• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
खस्किएको प्रदर्शन, झस्किएका प्रशिक्षक !
64x64
दीप सुवेदी शनिबार, वैशाख ३, २०७९  १९:२२
1140x725

काठमाडौं-अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको नेतृत्व सम्हालेलगत्तै भनेका थिए, ‘जित निकाल्न सके त्यसको श्रेय खेलाडीलाई दिनु, हारको दोष मलाई।’ 

फुटबलको भाषामा यसलाई एक प्रकारको ‘माइन्ड गेम’ भनिन्छ। आफूभन्दा बलियो टोलीसँग प्रतिस्पर्धा गर्दा खेलाडीलाई मानसिक रूपमा तयार पार्न र उत्प्रेरित बनाउन अल्मुताइरी यही कुरा लगातार दोहोर्‍याइरहेका हुन्थे। तर, अहिले यिनै प्रशिक्षक भन्न थालेका छन्, ‘जुन महिनामा हुने एसिया कप छनोटको तेस्रो चरणमा नेपाल छनोट हुन सक्दैन।’ 

एसिया कप छनोटको तेस्रो चरणका लागि हाल अल्मुताइरी बन्द प्रशिक्षणमा व्यस्त छन्। २५ खेलाडी बोकेर उनी बिहान त्रिपुरेश्वस्थित दशरथ रंगशाला पुग्छन् भने बेलुका सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली खेलाडीलाई प्रशिक्षण गराइरहेका हुन्छन्। 

आखिर त्यस्तो के भयो, अल्मुताइरीलाई? यतिबेला उनी आफ्नो पुरानो अन्दाजभन्दा ठ्याक्कै ३६० डिग्री परिवर्तन देखिन्छन्। उनमा विगत जस्तो आत्मविश्वास पनि देखिँदैन्। 

यसको चुरो कुरा हो, एसिया कप छनोटको तेस्रो चरणमा नेपालले पाएको बलियो प्रतिद्वन्द्वी। छनोटमा नेपाल कठिन समूह अर्थात् ‘ए’ मा उभिएको छ। यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया समावेश छन्। कुवेतमा हुने समूह चरणको खेलमा यी तीन टोलीमाथि जित हासिल गर्न नेपालले 'फलामको च्युरा' चपाउनु पर्नेछ। 

एसिया कपमा स्वतः छनोट हुन समूहको शीर्ष स्थानमा उभिनुपर्ने बाध्यता छ। एसिया कप आगामी वर्ष चीनमा हुँदैछ। छनोट प्रतियोगितामा दोस्रो हुने टोलीको पनि एसिया कप खेल्ने सम्भावना कायमै रहन्छ। तर, नेपाली फुटबलमा दोस्रो कार्यकाल सम्हालिरहेका अल्मुताइरी भने हतोत्साही देखिन्छन्। यद्यपि प्रतियोगिता हुन अझै दुई महिना बाँकी छ। 

प्रशिक्षकको पछिल्लो बयानले नेपाली खेलाडीमा कस्तो असर पर्ने हो, त्यो यतिबेला आम चासोको विषय पनि बनेको छ। वास्तवमा  फुटबल भविस्यवाणी गर्न नसकिने खेल हो। विश्व कप छनोटमा निकै कमजोर आँकिएको नर्थ म्यासेडोनियाले ४ पटकको विश्व विजेता इटालीलाई लगातार दोस्रोपटक पराजित गरेर विश्व कपमा छनोट हुन नदिएको इतिहास हामीसामू यथावत् छ। 

तर, प्रशिक्षक अल्मुताइरी अन्य देशसँग तुलना गरेर नेपालको फुटबलको वास्तविकतामा रमाउन नहुने बताउँछन्। नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली फुटबलमा ५० वर्षदेखि क्रियाशील छ। तर, संघले यस अवधिमा ग्रासरुट फुटबलमा ध्यान नदिँदा खुट्टा कमाउन पर्ने अवस्था सिर्जना भएको उनको तर्क छ।

‘नेपालमा फुटबल सुरु भएको ५० वर्ष बितिसक्दा पनि ग्रासरुट लेभलको फुटबल खोइ त? युवा खेलाडीको विकास कहाँ छ? यू–१९, यू–१६ को टिम खोइ?’ अल्मुताइरी प्रश्न गर्छन्,‘अहिलेको पुस्ता सबै एसिया कप, विश्वकप छनोट र साफ कप जित्न चाहन्छन्। तर, राष्ट्रिय टोली यसरी तयार हुन्छ त?’ 

