काठमाडौँ– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।'
उनले थप भने– 'घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने, कसले ठुलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने सङ्कल्प गर्ने बेला हो।'
सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा नगर्ने डा भट्टराईले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।