उनको माग उत्तिकै जायज छ। गत युरोकप– २०२० मा सहभागी देशका सबै खेलाडीहरू ग्रासरुट फुटबलकै उत्पादन थिए।  

विश्व फुटबलको ‘ट्रेन्ड’ पछ्याउने हो भने पनि सानै उमेरदेखि फुटबलमा रुची भएका र सोहीअनुसार खेलाडी तयार गर्ने सिद्धान्त र प्रणालीले काम गर्दै आएको देखिन्छ। पछिल्लो समय इटालीबाट नेपालमा व्यावसायिक फुटबल खेल्न आएका विकास मेराग्लिया त्यसैका देन हुन्। ६ वर्षको उमेरमा इटाली पुगेका विकासले सिरि ‘ए’ क्लब एट्लान्टाको युथ टिमबाट पनि खेलेका थिए। उनी सन् २०१८ मा इटालीको यू–१६ टिममा समेत परे।

अहिले विकासजस्ता विदेशी खेलाडी सहिद स्मारक ‘ए’ डिभिजन जस्तो पुरानो संरचनाको नेपाली लिगतर्फ आकर्षित भएका छन्। युरोपमा करिअर खोजिरहेका विकासजस्ता खेलाडी नेपाली लिगमा एक्कासी सहभागी हुनु रहर होइन, बाध्यता हो। 

इटाली जस्तो फुटबलको शक्तिशाली देशमा वर्षेनी हजारौं फुटबल खेलाडी उत्पादन हुन्छन्। यस्तो अवस्थामा महंगो व्यावसायिक क्लब या राष्ट्रिय टोलीमा पर्न निक्कै मिहिनेत गर्नुपर्ने हुन्छ। जसले गर्दा अवसरको अभावमा फुटबललाई करिअर बनाएर हिँडेका धेरै खेलाडीको करिअर सुरु हुनुभन्दा पहिल्यै समाप्त हुने गरेको छ। 

नेपालमा भने यस्तो प्रतिस्पर्धा छैन। राजधानीकेन्द्रित सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिगमा अलिक प्रभावशाली देखिएका खेलाडी नै राष्ट्रिय टोलीमा समेटिँदै आएका छन्। त्यसमध्ये पनि ४५ खेलाडीबाट ११ छान्नुपर्ने स्थिति आइपुग्दा अल्मुताइरी खिन्न हुनु अस्वाभाविक पनि होइन। 

उनको प्रतिप्रश्न नै नेपाली फुटबलको भविष्य बताउन काफी छ, ‘गत वर्ष ग्रासरुटको खेल कति हेर्नु भयो? देशभर कति एकेडेमी छन्, ४ वटा, ६ वटा? यतिले पुग्दैन, कम्तिमा २० वटा चाहिन्छ। हामीसँग कम्तिमा ५०–१०० दक्ष नेपाली प्रशिक्षक ग्रासरुटमा सिकाउने हुनुपर्छ। नेपालभर हरेक सहरमा एकेडेमी हुनुपर्छ। ग्रासरुटमा पनि बलियो प्रतियोगिता चाहिन्छ। अनि मात्र १० वर्षपछि नतिजा आउँछ।’

अल्मुताइरीले भनेजस्तै सिद्धान्त र प्रणाली लागू गर्ने उद्देश्यले एन्फाले ग्रासरुट फुटबल कार्यक्रम अघि नसारेको होइन। ८ देखि १३ वर्षभित्रका बालबालिकालाई बढीभन्दा बढी सहभागी गराएर फुटबलमा आकर्षण गर्ने मुख्य लक्ष्यसहित काठमाडौं, बुटवल र धरानमा एकेडेमी पनि स्थापना गरेकै हो। यी तीन वटै सहरमा एकेडेमी स्थापना भए पनि प्रभावकारी ग्रासरुट कार्यक्रम कार्यन्वयनमा आएन। यसैको नतिजा हो, अहिलेको नेपाली फुटबलको अवस्था। 

अहिले पनि नेपालको फुटबल राजधानीकेन्द्रित नै छ। राष्ट्रिय स्तरका प्रतियोगितामात्र होइन, उमेर समूहका प्रतियोगिता पनि यही हुने गरेका छन्। एन्फाको पछिल्लो मात्र होइन, वर्तमान नेतृत्व परम्परागत लिगको ढाँचा परिवर्तन गर्न असफल भइसकेको छ। यस्तो अवस्थामा अल्मुताइरीले भने जस्तै–दक्षिण एसियामा उपाधि जित्ने नाक ठड्याउने। दक्षिण एसियाभन्दा माथि खेल्न जाँदा बढी गोल खाएर ‘ङिच्च दाँत देखाउने’ र घर फर्किने। जय नेपाली फुटबल !

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
पशुपतिका चारवटै ढोका खुला, ९ हजार बढीले गरे दर्शन सोमबार, भदौ २९, २०८३
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्