अल्मुताइरीले नेपाली टोली सम्हाल्न थालेको एक वर्ष बितिसकेको छ। यस बीच उनले नेपाली टोलीलाई नजिकबाट बुझिसकेका छन्। उनले विभिन्न चरणमा जोखिम मोलेर भए पनि नेपाली खेलाडीको परीक्षण गरिसकेका छन्। त्यसैले उनले उठाएको मुद्दालाई गलत मान्नु पनि सही हुँदैन। 

तर, बलियो प्रतिद्वन्द्वीविरूद्ध उनले जित निकालेको हेर्न सबै नेपाली फुटबलप्रेमी प्रतिक्षारत छन्। किनभने उनको नेतृत्वमा बलियो टोलीविरूद्ध नेपालले सकारात्मक नतिजा निकालेको छैन। उनको नेतृत्वमा नेपालले १४ खेल खेलिसकेको छ। जसमा  ५ मा जित, ७ मा पराजय र २ खेललाई बराबरीमा राखेको छ। यो तथ्यांकबाट अल्मुताइरी पनि बेखबर छैनन्। 

उनको प्रशिक्षणमा नेपालले जितेका खेलहरू माल्दिभ्स, श्रीलंका, चाइनिज ताइपेइ र मरिससविरूद्ध छन्। जो नेपालको हाराहारी र नेपालभन्दा कमजोर मानिन्थे। तर, आफूभन्दा बलियो इरान, जोर्डन, अस्ट्रेलिया, ओमान, थाइल्यान्ड र भारतजस्ता टोलीसँग नेपालले फराकिलो हार बेहोरेको छ। 

अल्मुताइरीले आफ्नो नेतृत्वमा खेलिएको १४ मध्ये ८ मैत्रीपूर्ण खेललाई प्रयोग र अनुभवका रूपमा मात्र लिए। उनी राष्ट्रिय टोलीमा जे–जस्ता खेलाडी उपलब्ध थिए, तिनीहरूलाई बढीभन्दा बढी अनुभव दिलाउन चाहन्थे। दिलाए पनि। यसबाट उनलाई कति नाफा भयो र कति घाटा बेहोरे, त्यो उनले जान्ने कुरा हो। तर, एसियाको स्तरमा फुटबल खेल्न अहिलेको राष्ट्रिय खेलाडीको प्रतिभाले नपुग्ने उनको ठम्याइ प्रष्ट बुझ्न सकिन्छ। अल्मुताइरीले यस बीच १२ नयाँ खेलाडीलाई प्रयोगमा ल्याइसकेका छन्। त्यसैले उनको भनाइ, प्रयोगमा ल्याइएका यी १२ खेलाडीको स्तर पनि एसियाली मापदण्डको नभएको स्वीकारोक्ति हो भन्दा अनर्थ लाग्ने छैन। 

नेपाली फुटबलको स्तर पछिल्लो ५ दशकमा दक्षिण एसियामा मात्र सीमित छ। यो क्षेत्रमा नेपाल सधैं बलियो दाबेदार हो। तर, योभन्दा माथि नेपालको स्तर उठ्न सकेको छैन। यो स्तरले अन्य क्षेत्रका राष्ट्रसँग प्रतिस्पर्धा गर्दा लज्जास्पद हार बेहोरेको कटु सत्य हाम्रो अगाडि यथावत छ। 

त्यसैले अल्मुताइरीले खेलाडीको मनोबल नघटोस् भनेर देशभर ग्रासरुट कार्यक्रमको प्रभावकारिता, फुटबल एकेडेमीको पर्याप्तता र गुणात्मक फुटबलको शैलीबारे गम्भीर कुरा उठाउनु जायज देखिन्छ। राष्ट्रिय टोलीको छनोटमा कम्तिमा १५० देखि २०० क्षमतावान खेलाडी पाउनुपर्ने उनको माग उत्तिकै जायज छ। गत युरोकप– २०२० मा सहभागी देशका सबै खेलाडीहरू ग्रासरुट फुटबलकै उत्पादन थिए।  

विश्व फुटबलको ‘ट्रेन्ड’ पछ्याउने हो भने पनि सानै उमेरदेखि फुटबलमा रुची भएका र सोहीअनुसार खेलाडी तयार गर्ने सिद्धान्त र प्रणालीले काम गर्दै आएको देखिन्छ। पछिल्लो समय इटालीबाट नेपालमा व्यावसायिक फुटबल खेल्न आएका विकास मेराग्लिया त्यसैका देन हुन्। ६ वर्षको उमेरमा इटाली पुगेका विकासले सिरि ‘ए’ क्लब एट्लान्टाको युथ टिमबाट पनि खेलेका थिए। उनी सन् २०१८ मा इटालीको यू–१६ टिममा समेत परे।

अहिले विकासजस्ता विदेशी खेलाडी सहिद स्मारक ‘ए’ डिभिजन जस्तो पुरानो संरचनाको नेपाली लिगतर्फ आकर्षित भएका छन्। युरोपमा करिअर खोजिरहेका विकासजस्ता खेलाडी नेपाली लिगमा एक्कासी सहभागी हुनु रहर होइन, बाध्यता हो। 

इटाली जस्तो फुटबलको शक्तिशाली देशमा वर्षेनी हजारौं फुटबल खेलाडी उत्पादन हुन्छन्। यस्तो अवस्थामा महंगो व्यावसायिक क्लब या राष्ट्रिय टोलीमा पर्न निक्कै मिहिनेत गर्नुपर्ने हुन्छ। जसले गर्दा अवसरको अभावमा फुटबललाई करिअर बनाएर हिँडेका धेरै खेलाडीको करिअर सुरु हुनुभन्दा पहिल्यै समाप्त हुने गरेको छ। 

नेपालमा भने यस्तो प्रतिस्पर्धा छैन। राजधानीकेन्द्रित सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिगमा अलिक प्रभावशाली देखिएका खेलाडी नै राष्ट्रिय टोलीमा समेटिँदै आएका छन्। त्यसमध्ये पनि ४५ खेलाडीबाट ११ छान्नुपर्ने स्थिति आइपुग्दा अल्मुताइरी खिन्न हुनु अस्वाभाविक पनि होइन। 

उनको प्रतिप्रश्न नै नेपाली फुटबलको भविष्य बताउन काफी छ, ‘गत वर्ष ग्रासरुटको खेल कति हेर्नु भयो? देशभर कति एकेडेमी छन्, ४ वटा, ६ वटा? यतिले पुग्दैन, कम्तिमा २० वटा चाहिन्छ। हामीसँग कम्तिमा ५०–१०० दक्ष नेपाली प्रशिक्षक ग्रासरुटमा सिकाउने हुनुपर्छ। नेपालभर हरेक सहरमा एकेडेमी हुनुपर्छ। ग्रासरुटमा पनि बलियो प्रतियोगिता चाहिन्छ। अनि मात्र १० वर्षपछि नतिजा आउँछ।’

अल्मुताइरीले भनेजस्तै सिद्धान्त र प्रणाली लागू गर्ने उद्देश्यले एन्फाले ग्रासरुट फुटबल कार्यक्रम अघि नसारेको होइन। ८ देखि १३ वर्षभित्रका बालबालिकालाई बढीभन्दा बढी सहभागी गराएर फुटबलमा आकर्षण गर्ने मुख्य लक्ष्यसहित काठमाडौं, बुटवल र धरानमा एकेडेमी पनि स्थापना गरेकै हो। यी तीन वटै सहरमा एकेडेमी स्थापना भए पनि प्रभावकारी ग्रासरुट कार्यक्रम कार्यन्वयनमा आएन। यसैको नतिजा हो, अहिलेको नेपाली फुटबलको अवस्था। 

अहिले पनि नेपालको फुटबल राजधानीकेन्द्रित नै छ। राष्ट्रिय स्तरका प्रतियोगितामात्र होइन, उमेर समूहका प्रतियोगिता पनि यही हुने गरेका छन्। एन्फाको पछिल्लो मात्र होइन, वर्तमान नेतृत्व परम्परागत लिगको ढाँचा परिवर्तन गर्न असफल भइसकेको छ। यस्तो अवस्थामा अल्मुताइरीले भने जस्तै–दक्षिण एसियामा उपाधि जित्ने नाक ठड्याउने। दक्षिण एसियाभन्दा माथि खेल्न जाँदा बढी गोल खाएर ‘ङिच्च दाँत देखाउने’ र घर फर्किने। जय नेपाली फुटबल !

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ९५ जनाको मृत्यु, सयौँ घाइते मंगलबार, असार १७, २०८२
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा मंगलबार, असार १७, २०८२
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह मंगलबार, असार १७, २०८२
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते मंगलबार, असार १७, २०८२
इजरायलसँगको युद्धमा इरानमा कम्तीमा ९३५ जनाको मृत्यु भएको पुष्टी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्